आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रुपन्देही र पाल्पामा थप ४ जना कोरोना संक्रमितको मृत्यु

रुपन्देही र पाल्पामा थप ४ जना कोरोना संक्रमितको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०७७, मंगलबार

बुटवल, ११ कात्तिक – रुपन्देही र पाल्पामा  थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीका ३ जना र एक जना पाल्पाका हुन। बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत बुटवल १३ का ५२ वर्षीय पुरुष र तिलोत्तमा नगरपालिकाका ११ की ५० वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा. बिष्णु गौतमले जानकारी दिए।
मंगलबार बिहान मृत्यु भएका बुटवलका ५२ वर्षे पुरुषलाई कात्तिक ७ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरीएको थियो। उनको आज बिहान मृत्यु भएको हो। तिलोत्तमाकी ५० वर्षे महिला कात्तिक १० गते सोमबार संक्रमण पुष्टि भएपछि  कोरोना अस्पतालमै भर्ना गरीएकोमा गएराती मृत्यु भएको डा. गौतमले बताए।
उता, पाल्पाको प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचारत २ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना रुपन्देहीको तिलोत्तमाका पुरुष र अर्का एक जना पाल्पाको पुर्वखोला गाँउपालिकाकी महिला  हुन।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ का ७४ वर्षे पुरुषको गएराती उपचारकै क्रममा मृत्यु भएको हो। संक्रमण पुष्टि भएर श्वासप्रश्वासमा समस्या देखिएका ती पुरुषलाइ आइसीयु भेन्टिलेटरमा राख्नु पर्ने भएपछि पाल्पा लगीएको थियो। बुटवल र भैरहवाको कोरोना अस्पतालमा आइसीयू भेन्टिलेटर बेड नपाएपछि उनलाई पाल्पाको लुम्बिनी मेडिकल कलेज लगीएको परिवारले जनाएको छ।
त्यस्तै, पाल्पाको पुर्वखोला गाँउपालिकाकी ६९ वर्षे एक महिलाको पनि गएराती मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। सडक दुर्घटनामा परेर उपचारका लागि अस्पताल ल्याइएकी ती महिलाको स्वाब टेष्ट गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। ती महिलालाई कोरोनाको लक्षण समेत देखिएको र उपचारकै क्रममा गएराती मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->