बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

चीनमा ५ तले पक्की भवन सर्लक्क उचालेर सारियाे (भिडियो)

चीनमा ५ तले पक्की भवन सर्लक्क उचालेर सारियाे (भिडियो)


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०७७, शुक्रबार

चीनका इन्जिनियरले विशाल भवनलाई जस्ताको तस्तै अर्काे ठाउँमा सारेर दुनियाँलाई आश्चर्यमा पारिदिएका छन्।  चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनको सांघाई सहरस्थित ५ तले भवनलाई इन्जिनियरकाे एक टाेलीले प्रविधिको प्रयोग गरी ६२ मिटर पर सारेका हुन्।  उनीहरूले सन् १९३५ मा बनेको लागेना प्राथमिक विद्यालको ७ हजार ६ सय टन वजनको भवनलाई प्रविधिको सहयोगमा उठाई १९८ रोबोटका खुट्टाका मद्दतले सुरक्षित रूपमा अर्काे ठाउँमा सारेका हुन्।  स्थानीय प्रशासनका अनुसार नजिकै नयाँ आयोजना सुरु गरिएकाले त्यस भवनलाई केही टाढा लगिएको हो। चीनको सरकारी सञ्चारमध्यम सीसीटीभी न्युज नेटवर्कका अनुसार भवन सार्ने काम १८ दिनमा यही अक्टोबर १५ तारिख पूरा भएको हो।  भवन सारिएको भिडियो चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टले सार्वजनिक गरेको छ।

हेर्नुहोस् भिडियो : 

एजेन्सी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->