आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको बाटो

अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको बाटो


  • झलक शर्मा बराल
  • कार्तिक १९ २०७७, बुधबार

राष्ट्रहरुबीच आपसी सहयोग र सद्भाव कायम राख्ने व्यवहार नै अन्तर्राष्ट्रिय सम्बन्ध हो । विश्वमा बढ्दै गएको सूचना तथा प्रविधिको विकास, विश्वव्यापीकरण, भूमण्डलीकरण, अन्तर्राष्ट्रियतथा क्षेत्रिय संघ संगठनको उदय, राजनीतिक परिवर्तन तथा आम नागरिकमा आएको चतनाको स्तरले गर्दा अन्तर्राष्ट्रिय सम्बन्धको महत्व झन् बढ्दै गएको छ । नेपाल भूपरिवेष्ठित मुलुक भएको हिसाबले पनि अन्य राष्ट्रसँग सौहार्दपूर्ण ढंगको अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्नुपर्दछ । अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएर आउने एक महत्वपूर्ण विषय हो परराष्ट्र नीति । राष्ट्रहरुको समान हितका लागि एक देशले अर्को देशसँग मित्रवत सम्बन्ध कायम गर्ने नीतिलाई परराष्ट्र नीति भनिन्छ । नेपालको परराष्ट्र नीति सञ्चालनका आधारहरुमा संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशिलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून, विश्वशान्तिको मान्यता, असंलग्नता आदी हुन् । नेपालको परराष्ट्र नीतिको धेय नै राष्ट्रिय स्वतन्त्रता तथा सार्वभौमसत्ताको संरक्षण गर्ने, मुलुकमाथि हुनसक्ने बाहिरी हस्तक्षेप नियन्त्रण गर्ने भौगोलिक अक्षुण्णता कायम गर्ने रहेको छ । त्यस्तै मानवअधिकार, शान्ति सुरक्षा, व्यापार व्यवसायका विषयलाई पनि उद्देश्यको रुपमा समेट्न सकिन्छ । नेपालले अवलम्बन गरेको परराष्ट्र नीतिमा संयुक्त राष्ट्र संघप्रतिको आस्था, पञ्चशिलको सिद्धान्तको अनुशरण, अनाक्रमण, शान्ति सुरक्षाको पहल गर्नेजस्ता विशेषताहरु भेटिन्छन् । तर अवलम्बन गरिएको परराष्ट्र नीति र अर्को पक्षले नेपाललाई गर्ने व्यवहारमा भने निकै फरक छ । घुमाउरो पाराले नेपाललाई बाह्य पक्षबाट हस्तक्षेपहुँदै आइरहेको छ ।
भारतसँग सामाजिक, आर्थिक, साँस्कृतिक गतिविधिमा हामी चीनभन्दा बढी नजिक छौं । दुई ठूला राष्ट्र चीन र भारतसँग हाम्रो परराष्ट्र नीति अत्यन्तै संवेदनशिल ढंगबाट कायम गर्नुपर्दछ । धेरै सन्धिहरु हामी भारतसँग गरेका छौं । नेपालको कैयौं स्थानमा भाररतले सीमा मिचेको छ । उक्त सीमा किन मिचियो भनेर नेपाल सरकारले सोझै भारतिय सरकारलाई प्रश्न गरेको अभिलेख हालसम्म छैन । बारम्बार राष्ट्रिय हित र स्वतन्त्रताको पक्षमा परराष्ट्र नीतिलाई जोड दिने घोषणा गरिए पनि सो अनुरुपको व्यवहार हुन सकेको छैन । आन्तरिक विवादले छिमेकी राष्ट्रलाई हामीमाथी हस्तक्षेप गर्ने अवसर प्राप्त हुँदै गएको छ । मर्यादा विपरितको भेटघाटलाई सहजै स्विकार्ने प्रवृत्ति नेपालमा छ । केही दिनअघि र अर्का प्रमुख सामन्त कुमार गोयलले सिधै प्रधानमन्त्रीलाई भेटे । यो कुटीनतिक मर्यादा विपरितको भेट मानिन्छ । बाह्यपक्षको हस्तक्षेपबारे जनता समक्ष सरकार जवाफदेही बनेको देखिदैन ।
प्रतिपक्ष दल र तिनका भातृ संगठनहरु सीमा मिचिएबारे खबरदारी गर्न सडकमा उत्रे पनि केही समयपछि सेलाउने गरेको पाइन्छ । वि.सं. २०७२ सालमा नेपाललाई भुकम्पले ठूलो क्षति गरायो । भुकम्पले थला परेको बेलामित्र राष्ट्र नेपालप्रति भारतले अघोषित रुपमा नाकाबन्दी ग¥यो । भुपरिवेष्ठित राष्ट्र र त्यसमाथि नाकाबन्दीको असरले नेपाली जनताको दैनिकी कष्टकर बन्नपुग्यो । भारतले सोझै नेपालीको राजिनामा हस्तक्षेप गर्न चाहन्छ र नेपालको प्राकृतिक सम्पदामाथिको पहुँच पु¥याउन चाहन्छ । चीनले आफ्नो व्यापारीक गतिविधि नेपालमा प्रवद्र्धन गरी आम विश्वमा आफू शक्तिशाली राष्ट्रको रुपमा उभिन चाहन्छ । यस्ता ठूला राष्ट्रले आफ्नो स्वार्थका लागि नेपाललाई उपयोग गर्न चाहने विलाषिताले नेपालको स्वाधिनता र सार्वभौम सत्ता जोगाउन जोखिम हुन सक्दछ । नेपाली राजनीतिक दलले छिमेकी राष्ट्रहरुलाई बुझ्ने र ती सँगको सम्बन्धको बारेमा फरक मत छ । कतिपय दलले भारतलाई विस्तारवादीको रुपमा चिनाउने र आफ्नो पार्टी राष्ट्रप्रेमीको रुपमा चिनाउन खोजेको पाइन्छ भने कुनै राजनीतिक दलले भारत र चीन दुवै असल मित्रराष्ट्र भएकोले उनीहरुसँग सन्तुलित सम्बन्ध कायम राख्नु पर्ने विचार राख्दछन् ।
नेपालको राष्ट्रिय शक्तिमा निकै कमजोर छ । नेपालमा सैनिकिय, आर्थिक, जनमतको शक्तिमा निकै कमजोर छ । नेपालको बाह्यपक्षसँग मुकाविला गर्न सक्ने खालको सैनिकिय क्षमता छैन । मुलुकमा गरिबि व्याप्त हुँदा उद्योगधन्दा सञ्चालनमा निकै कमी भएकोले आर्थिक शक्तिमा पनि कमजोर छ । जनमतिय शक्ति भने केही प्रभावशाली बन्दै गएको देखिन्छ । नेपाली राजनीतिक दल, सरकारको ठूलो कमजोरी भनेको अन्य राष्ट्रसँग आफ्नो स्वार्थका लागि झुक्ने परिपाटी हो । यस्तो व्यवहारबाट हाम्रो स्वाभिमानप्रति निरन्तर हमला भइरहेको छ ।
नेपालको परराष्ट्र नीति पुनरावलोकन गर्न, गतिशिल र जीवन्त बनाउन संवाद र छलफल कमै मात्रामा हुने गरेको छ भने विशेषज्ञहरुको धारण बुझ्ने काम निरन्तर रुपमा हुन सकेको छैन । आर्थिक कुटनीतिका आयामहरु रोजगार, लगानी, व्यापार, पर्यटन र प्रविधि हस्तान्तरणका सम्बन्धमा झन् विशेष रणनीति निर्माण गर्नुपर्दछ । कुशल अन्तर्राष्ट्रय सम्बन्ध कायम गर्न सकियो भने देशलाई समृद्धि र सुरक्षित र शक्तिशाली बनाउन सकिन्छ । विश्व राजनीतिमा आफ्नो देशलाई उभाउन सकिन्छ । भारत र चीनले मात्र नेपाललाई सहयोग गरेका छैनन् । धेरै मुलुकहरुले नेपालको भौतिक पूर्वाधारहरु निर्माण गरी सहयोग गरेका छन् । परराष्ट्र नीतिमा राष्ट्रको आकांक्षा, शक्तिप्रर्दशन र स्वार्थको समग्रता जोडिएको पाइन्छ । राष्ट्रिय हितको सम्बन्धमा राष्ट्रियतासँग जोडिएका विषयहरुमा व्यवहार गर्दा प्रत्येक मुलुकसँग बढी सचेत हुनुपर्दछ । जसबाट आफ्नो राष्ट्रको अस्तित्व कायम गर्न सकियोस् । कमजोर अर्थतन्त्र, रोजगारी सृजना गर्न नसक्नु, आन्तरिक राजनीतिक अस्थिरता, खुला सिमाना, कृषि उत्पादनमा स्वाबलम्बन बन्न नसक्नु, विश्व बुझ्ने परिपाटीको अभाव, सन्धीहरुमा दुवै पक्षको हित नराख्ने कारणले गर्दा हाम्रो परराष्ट्र नीति सबल बन्न सकेको छैन । परराष्ट्र नीतिविश्व परिस्थिति र मुलुकको आवश्यकतासँगै परिवर्तन हुँदै जाने नीति हो । परराष्ट्र नीतिले राष्ट्रिय स्वार्थको आधारमा प्रत्येक राष्ट्रसँगको सम्बन्धमा विशिष्टता कायम गर्नुपर्दछ । परराष्ट्र नीति वर्तमान परिस्थिति, समय सापेक्षिक र राज्यको हितअनुसार अर्को मुलुकसँग सम्बन्ध विस्तार गर्नुपर्दछ । सबै राष्ट्रसँग समान परराष्ट्र नीति सञ्चालन पनि गर्नु आवश्यक छैन । जून मुलुकसँग आफ्नो राष्ट्रको हित हुन्छ उही राष्ट्रसँग परराष्ट्र सम्बन्ध कायम गर्नुपर्दछ ।
यसैबीच, भारतिय सेना प्रमुख मनोज मुकुन्द नरवणेको भ्रमण निययमित र पारस्परिक भएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन् । सीमा क्षेत्रको बारेमा बुझ्ने र समझदारी गर्ने कुरा भएतापनि यहाँ उनी नेपालको गतिविधि बुझ्न आएको बुझिन्छ । नेपाल सरकारले नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेख र महाकालीसमेत राखेर नक्सा सार्वजनिक गरेपछि नेपाल र भारतबीच राजनीतिक तथा कुटनीतिक तहमा संवाद र छलफल हुन सकेको थिएन । तसर्थ विदेशी राष्ट्र प्रमुखले नेपाल भ्रमण गर्नु राम्रै पक्ष हो, यसलाई नकारात्मक रुपमा हेर्नु पनि हुँदैन तर कुनै सम्झौता र छलफल गर्दा जीत जीतको रणनिति अपनाई दुबै पक्षको हित वा लाभ हुने तरिकाबाट गर्नुपर्दछ । भारतिय सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणबाट दुबै मुलुकमा चिसिएको सम्बन्धको अन्त्य होस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->