आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

आखिर उपभोक्ताकतिन्जेल ठगिने ?

आखिर उपभोक्ताकतिन्जेल ठगिने ?


  • दुर्गा भण्डारी
  • कार्तिक २० २०७७, बिहिबार

नेपालमाउपभोक्ताको हकहितकालागिकानुन्को अपर्याप्तताहोइन । उपभोक्ताठगिएकोमा कहाँउजुरी गर्ने कस्लाई गर्ने र उपभोक्ताले उचितढंगबाटन्यायप्राप्त गर्न सक्छ कि सक्दैनभन्ने महत्वपूर्ण बिषयहो । यद्यपि,कानुन् नै पयाप्त छैन भने पनिदावी गर्नसक्ने आधारहरु रहन सक्दैन र न्यायपाउन सकिँदैन । अहिले सानोसानो उपभोग्य बस्तुमा बजारले उपभोक्तालाई ठगिरहेको छ । पहिलो कुरा, उपभोक्ताले आफूले प्रयोग गर्ने सेवातथा बस्तुहरुबारे राम्रो जानकारी प्राप्तनभएर पनिहो । दोस्रो कुरा ब्यापारीहरुले कमसल बस्तु वा सेवालाई गुणस्तरीय हो भनेर ढाट्ने गरेको पाइन्छ । कतिपयब्यापारी, ब्यावसायीहरुले आफुले बिक्री गरेको सामानकमसलभयो भने पनिजवाफदेहितालिदैनन् । ब्यापारीहरुले क्रेतालाई सामानखरिद गरेको बिल सकभर दिनचाहादैनन् । पोखराका धेरै जस्तो पशलहरुमा सामानखरिद गरेको बिलदिनआनाकानीगर्छन् । उपभोक्ताले मनग्य पैसा खर्च गरेको सामानकिनेका हुनछन् । सामानकमसलप¥यो भने बिलनभएको कारणबाटकम्प्लेन गर्नसक्ने अधिकार रहँदैन । उचितन्यायपाउने कुरा त टाढा नै भयो । सामानकमसलपर्दा पनि धेरै उपभोक्ताहरु चुपचाप बस्छन् । ब्यापारीसंग ‘तपाईले नराम्रो सामानदिनु भयो भनेर कहिल्यै गुनासो गर्दैनन् । बरु चुचाप बस्छन त्यो सचेत उपभोक्ताहोईन जस्ले आफ्नो अधिकारका लागि कुरा उठाउदैन । ’ जस्ले गर्दा ब्यापारीले कस्तो सेवा र बस्तु बिक्री गरेको छ भनेर कहिल्यै थाहापाउदैन । बास्तवमा बस्तु तथा सेवाबिक्रेताहरु (व्यापारी)लाई उपभोक्ताको कम्प्लेन आउनु भनेको राम्रो कुरा हो । जसले इमान्दारी पूर्वक ब्यापार गर्नेहरुलाई सच्चिने अवसर प्रदानगर्दछ । ब्यावसायीकप्रतिष्ठा समेत कायम गराउछ । तर लामो समय ब्यापार ब्यावसाय गरेका ब्यापारीहरु पनिउपभोक्तालाई बिलदिननखोज्ने कमसलखालका सामानहरु बिक्री गरेर उल्टै उपभोक्तालाइह्¥यासमेन्ट गर्न खोज्ने गर्दछन् ।
यसै सन्दर्भमा म यहां चार वटाअनुभव प्रस्तुत गर्न चाहान्छु । विकसितमुलुकमाउपभेक्ताको अधिकार कति छ । उपभोक्ताको कस्तो हकअधिकारको सम्मानहुन्छभन्ने कुरा यस्ले देखाउँछ ।कतार एयरवेजमाक्रुमेम्बरको रुपमाकाम गर्ने मेरो दिदीको छोरासँग एक दिनभिडियो च्याटमा कुराकानीभयो । उसले ४ वर्ष अगाडीकिनेको एउटा सुटकेसको हेन्डलभाँचिएछ । त्यसको लागिउनीबनाउनजाने भन्दै थिए । नबने फेरिनया सुटकेस दिने रहेछ कम्पनीले उनीभन्दै थिए । म अचम्मितभएँ,सुटकेसमा पनिग्यारेन्टी रहेछ । त्यमाथि चार बर्षप्रयोग गरेको सामानफिर्ता गर्नेसम्मको कुरा । हाम्रोमा टिभीफ्रिजमापनिग्यारेन्टीहँुदैन, वारेन्टीमात्रै । विकाससिलर विकसितदेशको फरक यही नै हो । विकासिल देश जहाँउपभोक्ताअधिकारको कुरा जसले उठायो उसलाई नै पजलबनाइन्छ । अर्को अनुभव मेरो आफ्नै हो सचेत उपभोक्ताहुँदाहँुदै पनियस पटकम आफै भुक्तभोगीबन्नुप¥यो । कुरा सानैभएपनिठगीको शिकार हुनुप¥यो । यो विषयआमउपभोक्ताको हक, अधिकार, चासो र सरोकारसँग सम्बन्धीत छ । उपभोक्तालाई सचेत गराउने सवालमा यस्ता बिषयबस्तु उठान गर्न जरुरी पनि छ ।पोखराको पुरानो पसलभनेर चिनिएको रत्नइम्पोरियमजहाबाटमैले कपडाल्याएकीथिएँ । मूल्यपनि राम्रै तिरेको हो, धेरै रहर लागेर किनेको त्यो कपडाएकपटकलगाएपछि स–सानो प्वाल देखियो । रत्नइम्पोरियममाकिन्नु र फुटपाथमाकिन्नुको कुनै औचित्य र अर्थ नै रहेन, एकपटककम्प्लेन गरौं न त कस्तो व्यवहार देखाउछन्भनेर गएँ । तर, जवाफदेहीता देखाएनन्, रत्नइम्पोरियमका साहुले । पहिला त उनले मेरो पसलको सामाननै होइनभनेर जिद्दि गरे । बिलहातमाथमाइदिएपछिउनले मेरो आफ्नो उत्पादनहोइनभनेर पन्छिए । उनले आफ्नै गुनासो सुनाए, कोभिडमहामारीको बेलाफोनबाटमगाएको सामान यस्तै प¥यो हजुर ! लाचारी प्रकटगर्नु सिवाय केही रहेन । बस्तु वा सेवाकमसलप¥यो जवाफदेहिता कसले लिने ?उनले जानीजानीकमसल सामान बेचेका हुन् या आफै उनी फसेका हुन् ,त्यो उनि नै जानून् । आखिर ठगिने उपभोक्ता नै हो त । त्यसको क्षतिउपभोक्ताको थाप्लोमा हो त ?अर्को उदारणखाद्य सामाग्रीकिन्दाको हो ।नयाँबजारको मोहित ट्रेर्डसमा वालनट्स किन्दाभित्रबिग्रेको रहेछ । ठीक गर्नुभयो मैले जानकारी पाएँ, भनेर साटिदियो । माफीपनिमाग्यो । गोसलीहाउसमामाइक्रोवेमकोलागिसिरामिक्सको भाँडाहिट रेसिस्टेन्स हो भनेर बिक्री गरिएको थियो । जुनभाँडाहिट कै कारणले फुट्यो उक्तभाडापनि ससम्मानका साथ साटिदिए । कम्पनीमाकम्प्लेन गर्छु भने । जे भएपनिउपभोक्ताको चित्तबुझाएर पठाए । जहाँउपभोक्ताहकको सम्मानभएको देखियो । तर रत्नमाइम्पोरियममाआफ्नो उत्पादनहोइनभनेर व्यापारी टकटकिए । व्यवसायीपिच्छेका ब्यवहार, ‘जो चोर उसकै ठूलो स्वर भने ’ झै जसले कमसल समान बेच्छउसकै डाँको ठूलो देखियो । देख्दा कुरा सानो हो तर पैसा खर्च गरेपछिगुणस्तरीय सामानखरिद गर्न पाउनु उपभोक्ताको अधिकार हो ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ मा अनुचितब्यापारिक तथाव्यवसायजन्यक्रियाकलाप गर्न नहुने भन्ने ब्यवस्था गरेको छ । कसैले पनिअनुचितब्यावसायवाब्यापारिकजन्यक्रियाकलाप गराउनहुदैन । अनुचितब्यापारिक वाब्यावसायजन्यक्रियाकलापको बुदागत रुपमा परिभाषा समेत गरेको छ । १ (क) मा बस्तु वा सेवाको वास्तबिकगुणस्तर, परिणाम, मूल्य,नापतौल, ढांचावाबनावटआदीढांँटीलुकाई छिपाई वाझुक्याई त्यस्तो बस्तु वा सेवाबिक्रीवाप्रदान गर्नेलगायतकाब्यवहारलाई अनुचितव्यापारिक वाव्यवसायजन्यक्रियाकलापभनिन्छ । यसै ऐनको दफा ३९ बमोजिमतत्काल जरिवना गर्न सकिने ब्यवस्था छ । गुणस्तर ढांँटेर बस्तु वा सेवाको बिक्री गरिएको अवस्थामातत्कालबिक्रेतालाई २० हजार जरिवाना गर्ने व्यवस्था छ । ऐनको दफा ४१ मा उपभोक्ताअदालतको व्यवस्था गरेको छ । तर नेपालमाअहिले सम्म उपभोक्ताअदालतको गठनभएको छैन । वास्तवमाउपभोक्ताले त्रुटिपूर्ण उत्पादन गरिएको वा बस्तु तथा सेवाबाटआफुलाई पुगेको आर्थिक भौतिकक्षतिबारे हकअधिकार खोजेको प्राक्टीस पनि छैन ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा पनिउपभोक्ताकाअधिकारलाई सम्बोधन गरिएको छ । जस्मा स्थानीयबजार व्यवस्थापनसहितको काम, कर्तव्य र जिम्मेवारी स्थानियतहलाई सुम्पेको छ ।तर स्थानियतहले कमै मात्रऔपचारिकताकालागिबजार अनुगमन गरेको देखिन्छ । उपभोक्ताको हितमाकानुन् बनेपनिकार्यन्वयनपक्षफितलो छ । व्यापारी र व्यवसायी कै पक्षमान्यायप्राप्तभएको महसुस भएपछि स्थानिय सरकार, स्थानीयप्रशासनवान्यायलयमाउजुरी गर्न उपभोक्तहरु हच्किन्छन् । उपभोक्ताअधिकारबारे ब्यापकजनचेतनाको खांचो छ । स्वदेशीउत्पादनकालागिप्रर्वद्र्धन गर्न स्वदेशिउत्पादनबिक्री गर्नुपर्ने देखिन्छ । हाम्रो जस्तो तेस्रो मुलूकमाआयातहुने बस्तुहरु कमगुणस्तरीय र त्रुटिपूर्ण उत्पादनहुन्छ। त्यसको जवाफदेहितानत बस्तु उत्पादककम्पनीले नै लिन्छ न व्यापारीले अन्तिममाठगिने उपभोक्ता नै हो ।
सेवा र बस्तुको उपभोग गर्नेहरुको संख्या धेरै छ तर आफ्नो हकअधिकारप्रति सचेत र संगठितभएको पाईदैन । हाम्रो जस्तो शिक्षा र चेतनाको कमिभएको मुलुक, त्यसमापनिउपभोक्ताकाहकअधिकारबारे जानकारी गराउने सरकारी वा गैरसरकारी निकाय धेरै कमछन् । तीनै तहका सरकारले नै उपभोक्ताकाअधिकार बारे सचेतना गराउन जरुरी छ । उपभोक्ताकाहकअधिकार बारे कानुन् पर्याप्त छन् । तर कार्यान्वयन गर्नका लागि कोहीपनिअगाडीबढ्न नखोज्ने देखिन्छ । मर्का परेका ब्यक्ति स्वयं पनिकानुनीझमेलामाफस्नचाहादैनन् । उनीहरुलाई हाम्रो जस्तो विकासशिल राष्ट्रको अनुसन्धान र न्यायप्रणालीप्रतिव्श्विास कमहुदै गएको महसुस भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->