बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कास्कीकोटका सामुदायिक विद्यालयलाई वातावरणमैत्री मास्क

कास्कीकोटका सामुदायिक विद्यालयलाई वातावरणमैत्री मास्क


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०७७, शुक्रबार

पोखरा, २१ कात्तिक– पोखरा महानगरपालिका–२४ को पहल तथा लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको आर्थिक सहयोगमा कास्कीकोटका सामुदायिक विद्यालयलाई वातावरणमैत्री मास्क वितरण गरिएको छ ।
कोरोना भाइरसको महामारीबाट बच्न विद्यार्थी तथा शिक्षकहरुलाई करिब ७० हजार मुल्य बराबरको मास्क वितरण गरिएको हो । वडा स्तरीय शिक्षा समितिको बैठकमा कोरोनाको जोखिम र नियन्त्रणको विषयमा छलफल गर्दै विधार्थीहरुले मास्क किन्न नसक्ने निष्कर्षमा पुगेपछि वडा सचिव कुस्मराज सुवेदीको विशेष पहलमा सामुदायिक विद्यायका विधार्थी तथा शिक्षक कर्मचारीलाई वातावरण मैत्री पुनः प्रयोग मास्क हस्तान्तरण गरिएको हो ।
‘यो पुनः प्रयोग गर्न मिल्ने मास्क हो । सर्जिकल मास्कभन्दा बढी सुरक्षित भएको विश्व स्वास्थ्य संगठनले समेत घोषणा गरेको छ’, मास्क लगाउने तरिका सिकाउँदै वडा सचिव सुवेदीले भने । मेडिकलमा पाइनेभन्दा पनि सुरक्षित रहेको र करिब ७० प्रतिशत भाइरस अर्थात किटाणु रोक्न सक्ने स्वास्थ्य संगठनको प्रतिवेदनले देखाएको उनले बताए । सोही क्रममा बोल्दै वडा २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले कोरोना विरुद्धको लडाइमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए । वडा र लायन्स क्लबको सहयोगमा कास्कीकोटमा रहेका ९ विधालयका विधार्थी र शिक्षक कर्मचारीलाई मास्क वितरण गरिएको थियो । वसन्त आधारभूत विद्यालय, मातृभुमि जनप्रकाश मावि, पामे आधारभुत विधालय,बाल प्रवोथित, सदाशिव,शिद्धवराह, विजय र सरस्वती आधारभूत विद्यालयका प्रतिनिधिलाई मास्क हस्तान्तरण गरिएको थियो । ती विद्यालयहरुलाई करिब ५ सय थान मास्क एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । कार्यक्रममा ईश्वरीप्रसाद वास्कोटी, रेशम सुवेदी, अग्नीधर त्रिपाठी, विकास भुर्तेललगायतले आफ्नो भनाइ राख्दै कोरोनाबाट आफु र समाजलाई जोगाउन सबैले सहयोग गर्नुपर्ने भाव राखेका थिए । लायन्स क्लब अफ पोखरा गण्डकीकी प्रमुख कोपिला श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सन्तुदेवि सुवेदीले राखेकी थिइन् भने सुरेन्द्र थापाले धन्यवाद ज्ञापन गरेका थिए कार्यक्रम संचालक सचिव कुस्मराज सुवेदी नै थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->