बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाढीपहिरो पीडितको पुर्नवासको काम म्याग्दीबाटै सुरू हुन्छ : प्रधानमन्त्री ओली

बाढीपहिरो पीडितको पुर्नवासको काम म्याग्दीबाटै सुरू हुन्छ : प्रधानमन्त्री ओली


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०७७, शुक्रबार

बेनी, २१ कात्तिक–प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोबाट विस्थापितको पुर्नवास अभियान म्याग्दीबाटै सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । बाढीपहिरो ग्रस्त जिल्ला म्याग्दीबाट विस्थापितको घर तथा आवश्यक पूर्वाधारका काम सुरु गर्न सम्बन्धित मन्त्रालयलाई तयारी गर्न समेत निर्देशन दिने प्रधानमन्त्री ओलीले बताए । म्याग्दीको धवलागिरी गाउँपालिकामा बाढीपहिरोबाट विस्थापितको पुर्नवास तथा पूर्वाधारमा बजेटको माग सहित प्रतिनिधिसभा सदस्य थममायाँ थापा सहित पुग्नुभएकी गाउँपालिका अध्यक्ष थमसरा पुन मगर र उपाध्यक्ष रेशम छन्त्याललाई बाढीपहिरो ग्रस्त जिल्लाको सूचीमा म्याग्दी नपरेको पछि मात्रै जानकारी पाएको समेत प्रधानमन्त्री ओलीको भनाई थियो ।
‘बाढीपहिरो ग्रस्त जिल्लामा म्याग्दीलाई पनि राख्नुपर्ने हो,‘सूचना ढिलो पाए’ प्रधानमन्त्री ओलीको भनाई उद्धित गदैं गाउँपालिका उपाध्यक्ष छन्यालले भने । ‘म्याग्देली जनतालाई प्रधानमन्त्रीको सन्देश पुर्याइदिनुहोस्,‘अर्को बर्खासम्म विस्थापितको घर सरकारले बताउँछ’ प्रधानमन्त्री ओलीले थपे । भेटघाटको क्रममा गाउँपालिका अध्यक्ष पुनमगरले बाढीपहिरो प्रभावितको स्थलगत अनुगमनमा संघीय सरकारबाट मन्त्री समेत नपुगेको भन्दै दुख ब्यक्त गदैं अवका दिनमा निरन्तर प्राथमिकता दिन समेत अनुरोध गरेकी थिईन् । भेटघाटकै क्रममा प्रधानमन्त्रीलाई गाउँपालिका भित्रका महत्वपूर्ण योजना सहित विस्थापितको पुर्नवास लगायतका योजनामा बजेट माग गदैं ज्ञापनपत्र बुझाइएको थियो ।
म्याग्दीमा गत असार महिनायताको पहिराका कारण ८१ वटा बस्तीका एक हजार ८६ घर स्थानान्तरणका लागि सिफारिस गरिएको छ । जसमध्ये पूर्ण क्षति भएका २४७ घर पुनःनिर्माण र जोखिमयुक्त ८२१ घर स्थानान्तरणको माग संघीय सरकारमा पुगेको छ । धवलागिरि गाउँपालिकाको १५ वटा बस्तीका २०९ घर, मालिकाको २२ वटा बस्तीका ३७५ घर र अन्नपूर्णका आठवटा बस्तीका १३७ घर स्थानान्तरण गर्न सिफारिस भएको छ । यस्तै मङ्गलाका नौ बस्तीका १००, रघुगङ्गाको १५ बस्तीका १६१ र बेनी नगरपालिकाको १२ बस्तीका ८६ घर पुनःनिर्माण र अन्यत्र सार्न सिफारिस गरिएको छ । असार महिनायता म्याग्दीमा पहिराका कारण ३१ को मृत्यु र छ जना बेपत्ता भएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->