आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कोरोना महामारीमा बीउको समस्या र सावधानी

कोरोना महामारीमा बीउको समस्या र सावधानी


  • विवेक शर्मा
  • कार्तिक २३ २०७७, आइतबार

कृषिमा यो वर्ष धेरैमा धेरै बालीको उत्पादन होला भन्ने सम्पुर्णको बुझाई थियो तर त्यो सम्भब हुन सकेन । लकडाउनको महामारी धेरैजसो मानिसहरु आ–आफ्नो गाउँघरमा जानु र समयको सदुपयोगको लागि कृषि नै एकमात्र काम हुन पुग्नुले कृषिप्रधान देशमा केही परिवर्तन आउला भन्ने आँकलन तपाईं हामी सबैको थियो नै होला । तर नाम र भनाईमा मात्र कृषिप्रधान देशको ट्याग लाग्नुले मात्र के देशको कृषिमा परिवर्तन आउला त ? यो तपाईं हामी सबैले सोच्नु पर्ने विषय भएको छ ।
बीउलाई बिरुवाको सन्तान उत्पत्तिको साधनको रुपमा परिभाषा दिन सकिन्छ । बीउ एक जीवित वस्तु हो र बीउमा जीवितपना भई खेतमा रोप्दा उम्रन सक्ने हुनु पर्दछ । राम्रो उम्रने । शक्तिका साथै बीउमा उम्रने गति पनि राम्रो भए खेतमा बीउ चाँडो उम्री समान रुपले बढेको स्वास्थ्य बिरुवाको विकास हुन्छ । स्थानीय (लोकल) बीउ र उन्नत बीउ भन्ने गरेको त हामी सबैले सुने देखेकै कुरा हो । उन्नत हुँदैमा सबै बीउ गुणस्तरयुक्त हुनैपर्छ भन्ने छैन । त्यस्तै स्थानीय हुँदैमा गुणस्तरयुक्त हुँदैनन् भन्ने कुरा पनि होइन । उन्नत जातका बीउ स्थानीय, क्षेत्रिय तथा अन्तराष्ट्रिय श्रोतका विभिन्न राम्रा गुण भएका जातहरुसित संमिश्रण, प्रजनन् आदि कार्य गरी निकालिन्छ । यो कार्यमा बाली प्रजनन्कर्ताहरुको वर्षाको श्रम, मिहनेत तथा संलग्नता परेको हुन्छ । त्यसपछि उक्त प्रजनन् गरिएका उन्नत बीउ पुनः वर्षा परीक्षण गरी नियमानुसार सर्वसाधारण कृषकलाई प्रयोगको लागि सिफारिस गरिन्छ ।
लकडाउनको समयमा बीउ मलदेखि अन्य कृषि सामग्री बिक्री गर्न सहकारी पसल र एग्रोभेट भएपनि तिनले पर्याप्त स्रोत–साधनको माग पु¥याउन सकेका छैनन् र ती सामानको मूल्यवृद्धिका कारण कृषक थप मारमा परेका छन् । बिउमलका लागि गाउँबाट सहरसम्म आउनुपर्ने तर सवारी साधन नचल्नु र बीउहरु नपाउने समस्याले धेरै कृषकहरु मारमा परे । कृषिजन्य वस्तु खरिद–बिक्री गर्न हाटबजार, डेरी, सब्जीमन्डी लगायतका व्यावसायिक केन्द्र प्रायःजसो बन्द हुनुले पनि कृषि क्षेत्रमा ठुलो असर पुग्न गयो । समयमा सरकारले मल भित्राउन नसक्नुको कारणले धेरै कृषक यसपालि मारमा पर्न गए ।
यस्तो माहामारी आगामी दिनमा पनि आउन सक्ने भएकोले हामीले यसको समाधानतिर पनि जोड दिनुपर्ने देखिन्छ । स्थानीय कृषक, आम नागरिक कृषि विद्यार्थीदेखि सरोकारवालाले कृषि क्षेत्रमा हुने समस्यालाई समाधान गर्न अघि बढ्न जरुरी छ ।
समधानका उपायहरु
– स्थानीय उत्पादनको खपतमा जोड दिने, स्थानीय बिउ–बीजनको संरक्षण र प्रवद्र्धन गर्ने ।
– अहिलेको समयमा हेर्ने हो भने सरकारले पनि राहत स्थानीयस्तरमा उत्पादित किसानका तरकारी र बाली बाँड्नु पर्ने देखिन्छ । यसले कृषकलाई उत्प्रेरणा दिनुका साथै तिनको खेतमै असरल्ल परेको बाली सदुपयोग भई आर्थिक रूपमा पनि तिनलाई टेवा पु¥याउँछ ।
– आमजागरणका साधनहरू जस्तैः रेडियो, टिभी, पत्रपत्रिका तथा सामाजिक सञ्जालबाट पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्राविधिक सल्लाह दिने, लोकल बिउलाई संरक्षण र उन्नत जातको उपयोग गर्न सल्लाह दिने ।
– सरकारी निकायबाट ठाउँ ठाउँमा बीउ भण्डार केन्द्र खोल्ने र कृषकलाई सहज गराउने ।
– गाउँ गाउँमा गएर smart seed machine जडान गर्ने प्राविधि मिलाउने व्यवस्था मिलाउने जसले गर्दा टाढा–टाढा यात्रा गरि विउबिजन किन्नु पर्ने अवस्थालाई कम गरोस् ।
(लमजुङ कृषि क्याम्पस)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->