बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तमु धिंको नयाँ नेतृत्वलाई आशीर्वाद र बधाई

तमु धिंको नयाँ नेतृत्वलाई आशीर्वाद र बधाई


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०७७, शुक्रबार

पोखरा, २८ कात्तिक– तमु धिं नेपालको नव निर्वाचित पदाधिकारीहरुले तमु जातिका खेगी, गुरुहरुबाट बिहान आशीर्वाद ग्रहण गरेका छन् । गुरुहरुको आशीर्वाद ग्रहणबाटै तमु धिंको पदाधिकारीले गतिविधि सुरु गर्ने भएको हो । तमु धिं पदाधिकारीले तमु जातिका खेगीहरु पच्यु, क्ल्हेपी, बोन्पो लम र लामा गुरुहरुबाट आशीर्वाद ग्रहण गरी कार्यप्रारम्भ गरेका हुन् । आशीर्वाद ग्रहणसँगै तमु प्ये ल्हु संघ केन्द्रीय समितिको तर्फबाट अध्यक्ष हितकाजी तमु लगायतले क्रेगीलगायत मालाबाट बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा तमु धिं नेपालका नव निर्वाचित अध्यक्ष हुम बहादुर तमुले गुरुहरुको आशीर्वादले तमुहरुमा सहकार्य, एकता र शक्ति स्थापित हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->