शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अर्को हिउँदसम्ममा सामान्य जीवन हुनेछ : कोरोना खोप निर्माता

अर्को हिउँदसम्ममा सामान्य जीवन हुनेछ : कोरोना खोप निर्माता


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०७७, सोमबार

बर्लिन : कोरोना खोप विकास गरिरहेका एक विज्ञले महामारीका कारण अस्तव्यस्त बनेको दिनचर्या अर्को हिउँदसम्ममा सामान्यमा फर्किने बताएका छन्। बायोटेकका संस्थापक प्राध्यापक उगुर सहिनले आउँदो गर्मीयामसम्म खोपको महत्वपूर्ण विकास भई हिउँदसम्ममा जनजीवन सामान्य हुने बताएका हुन्। जर्मन औषधि उपत्पादक कम्पनी बायोटेक र फाइजरले विकास गरिरहेको कोरोना खोपको प्रारम्भिक परीक्षण नतिजाअनुसार ९० प्रतिशत कोभिड–१९ बाट बचाउने उद्घोष गत साता गरेका थिए। बीबीसीका अनुसार खोपको अन्तिम चरणको परीक्षणमा करिब ४३ हजारले सहभागिता जनाएका थिए।
यसैगरी प्राध्यापक सहिनले सो खोप लगाएका मानिसबाट कोरोना नसर्ने र लक्षणहरू समे देखा नपर्ने विश्वास व्यक्त गरेका छन्। ‘यस्तो प्रभावकारी खोपले संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्नेमा म निश्चिन्त छु’, उनले भने, ‘सायद ९० प्रतिशत नहालो ५० प्रतिशत चाहिँ नसर्नेमा ढुक्क छु। तर यसले महामारीको फैलावटलाई नाटकीय ढंगमा घटाउने कुरा चाहिँ बिर्सन हुँदैन।’ एजेन्सी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->