जापान, ३ मंसिर – केही समय पहिला प्रथम अधिवेशन सम्पन्न गरेको अन्तराष्ट्रीय बागलुङ सेवा समाजले रिक्त रहेको सम्पूर्ण पदमा पूर्णता दिएको छ । संरक्षक र सल्लाहकारहरु चयन गरेपछि सेवा समाजले पूर्णता पाएको हो । नोभेम्वर १४ मा बसेको कार्य समितिको पहिलो बैठकले समाजको कार्यसमितिलाई पुर्णता दिएको हो । कार्यक्रम दिपावलीको सुखद समय रहेको कारण बागलुङबाट प्रतिनिधिसभा र प्रदेश सभामा बागलुङबाट प्रतिनिधित्व गर्ने महिला संसदहरूलाई अनिवार्य उपस्थितिको लागि निमन्त्रणा गरिएको थियो ।
कार्यसमितिमा थप गरिएका, संरक्षक र सल्लाहकारको नाम १५ नोभेम्वरमा भएको घोषणासभा कार्यक्रममा सार्वजनिक गरिएको छ । कार्यसमितिको सचिबमा देविका केसी क्यानडा , प्रवक्तामा राजविन थापा ‘रामु’ जापान, एसिया संयोजकमा बिष्णु चापागाँई मलेशिया, ओसियाना संयोजकमा सिता रसाइली विक अष्ट्रेलिया, मिडिलइस्ट संयोजकमा राजु केसी कतार चयन भएका छन् ।
कार्यसमितिको सदस्यहरुमा रेणुका ढकाल इटाली, निशा सुनार अमेरिका, सिता खरेल स्पेन, रिता क्षेत्री साइप्रस, सुनिता श्रीष जापान, पूजा शर्मा युएई दिल निशानी मगर पोर्चुगल, दिपेन्द्र कुँवर बहराईन, जितु थापा लक्जेम्बर्ग, प्रेम गौतम स्विडेन, हेमराज शर्मा माल्टा, ज्योति अधिकारी फ्रान्स, डा. डिल्ली शर्मा न्युजिल्याण्ड, नारायण चालिसे पोल्याण्ड र रमेश खड्का अष्ट्रिलिया थप गरिएका नयाँ सदस्यहरू हुन्। समाजको कार्यसमितिमा बागलुङ सेवा समाज गठन भएका हरेक देशका अध्यक्षहरु स्वत सदस्य रहने प्रावधान छ । कार्यक्रममा धन्यवाद एवं आभार व्यक्त गर्दै नवनिर्बाचित अध्यक्ष एकराज गिरिले अधिवेशनबाट चयन नभएकाहरुलाई पहिलो बैठकबाट मनोनयन गरि सबैलाई समेटिएको बताए ।
त्यसैगरी समाजको पहिलो बैठकले सामाजिक क्षेत्रमा योगदान पुर्याएका अग्रजहरुलाई संरक्षक र सल्लाहकारको रुपमा चयन गरेको छ । संरक्षक र सल्लाहकारको सल्लाह, सुझाव र मार्गनिर्देशनमा अघि बढ्ने गिरीले बताए ।
संरक्षकहरुमा अन्तराष्ट्रीय बागलुङ सेवा समाजका संस्थापक अध्यक्ष होमनाथ शर्मा कतार, पुर्ण हमाल पोर्तुगल, गंगा शर्मा बेल्जियम र महेन्द्र केसी बेलायत रहेका छन् । समाजको सल्लाहकारहरुमा डा. हेमराज शर्मा बेलायत, महेश श्रेष्ठ जापान, सोम सापकोटा माल्टा, गंगाधर गौतम बेल्जियम, गोबिन्द श्रेष्ठ जापान, नारायण आचार्य नेदरल्याण्ड, राज रेग्मी कतार, सुर्य हमाल पोर्तुगल, मंजु श्रेष्ठ अमेरीका, अनुसुया श्रेष्ठ वान्ता अमेरीका, पुष्पराज भण्डारी स्पेन, भिम कमल केसी पोर्तुगल, दुर्गा अधिकारी क्यानाडा, गिरी प्रसाद बुढाथोकी क्यानाडा, डम्मर सिंह बिश्वकर्मा बेलायत, सुबास लामिछाने कोरीया, कृष्णबहादुर खड्का मलेसिया, दिपक सुबेदी जापान, शिब सापकोटा अष्ट्रिलिया, गोपाल कँडेल युएई, जीवन रोका मगर बहराइन, लालबहादुर पाठक नेपाल, नरबहादुर थापा र डिपी कंडेल जापानलाई मनोनयन गरिएको छ ।
घोषणासभामा संघीय सांसद मन केसी,डा. सुदीप खड्का, डा.हेमराज शर्मा लगायतका वक्ताहरूले अन्तराष्ट्रीय बागलुङ सेवा समाजको आवश्यकता र महत्वका वारेमा वताएका थिए । कार्यक्रममा नेपालीहरुको पर्व तिहार, नेपाल संवत ११४१, ल्होसार र छठको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।
सो अवसरमा मन्तब्य राख्दै सांस मन केसीले बागलुङका मानिसहरू जहाँ जसरि रहे पनि बागलुङको हित र विकासको लागि एकजुट भएको पाँउदा आँफु निकै खुशी भएको र समाजलाई कुनै पनि सयम आँफु हरेक काममा सहयोग गर्न तत्पर रहेको बताईन । समाजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण शर्माले र कार्यसमितिलाई पूर्णता दिएको वारेमा महासचिव देव पौडेल देवुले जानकारी गराए । उपाध्यक्ष बेलु काजी थापाले कार्यक्रमको संचालन गरेका थिए ।
७ नोभेम्वरमा भएको समाजको पहिलो भर्चुअल अधिवेशनले गिरीको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो । ४ वर्षअघि होमनाथ शर्माले समाजको स्थापना गरेका थिए । प्रथम अधिवेशन शर्माको अध्यक्षतामा भएको थियो । अधिवेशनमा झण्डै ३० देशका बागलुङे प्रतिनिधी सहभागि भएका थिए ।





