आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

जनमत अपदस्त गर्ने चेष्टा नगरियोस

जनमत अपदस्त गर्ने चेष्टा नगरियोस


  • दुर्गा भण्डारी
  • मंसिर ११ २०७७, बिहिबार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बहुमतको आडमा फेरि प्रधानमन्त्री केपी ओलीलाई हटाउने षड्यन्त्र उत्कर्षमा पुगेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेब गौतम, नारायणकाजी श्रेष्ठलगायतका सचिवालयका पाँचजना सदस्यले बहुमतको ध्वाँस दिएर प्रधानमन्त्री ओलीलाई हटाउने र पार्टी फुटाउनेसम्मको ‘अपराध’ गर्न लागेका देखिन्छ । नेकपा एकिकरण प्रक्रिया टुङ्गोमा नपुग्दासम्म बहुमत र अल्पमतको खेल खेल्नु विधिसम्मत छैन । यो खेलले, कम्युनिष्ट पार्टीहरु अनन्तकालसम्म सहकार्य गरेर अगाडी बढ्छन् भन्ने कुरालाई गलत साबित गरेको छ । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्धयको सहकार्यमा पार्टी एकीकरणको थालनी भएको थियो । आगामी दिनमा हुने महाधिवेशनलाई सहमति र सहकार्यको महाधिवेशनको रुपमा लिइएको थियो । तर, अहिले दुई पार्टी एकीकरण प्रक्रिया टुङगोमा नपुग्दै विवाद भिकेर बीचैमा सहमति तोड्नखोज्नु दुर्भाग्य निम्त्याउनु पनि हो । नेकपाको अहिलेको शक्ति संघर्षबाट दुईवर्षका लागि अमूक व्यक्ति प्रधानमन्त्री बन्ला तर त्यसपछिको अवस्था कस्तो हुन्छ भन्ने कुराको हेक्का राख्नसक्नु पर्छ । गत भदौमा स्थायी समितिले गरेका निर्णय विपरित गएर हुँदै नभएका आरोप लगाई त्यसबेला भएका सहमति तोड्ने प्रयास गरिएको छ । अहिले एक पक्षीय रुपमा प्रधानमन्त्रीविरुद्ध मात्रै आरोप लगाइएको छ । स्थायी समितिले दिएको काम जिम्मेवारीपूर्वक नगर्ने र पार्टीभित्र ‘भर्टिकली पोलोराइजेसन’ गर्ने अर्का अध्यक्ष प्रचण्डको टीमबाट भएको छ । जसले पार्टीको गरीमा र लोकप्रियतामासमेत आँच पुग्ने काम गरेको छ ।
आफूलाई दिएको जिम्मेवारी पूरा नगर्ने तर प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित काममा हस्तक्षेप गर्ने गरिएको छ । जसरी हुन्छ प्रम ओलीलाई बद्नाम गराउन फर्जी समाचार दिने गरिएको छ । दाहाल नेपाल समूहका नेताहरुको दाउ केवल सत्ता हत्याउने मात्रै हो भन्ने कुरा आम कार्यकर्ता र जनताले थाहा पाएका छन् । नेकपा एमाल–े एमाओवादी एकीकरणको स्प्रिट बहुमत र अल्पमतको आधारमा होइन । अंकगणितीय मापदण्डका आधारमा तय गरिएको थियो भने स्थानीय तहको चुनावको मत परिणमले नै देखाइदिएको छ । संघीय संसदको प्रत्यक्ष र समानुपातिक परिणामलाई हेर्दा पनि ७५ प्रतिशत एमाले र २५ प्रतिशत माओवादीको मत हो । सबै कुरालाई त्याग गरेर एमालेले माओवादीलाई समानजस्तै हैसियत प्रदान ग¥यो । आफ्ना क्षमतावान कार्यकर्ता समेतलाई पाखा लगाएर माओवादीलाई एमालेले स्थान दिएका थियो । आफ्नो हैसियत बिर्सेर नेकपाभित्र पूर्वमाओवादी र नेपाल गुट मिलेर मूल नेतृत्वलाई पाखा लगाउने तानावाना बुनिरहेका छन् । जुन अभिष्ट पूरा हुनेवाला छैन ।
इतिहासमै पहिलोपटक बहुमत प्राप्त कम्युनिष्ट पार्टीको बलियो सरकार बनेको छ । सरकारले दिर्घकालीन महत्वका कामहरुको सुरुवात गरेको छ । तर, आफ्नैभित्र क्षणिक सत्ता स्वार्थका लागि विदेशीको ईसारामा दाहाल नेपाल समूह मिलेर प्रधानमन्त्रीले गरेका राम्रा कामहरुको बिरोध गर्ने र जस नदिने काम भएको छ । गलत कुराको बहाना बनाएर प्रमलाई पाखा लगाउन खोज्नु भनेको दुर्भाग्य निम्त्याउनु हो । नेकपाभित्र अहिले आठ लाखभन्दा बढी संगठित सदस्य पूर्वएमालेका छन् । पूर्वमाओवादीका कति छन् उनिहरुसँग कुनै तथ्याङ्क नै छैन । प्रधानमन्त्रीलाई हटाउन षड्यन्त्रस्वरुप अहिले नेकपाको सचिवालयबाट प्रमविरुद्ध राजनैतिक प्रतिवेदनको नाउमा अभियोगपत्र पेश गरिएको छ । अर्का अध्यक्ष प्रचण्डद्धारा प्रस्तुत अभियोगपत्रमा प्रमाण त के कुनै तथ्य पनि मेल खाँदैन । यति ठूलो पार्टीलाई भविश्यमा एकल नेतृत्व प्रदान गर्ने भनिएको व्यक्तिबाट निहित स्वार्थका लागि यो हदसम्म षड्यन्त्र गरिनुले अन्ततः पार्टी मात्र होइन्, देश पनि अस्थिरतातर्फ धकेलिनेछ । पार्टी भनेको केही थान नेता, सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका केही स्वार्थी नेताहरुको बपौती होइन । जो आफू पदमा जानका लागि षड्यन्त्रको खेल खेलिरहने ? यो पार्टी बहुसंख्यक कार्यकर्ताको पनि हो । जसले गुटपरस्त स्वार्थी नेता र कार्यकर्तालाई कहिल्यै साथ दिने छैनन् । पार्टीभित्र र आम चुनावको कहिल्यै फेस नगरेका नेताको खल्तीबाट कोटामा परेका केही कार्यकर्ताले स्वार्थका लागिसाथ दिनु स्वभाविक नै हो । स्वाभिमानी कार्यकर्ता आफ्नो भविष्य नेकपा मै देख्नेहरुले अवश्य पनि गलत कुरालाई अवश्य पनि साथ दिने छैनन् ।
नेपालको राजनैतिक पार्टीहरुमा मूल नेतृत्वले अहिलेसम्म नेतृत्व पुस्तान्तरणको सवाल उठाएका छैनन् । पूर्वएमालेभित्र माधव नेपाल यस्तो पात्र हो । जो पन्ध्रवर्ष महासचिव बन्नुभयो । उहाँ २०५० सालदेखि महासचिव हुनुभयो र अहिले प्रधानमन्त्री केपी शर्मा ओलीबाट पराजित हुँदाको अवस्थामासमेत जवरजस्ती षड्यन्त्रपूर्वक पार्टी र राज्य सत्ता हत्याउने प्रयत्नमा लाग्नुभएको छ । नेता नेपालले राजाको पालामा मन्त्री बन्नका लागि दरखास्त हाल्नु भएका कारण विवादित हुनुभयो । त्यसैगरी आफू दुईठाउँबाट चुनावमा पराजित हँुदासमेत प्रधानमन्त्री बन्नुभयो । उहाले त्यो बेला कुनै महत्वको काम गर्न सक्नु भएन किनभने उहाँको शीर उँचो थिएन । त्यहि माओवादी हो जसले उहाको सरकारविरुद्ध दिनैपिच्छे प्रदर्शन गर्दथ्यो । तर, त्यो बेलामा उहाँलाई आड भरोसा दिने यिनै केपी ओली हुनुहुन्थ्यो । पार्टीको महासचिव बनेको २६ वर्षपछि पनि अहिले उहाँले नेतृत्वमा दावी मात्र होइन, षड्यन्त्र गरेर हत्याउन खोज्नु भनेको सत्ताप्रतिको लालसा कति धेरै रहेछ भन्ने प्रमाणित गर्छ । दोस्रो पुस्ताका नेताहरु नेता नेपालको साथमा सधैँ किन रहनु भ¥याङ मात्रै बन्नका लागि ? त्यसो भए म देश हाँक्छु भन्ने ह्याउ भएकाहरुले किन उहाँको पछि लाग्न हँुदैन । अब दोस्रो पुस्ताले सोच्नु पर्ने बेला आएको छ । त्यसैगरि झलनाथ खनालले पनि १२ वर्षसम्म पार्टीको मुख्य जिम्मेवारी सम्हाल्नुभयो । एकपटक बन्नका लागि मात्रै प्रधानमन्त्री बन्नुभयो । अर्का पनत्र पुष्पकमल दनहाल प्रचण्ड जो ३२ वर्षसम्म आफ्नो पार्टीमा निरन्तर अध्यक्ष हुनुभयो । उहाँको पार्टी भित्रका उतार–चढाव थुप्रै छन् । कहिले कोसँग मिल्ने, कहिले जवरजस्ती आफ्ना समकक्षीलाई प्रतिष्पर्धी ठानेर खेद्ने प्रवृत्ति भएका व्यक्तिबाट बढी आशा गर्न सकिँदैन । वास्तवमा पार्टीभित्र उहाँहरुको राज्यसत्ता केन्द्रीत संर्घष मात्रै हो । कम्युनिष्ट नेताका नाम मात्रै विचार र सिद्धान्त छाडेर भागबण्डामा उत्रिने प्रवृत्ति र यो प्रवृत्तिले कहिल्यै पनि पार्टी चल्न सक्दैन । यस्ता ‘कु’ पात्रहरुलाई स्वाभिमानी कार्यकर्ताले यो बेलामा चिन्ने अवसर पनि हो । आफूलाई र आफ्नालाई मात्रै सबै पद चाहिन्छ भन्ने संकिर्ण सोचले पार्टी र देश चल्दैन । पार्टी फुटाएर भए पनि यही दुईवर्ष पालो गरी–गरी प्रधानमन्त्री हुने, चुनाव आएपछि, अर्को पार्टीमा प्रवेश गर्ने र मिलिजुली सरकार बनाउने हो भने केही भनाई छैन । त्यसो हो भने घर पोलेर खरानी बनाउनु सिवाय केही हैन । स्वार्थमा आधारित दाहाल नेपाल समूहले पार्टी फुटाए पनि यो समूहको सहकार्य निरन्तरता चल्नेवाला छैन ।
नेकपा भित्रको यो लोकप्रिय मत पूर्व एमालेको हो । नेकपा एमालेका अध्यक्षमा केपी ओलीले नेतृत्व गरेकै कारण र अघिल्लोपटकको राष्ट्रियताप्रतिको अटल अडानका कारण मत प्राप्त भएको हो । जनताले केपी ओलीलाई नै पाँच वर्षका लागि प्रधानमन्त्रीको आइकन मानेर मत प्रदान गरेका हुन् । राजनैतिक स्थायित्व प्रदान गर्ने, विकास गर्ने वाचा (नारा) बोकेर केपी ओली नै चुनावमा जानु भएको हो । यो दाहाल नेपाल समूहलाई लुछाचुँडी गरेर खान दिएको जनमत होइन । बीचैमा जनताको मत अपदस्त गर्ने चेष्टा नगरियोस् । यो अपमानको बदला जनाता कार्यकर्ता आफैले लिन्छन् । त्यसकारण, के हेक्का रहोस् भने, मुलूकको राजनीतिलाई अस्तित्व बनाउने तत्वलाई जनताले फेरि चुनावमा जवाफ दिनेछन् । यो तहमा पुगेका नेताहरुबाट आफ्नो ईज्जत प्रतिष्ठाको ख्याल त गरिएन नै, यो हदैसम्मको निकृष्ट स्वार्थमा लाग्दा आफ्नो लामो समयको राजनैतिक करिअर खेर पनि नजाओस । त्यसकारण पार्टी भित्र राम्रो सम्भावना बोकेका युवा नेताहरुले यस्तो खालको दुर्घटना हुनबाट बचाउन सक्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->