मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

स्थापना २० वर्षपछि पूर्वाधार सम्पन्न हुँदै पल्लोपाखा

स्थापना २० वर्षपछि पूर्वाधार सम्पन्न हुँदै पल्लोपाखा


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७७, बिहिबार

बागलुङ, ११ मंसिर– बिष वर्षअघि पल्लो पाखा सामुदायीक माध्यमिक विद्यालयको जग बसाल्ने बेला संस्थापक प्रधानाध्यापक उमाकान्त शर्मालाई लागेको थिएन् विद्यालयका सुविधा सम्पन्न भवन बन्छन् र विद्यार्थीले सहज वातावरणमा पढ्न पाउँछन् ।
समुदायको सक्रियतामा २०५७ सालमा पातीको बार लगाएर बनाईका भवनबाट विद्यालयले पठनपाठन सुरु ग¥यो । कठिन परिस्थिती भएपनि समुदायको सक्रियताले स–साना बालबालिका टाढाको बाटो हिँडेर अध्ययन गर्नुपर्ने बाध्यता अन्त्य गर्न सबै लागे ।
देशको राजनीतिक परिस्थिती र समय समयमा भएका परिवर्तनले यो विद्यालयलाई पनि परिवर्तित बनाईरहेका छन् । जैमिनी नगरपालिका–१ कुश्मीशेरा टारमा रहेको यो विद्यालयले पातीको बार हटाएर ढुंगा–माटोको कच्चि भवनमा पढाई सुरु गरेको १८ वर्षपछि पूर्ण रुपमा पक्कि भवनमा पठनपाठनको वातावरण बनाउँदै छ । विद्यालयमा विभिन्न सरोकारवाला संस्थाको सहयोगमा १२ कोठा रहेका पक्कि भवन बनेका छन् । बाँकी चार कोठा निर्माणका लागि काम सुरु भएको छ ।
‘हिउँद–वर्षा कच्चि भवनमा पठनपाठन गराउँदाका हाम्रा समस्या अब समाधान हुन्छन्’ प्रधानाध्यापक टेकनारायण आचार्य भन्छन् ‘पूर्वाधारमा सम्पन्न भए विद्यालयले शिक्षाको गुणस्तरमा ध्यान केन्द्रित गर्न पाउँछ ।’ शैक्षिक गुणस्तरको महत्वपूर्ण पाटो पूर्वाधार भएकाले विद्यालयले अब कठिन चरण पार गरेको उनले बताए ।
विद्यालयले बुधबार राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइ (शिक्षा) को सहयोगमा चार कोठे पक्कि भवन शिलन्याश गरेको छ । नगरप्रमुख इन्द्रराज पौडेलले भवन शिलन्याश गर्दै पूर्वाधारमा भएका समस्या नगरले समाधान गर्ने बताए ।
शैक्षिक वातावरण निर्माण गरेर शिक्षामा गुणस्तर कायम गर्न विद्यालय व्यवस्थापन र शिक्षकहरुलाई आग्रह गर्दै पौडेलले शिक्षामा लगानीका लागि नगरपालिका सधैं तयार रहने बताए । ७० लाख ४० हजार रुपैयाँको लागतमा निर्माण हुने यो भवन स्थानीय निर्माण व्यवसायीले उपभोक्ता समितिको माताहतमा बनाउने छन् ।
भवन आगामी असार मसान्तसम्म निर्माण सम्पन्न हुनेछ । यसअघि तत्कालिन जिल्ला शिक्षा कार्यालय बागलुङले विद्यालयमा ४, ३ र २ कोठे पक्कि भवन बनाईदिएको छ । शान्ति मन्त्रालयको एक कोठा र तत्कालिन संसद विकास कोषबाट एक कोठा भवन यसअघिनै बनेका छन् ।
बागलुङ कुश्मीशेरा सडक स्तरोन्नतीको बेला ड्रिलिपले सामाजिक उत्तरदायित्वअन्र्तगत यहि विद्यालयमा एक कोठे पक्कि भवन बनाईदिएको छ । ‘अब कच्चि भवन रहेनन्, शौचालय र खेलमैदान पनि तयार छन्’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रनाथ शर्माले भने ‘अब अभिभावक र विव्यसको ध्यानसमेत शैक्षिक गुणस्तरमा केन्द्रित हुने छ ।’
जैमिनीमा दरबन्दी कम रहेर पनि शैक्षिक उपलव्धी देखाउन सक्ने विद्यालयमा पल्लोपाखा पर्छ । ‘निजी छोडेर यहाँ विद्यार्थी पढ्नका लागि आउने गरेका छन्’ शर्मा भन्छन् ‘हामी भौतिक सुविधा सम्पन्न वातावरणमा पठनपाठन गराउने तयारीमा छौं ।’ विद्यालमा तारबार, रंगरोगनलगायतका क्षेत्रमा नगरपालिकाले सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->