आज विश्व अपाङ्ग दिवस (डिसेम्बर ३)ले एकपटक हाम्रो समाजलाई भेदभाव तथा अपमानजनक व्यवहारमा परिवर्तन ल्याउदै सहयोगी तथा विवेकपुर्ण व्यवहार प्रस्तुत गर्न सचेत गराएको छ । जन्मै अपाङ्ग वा जन्म पश्चात कुनै चोट वा रोगका कारण शरिरको कुनै अङ्ग कामै नलाग्ने गरी गुमाएका व्यक्तिलाई सम्झिन्छौं । तर, अपाङ्गको सट्टा फरक क्षमता भएका व्यक्तिको रुपमा सम्बोधन गर्न आग्रह भएको पनि लामो समय भैसक्यो । नेपाली र अंग्रेजी शव्दकोष, समाज, कानुन, सरकारी तथा गैरसरकारी निकायका नीति तथा व्यवहारमा परिवर्तन भैसकेको मान्न सकिदैन । सबलाङ्ग जस्तै संसार देख्न, सुन्न, पहिचान गर्न तथा सम्पुर्ण शारीरिक क्रियाकलाप गर्न तीव्र चाहना हुँदाहुँदै पनि पुर्वजन्मको पाप, भाग्यको खेल वा श्रापको कारण पिडादायी जिवन बाँचिरहनु पर्दा जो–कोहीलाई पनि मानवीय संवेदना प्रकट हुनुपर्ने हो । आफन्त, समाजसेवी अवधारणा भएका व्यक्तिको प्रयास र प्रविधीको विकाससंगै ब्रेल लिपीको माध्यमबाट दृष्टिबिहिनलाई शिक्षा, शारीरिक रुपमा असक्तलाई कृतिम अङ्ग तथा स्पर्स र दिमागसंगै चल्ने यान्त्रिक प्रविधिले संचार, शिक्षा, साहित्य, कला, साहसिक खेल तथा व्यवस्थापकीय काममा सबलाङ्गभन्दा अब्बल ठहरिदै गरेका समाचारहरु सुन्नमा आईरहेका छन् । र, आजको दिनसम्म अपाङ्गता भएका व्यक्तिका सन्दर्भमा संग्रहित चर्चाले मात्र पनि सबलाङ्ग व्यक्तिमा केही प्रगती गर्न सक्छु भन्ने प्ररणा जाग्नु पर्छ ।
(Right people Right place) शारीरिक तथा मानसिक क्षमता अनुसार व्यक्तिलाई उपयुक्त स्थान दिने हो भने प्रसस्त अवसर रहेको हाम्रो मुलुकमा वेरोजगार कोही हुँदैन । अपाङ्गता भएका व्यक्तिमा हुने इमान्दारिपना, विवेक, साहस, सृजनात्मक क्षमता र निस्पक्षताको कारण समयमै उपचार, शिक्षा, प्रविधिको पहुँच र सहयोग एवं समन्वयकारी व्यवहारसहित उपयुक्त अवसर पाउदा उल्लेखनीय एवं प्रशंसनिय कार्य गर्दै आफु र आफ्नो संस्थालाई प्रगतीतर्फ उन्मुख गराएका प्रसस्तै उदाहरण छन् । अवसर र उपयोगका कारणले मात्रै पनि बेरोजगारी तथा अनावश्यक खर्च कतौटीका साथै राष्ट्रिय आयमा टेवा पुग्न सक्छ । सन् १९९२ डिसेम्बर ३ देखि सुरु भएको विश्व अपाङ्ग दिवस आजसम्म आइपुग्दा एक साहसिक ऐतिहासिक दस्तावेजका अतिरिक्त मार्गदर्शक अबसर बनेको छ । घरदेखि घाट, शौचालयदेखि सवारीसम्म भेदभाब तथा अपमानजनक बोली व्यवहार तथा असुविधाका कारण अवहेलनाको अवस्थाबाट सहयोग, सम्मान तथा आरक्षणको व्यवस्थासहित आमुल परिवर्तन हुँदै जाँदा नेपालमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को भाग २, परिच्छेद १० अन्र्तगत ‘भेदभाब तथा अन्य अपमानजन्य व्यव्हार सम्बन्धी कसुरको व्यवस्थाले जुनसुकै माध्यमबाट सम्बन्धित निकायमा प्राप्त हुने भेदभाव तथा अपमानजन्य व्यवहारले कानुन आकर्षित भई कार्यान्वयन तथा आवश्यक अनुसन्धान तहकिकात गर्नु सम्बन्धित निकायका पदाधिकारीको जिम्मेवारी हुन आउँछ भने भोग्ने, देख्ने तथा थाहा पाउने जोसुकैलाई पनि आवश्यक सुचना र सहयोग दिन कानुनले जिम्मेवार बनाएको छ ।
ब्रेललिपी लगायतबाट शिक्षा, कृतिक अङ्गबाट अन्य शारीरिक क्रियाकलाप, प्रविधिको सहयोगबाट कार्य संचालन गर्दै जाँदा उल्लेखनीय सफलतासंगै फरक क्षमता भएका व्यक्तिको रुपमा प्रस्तुत हुदै गएका अपाङ्ग व्यक्ति सबलाङ्ग नै आवश्यक पर्ने निकायका कामका लागी बाहेक परामर्श, प्रविधि र व्यवस्थापनका साथै विश्वको अग्लो शिखर सगरमाथा आरोहण गर्न सफल साहसिक क्षेत्रमा समेत आफ्नो सशक्त उपस्थिती र सहभागिता देखाउँदै गरेको वर्तमान अवस्थामा निजहरुले सम्पादन गर्न सक्ने फरक फरक कार्य क्षेत्रमा आरक्षणको व्यवस्थाले फजुल खर्च र नकारात्मक व्यवहार मात्र हटाएको छैन, रोजगारीमा अपाङ्गता भएका व्यक्तिको निस्पक्ष, इमान्दारी, लगनशील तथा सृजनसिल कामबाट उ स्वयंका साथै उसको परिवार, समाज र राष्ट्रलाई अतुलनीय योगदान पुगेको यथार्थलाई भुल्नु हुँदैन । अविवेकी, अहंकारी तथा पथ भ्रष्ट व्यक्तिलाई शिक्षा दिदै अपाङ्गमैत्री समाज र राष्ट्र निर्माणका लागि घरदेखि, घाटसम्म, शौचालयदेखि सवारीसम्म मानसिक तथा व्यवहारिक रुपले व्यवहार तथा पुर्वाधार निर्माण गर्दै उपयोगमा ल्याउन सक्यौ भने हाम्रा कोही अपाङ्ग आफन्त नै भएको खण्डमा हरेक क्षण सहजतापुर्वक सेवा दिन सकिन्छ । जो कोही चाहेर बन्दैन अपाङ्ग, भोलीका दिनमा हामी पनि हुन सक्छौ, उसको आफ्नो अवस्था प्रति उसलाई नै बढी चिन्ता र पिडा हुन सक्छ । हाम्रो हरेक व्यवहार तथा सुबिधा अपाङ्ग मैत्री बनाउन आवश्यक छ । विश्व अपाङ्ग दिवस सफलताको शुभकामना ।





