सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पटक पटक हुनेगरेको बिवादले आधारभूत तहका कार्यकर्ता र जनता निरास बनेका छन् । बहुमतको नाममा पार्टी अध्यक्ष एबंम प्रधानमंत्री केपी शर्मा ओली बिरुद्ध षडयन्त्र गरे पछि बिवाद चर्किएको हो । वास्तवमा यो बिवाद कुनै सैद्धान्तिक बिषयमा नभएर सत्ताको लागि गरिएको हो भन्ने सबैले बुझेकाछन् । पछिल्लोपटक राजनैतिक प्रतिवेदनको नाउमा अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रधानमंत्री बिरद्ध अभियोग पत्र तयार गरी सचिवालयमा पेश गरे पछि पार्टी भित्र तनाव उत्पन्न भएको हो । प्रधानमंत्री केपी शर्मा ओलीले गरेका हरेक काममा बिवाद खडा गरी अंकुश लगाउने र बहिुमतमा नाममा घेरावन्दी गर्ने कार्य शुरु कै अवस्था देखि गरिएको हो । यसरी पूर्व प्रधामंत्री समेत रहेका सचिवालय सदस्यहरुले आफ्नै पार्टी गरेको महाभारत आम कार्यकर्ताले जनताले बुझिसकेका छन् । २०७४ सालको आम चुनावका बेला सान्ति समृद्धी र स्थायीत्वको नारा दिएर प्रधानमंत्री ओलीकै कारणबाट एमालेले भारी मत प्राप्त गरेको हो । कतिपय ठाउमा एमालेको राम्रो जनआधार हुदाहुदै पनि माओवादी कार्यकर्तालाई टिकट दिईयो जिताईयो । त्यो स्थायी सरकार निमार्ण गरी जनतालाई सुखी र समृद्ध बनाउनका थियो । जनतालाई दिएको बाचा पुरा गर्न नपाउदै प्रधानमंत्री ओलीलाई हटाउन षडयन्त्र गरिदै छ । केपी ओली प्रधानमंत्री बने देखि नै पार्टीमा आम जनता र कार्यकर्ताका लागि काम नगर्ने भित्र भित्रै बैठक बसी षडयन्त्र गर्ने टोलीहरु एक बन्दै गए । उनिहरुले प्रधानमंत्रीका बिरुद्ध मात्रै होईन बिकासप्रेमी जो कोहि नेता बिरुद्ध मोर्चा बन्दी गर्नेछन् । यस्ता प्रबृति भएका पूर्व प्रधानमंत्रीहरुले न देश बनाउछन् न कसैलाई बनाउन नै दिन्छन् । फेरी पनि केहि कार्यकर्ताहरु यीनै नेताको फेरो समातेर पिछलग्गु बनेर उराल्ने काम गरिरहेका छन् । कुनै हैसियत नै नभएका नेताहरु केवल सौदाबाजी गरेर उपलब्धी हाँसिल गर्न पल्केकाहरुले कहिल्यै देश बनाउने छैनन् भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।
बिगतमा पनि कुनै पनि राजनैतिक दलहरुले बहुमत प्राप्त नगरेको र यसै गरी भागबण्डामा सरकार बनेको अवस्था हो । अझ कम्युनिष्ट पार्टीको सरकार ९।९ महिनामा ढाल्ने गरिन्थ्यो । स्थिर सरकार कहिल्यै नहुने, मुलुकको बिकास र समृद्धिमा कुनै जवाफदेहिता नभए पछि जनता आजित भएका थिए । नेकपा एमालेमा केपी ओली अध्यक्षमा निर्वाचित भए पछि चमत्कार भएको थियो । उहा नेतृत्वको सरकार २०७२ सालमा संबिधान जारी भए पश्चात बन्यो । सोहि बेला भारतले नाकाबन्दी लगायो । मधेशबादी दलहरुको आन्दोलन थियो । त्यसतो बिषम परिस्थिीतमा पनि सरकार भारत सामु झुकेन । सरकारले नेपाली जनताको साथ पाएको थियो । त्यति बेला ओली नेतृत्वको सरकाले भारतसंगको मात्रै रहेको ब्यापारीक सम्बन्धमा थप अर्को छिमेकी मुलुक चिनसंग पनि जोड्नु भयो । थुप्रै दुरगामी महत्वका पेट्रोलको उत्खनन् देखि बैकल्पीक उर्जाको खोजी गर्ने सम्म काम भएको थियो । केपी ओली जस्तो दुरगामी सोच भएको नेता नेपालमा दुर्लभभै मात्र जन्मिछन् । जस्ले निस्वार्थ रुपमा मुलुकको बिकास र समृद्धिका लागि काम गरेको छ । नेपालको दुर्भाग्य नै भन्नु पर्छ कि अहिले सम्म राम्रो काम गर्नेहरुको कदर भएको छैन । बरु त्यसको बदलामा उल्टै पार्टी सरकार जता ततै षडयन्त्रको शिकार हुनु परेको छ । केपी शर्मा ओली नै हो जस्ले पार्टी भित्र कहिल्यै पनि षडयन्त्र गरेर गुटबन्दीरेर जित हासिल गर्नुभएन । अर्काको पौरखमा आँखा सम्म पनि लगाउनु भएन । २०७२ सालमा केपी ओली नेतृत्वको सरकारले राम्रो काम गर्दा गर्दै माओवादी, काग्रेस र भारतबाट सरकार ढाल्ने काम भयो । उहाले गरेरै देखाउनु भयो छिमेकीको चलखेललाई मुतोड जवाफ दिनु भयो र नेपालका कम्युनिष्ट बहुमतको सरकार स्थापना गरेर देखाईदिनु भयो । तर अहिले आफ्नै पार्टी भित्रका दहाल नेपाल पक्षधर नेताहरु भारतियको इसारामा केवल आफ्नो स्वार्थका लागि पार्टी फुटाउने र कम्युनिष्ट सिध्याउने खेलमा लागेका छन् । नेकपामा आठ लाख भन्दा बढी एमालेका संगठित कार्यकर्ता छन् । एमाले लामो इतिहास बोकेकको यस्तो पार्टी हो जुन नेपाली जनताको मनमा बसेको छ । उदार भएकै कारण केहि बर्ष यता एमाले भित्र केहि स्वार्थी ब्यक्तिहरु हाबी नभएका भने होईन् । अहिले तिनै स्वार्थी नेताहरु कम्युनिष्ट फुटाउन एक भएका छन् । संसार भरी नै कम्युनिष्टहरु डाईनोसारको अवस्था भई रहदा, एमालेले मार्गनिर्देशक सिद्धान्तको रुपमाग्रहण गरेको जननेता मदन भण्डारीले प्रतिपादन गरेर प्रयोगमा ल्याएको जनताको बहुदलिय जनवादका कारण नेपालमा कम्युनिष्टहरु उदाउदो अवस्थामा छन् । अहिले दहाल नेपाल समुहले क्षणिक सत्ता स्वार्थका लागि पार्टी र मुलुकको भबिष्य नै दाउमा लगाउन खोजेका छन् । यसरी जस्ले दुई पार्टी एकिकरण गरी पार्टीलाई यो उचाइका पु¥यायो, दुई तिहाई बहुमत नजिक पु¥यायो आज उनै पार्टी अध्यक्ष केपी ओलीलाई बहुमतको आडमा अलग्याउन खोज्ने दुष्प्रयास गरिदैछ । यदि यस्तो दुष्प्रयास भएमा कसैको पनि हित हुनेछैन । पार्टीमा नै भबिष्य खोज्ने दोस्रो पुस्ताका नेताहरुले यस्तो निषेधको राजनितिलाई साथ दिनु हुदैन । चुनाव हारे पनि वा हैसियत नभए पनि मै प्रधानमंत्री बन्नुपर्छ, जितेको पार्टी अध्यक्षलाई लखेट्नु पर्छ भन्ने सोच त्याग्दा हुन्छ । अनिर्वाचित र गुटमा लाग्ने, बिबेकहिन कमिटीले दुई बर्षका लागि कसैलाई प्रधानमंत्री बन्न साथ दिए पनि उक्त अमुक पार्टीको आफ्नो राजनैतिक भबिश्य पछि रहिरहन्छ भन्ने कुरा नसोच्दा हुन्छ । त्यसकारण मिल्नु पर्छ पार्टी फुटाउनु हुदैन भन्ने बहानामा पार्टीको नेतृत्वकर्ता प्रभावशाली ब्यत्तित्वलाई एक्ल्याउनु सरासर गलत हो । कसैलाई जवरजस्ती प्रतिश्थापन गरेर नेतत्व लिन खोज्ने ले आफ्नो हैसियत हेनुपर्ने हुन्छ । मैले म र मेरो घर परिवारका लागि गरिरहेको छु कि देशका लागि । देशका लागि त अवश्य होईन । त्यो कुरा प्रमाणित हुदै आएको छ । जन युद्धका नाउमा हजारौको हत्या अंगभङ्ग गरियो देशको भौतिक सम्पत्ति लगायत अहिले के का लागि ? आफ्नो छोरीलाई मतपत्र च्याति च्याति मेयर बनाउन ? सबै राजकिय पदहरुमा छोरी, बुहारी, भाई भतिजाहरुलाई पु¥याउन, कमिशन कुम्याउनका लागि हो ?
गत भदौ २६ गते स्थाई समितिको बैठक बसी दुई अध्यक्षलाई स्पष्ट कार्य बिभाजन समेत गरिदिएको थियो । जस अनुसार प्रधानमंत्री केपी शर्मा ओलीले सरकारको संचालन र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको काम सम्हाल्ने भन्ने सहमति बनेको थियो । फेरी पनि दहाल नेपाल समुहले बिभिन्न समयमा भएको सहमति तोड्दै पार्टी फुटाउने षडयन्त्रमा लारहेका छन् र भन्छन म सधैं पार्टी एकताको पक्षमा छु । सरकार र पार्टीलाई सधैं अस्थिर बनाउने यो अपराधलाई जनताले कतापी क्ष्यमा दिने छैनन् । दहाल नेपाल समुहका नेताहरु लामो समय सम्म सरकार चलाउने र देश बिकास गर्ने पक्षमा देखिदैंनन् । प्रधानमंत्री वा मंत्री बन्न पाए थोरै समयका लागि पुग्छ । त्यस्तो प्रबृतिले पार्टीको भबिष्य धरापमा पर्छ । भबिश्यमा कम्युनिष्ट पार्टीको अध्यक्ष बन्छु प्रधानमंत्री बन्छु भन्नेहरुले आफ्नो भुमिका खोज्ने बेला आएको छ । स्थानिय कार्यकर्ता शुभचिन्तक र शुवेच्छुकहरुले ब्यक्तिगत स्वार्थका लागि पार्टी फुटाउने काममा कतापी साथ दिदैन । नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई साथ दिने नेताहरुको पनि दिघकालिन भबिष्य छैन । अहिले प्रधानमंत्रीलाई सचिवालयका पाच सदस्यि नेताहरुले एकोहोरो दोष दिईरहनु भएको छ । बास्तवमा उहाहरुले क कस्ले आफ्नो पदिय जिम्मेवारी राम्ररी सम्हाल्नु भएको छ त ? मनन् गर्नु पर्ने हुन्छ । नेकपाका नेताहरु दिन रात प्रधानमंत्री पदमा लागि मात्रै सडयन्त्र गर्दै आउनु भएको छ । जस्ले दिगो सरकार चलाउन मतदातासंग भोट माग्यो र पार्टीलाई यो स्थान सम्म ल्यायो उसैलाई फाल्ने षडयन्त्र ? निर्लज्ताको पनि हत पार गरेका छन् । फेरी प्रधानमंत्री ओलीले अर्को कार्यकाल आफु नेकपा अध्यक्ष नहुने घोषणा गरिसक्नु भएको छ । यति हुदा पनि प्रचण्डलाई प्रधानमंत्री नै चाहिएको छ । अध्यक्ष भएको ब्यक्तिले यस्तो घृणित खेल कतिन्जेल खेल्ने सबै कार्यकर्ताले चिनिसकेका छन् । प्रचण्डको यस्तो शैलीले निर्वाचनमा कुन कार्यकर्ता उहाको पक्षमा खटिन्छन् । पार्टी जोगाउने हो भने निषेधको राजनीति त्याग्नु पर्छ ।





