बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

व्यासमा सार्वजनिक निजी साझेदारी विधेयक पारित

व्यासमा सार्वजनिक निजी साझेदारी विधेयक पारित


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०७७, बुधबार

तनहुँ, ८ पुस– जिल्लाको व्यास नगरपालिकाले सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक पारित गरेको छ । मंगलबार बसेको विशेष नगरसभाले यो विधयेक पारित गरेको हो । सार्वजनिक निजी साझेदारको माध्यमबाट पुर्वाधार निर्माण सञ्चालन र सार्वजनिक सेवा प्रवहाकालागि विधयेक प्रस्ताव गरिएकोमा पारित भएको नगर प्रवक्ता एवमव्यास–५ कावडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । ‘नगरको वृहत्तर सामाजिक तथा आर्थिक विकासमा यो विधेयकले सहज हुनेछ’, उनले भने ।
यस्तै, आर्थिक ऐन २०७७ लाई संशोधन गर्ने निर्णय गरिएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार नगरसभाले भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणका लागि राजनीतिक दलका प्रतिनिधि सम्मिलितहुने गरी नगर र वडा स्तरीय सहजीकरण समिति गठन गर्ने निर्णयसमेत भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->