आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

नारीमा अडेको छ सिंगो संसार

नारीमा अडेको छ सिंगो संसार


  • सन्तोष सापकोटा
  • पुष ९ २०७७, बिहिबार

‘चस्मा फुटेपनि, टुटेपनि छर्लङ्ग देख्ने लाजनीतिले कलिला नेत्रीहरुलाई दाउमा राखेको छ, कानुन उनै बनाउँछन्, उल्लंघन उनै गर्छन्, कस्ले गर्न सक्छ कार्वाही ? सोझा निर्मला र सम्झना यस्तै दङ्गोलमा छन’
सोच्ने र भोग्ने दुई मत भएपनि महिलाले नै महिलाको अत्याचारसँगै दुरुपयोग पाइला पाइलामा गरेको देखिन्छ, विभिन्न संगठन विस्तारमा होस या पार्टीका हरेक क्रियाकलापमा होस छर्लङ्ग उदाङ्गिएको यौन हिंसा प्रष्ट नियाल्न सकिन्छ ! विद्यालय स्तरमा होस या विश्वविद्यालय स्तरमा भर्खर प्रवेश स्तरमा रहेका काँचा राजनीतिज्ञहरुलाई बडा स्फुर्तीका साथ खेल खेलाइएको हुन्छ ।
एउटा गेम र दङ्गोलमा फस्नु कसैको चाहना हुँदैन, पारिवारिक बाध्यता, आर्थिक अभावसँगै रोजगारीका अनेकौं आश्वासन देखाई लुट्ने लाजनीतिले धेरै बलात्कारी जन्माएको छ, बोली फुट्न नसक्नेलाई फुटाउन खोज्ने बलात्कारी राजनीतिका पक्षधार नै हुन यसलाई निर्मुल पार्न सोझा जनता होइन निष्पक्ष निर्णायक सरकार चाहिन्छ तर बलात्कारी सरकार भएपछि सहेर बस्न सक्ने रहेछु ।
निस्वार्थतामा हुर्केका सोझा र निमुखा जनताका छोराछोरीलाई हतियार उठाउन बाध्य बनाउने राजनीति आफ्ना महत्वकांक्षी पूरा भएपछि गन्तव्य बिर्सेर फर्किन बिर्सने रहेछन, वास्तवमै सुन्दर फक्रेका फुल चुड्नमै ब्यस्त रहने लाजनीतिले सोझा र निमुखा माथी हरेक तरिकाबाट वाण हानिरहने रहेछ ।
गोठमा बस्ने छाउपडी त अन्त्य गरेउ तर महिला हिंसाको राजनिती र भ्रष्टाचारको राजनीति अन्त्य हामी गर्न सक्दैनौ किन कि भलो र विकासको उद्देश्य एकाधमा होला तर कयौंमा छैन, विकासको गति सुस्ताउनु र भ्रस्टाचार मौलाउनुमा महिला राष्ट्रपतिको नै हात छ, दिनहुँ महिला बलात्कार भईरहेका छन् आखिर किन ? हरेक कुराको दोषी महारानी नै होइबक्सिन्छ एउटा महिलाको पीडा अर्को महिलाले सहज तरिकाले बुझ्न सक्छ पुरुषले भन्दा ।
‘नारी’ दुईअक्षरले बनेको शब्द हो जहाँ सिङ्गो संसार अडेको हुन्छ । नारी सृष्टि हो जननी हो, देवी हो, शक्ति हो र सहनशिलताको प्रतिमुर्ती हो । नारी काँडाहरुबीच पनि फुल्न अनि पिडाहरुबीच पनि मुस्कुराउन सक्ने शक्ति हो ।
नारी बिकाउको साधन होइन प्रयोगशाला होइन नारीले सहन सक्छे भनेर कुनै कदममा कमजोर नसम्झ एक शब्दमा जलाउन सक्ने शक्तिशाली उपकरण हो, ‘नारी दिवस’ एकदिन नारीलाई शुकामना दिने दिवस होइन । महिला हिंसा र लैंगिक विभेदको अन्त्य गर्दै समातामुलक समाजको निर्माण गर्न कसम खाने दिन हो । अनि महिलाहरुले पनि साडी चोलो लगाएर एकदिन सडकमा भाषण ठोक्ने र छमछमी नाच्ने दिन होइन, कुर्चिमा बसेर नाइलनको सारी लगाएर मार्सीको भात खाएर २ दिने मिठा कुराले महिला हकहितलाई सिंधै ओझेलमा झल्काईरहेको देख्न सकिन्छ ।
एक हातको एक औला होइन एक हातको पाँच औला भएर लडौं, आफ्ना हक अधिकार सुनिश्चित छन्, न्यायको पक्षमा सर्वाधिक शक्ति लिएर जागौं ! न्यायिक र समाजसेवी भनिठानिने ‘अग्रणी महिला हिंसाविरुद्ध अभियान, आन्दोलन संचालन गर्नेहरुबाट नै धेरै महिला हिंसामा परेका छन, एकैछिनको गुलियोलाई विश्वास नगरौं दाह्रीको तिखो सियोले बेला बेला घोचिरहेका छन्, मौन छन् नारी जुन जो अपराधमा परेका छन्, खुशी छन् । नारी जो अपराधमा संलग्न छन् । अवस्था यस्तो छ हरेक क्रियाकलापलाई राजनैतिक हस्तक्षेप गरेर रिहा गरिन्छ, महिला हक अधिकार र उत्थान निमित्त धेरै नीति नियम कानुन बने तर कार्यान्वयन त्यहीं दोषी चश्मा र राजनीतिमै तालमेल छ !
मान्छे मारेर सुरु भएको क्रान्ति अहिले खसी, बँदेल, कुखुरा, राँगा मारेर ८४ व्यञ्जनसँगै दीर्घकालीन द्वन्दमा धकेल्ने जातियता, धर्म निरपेक्षतामा, नाताबाद, कृपाबादरूपी वैज्ञानिक समाजवादमा आएर टुंगिएको छ, नारी हिंसावाद कहिल्यै टुङ्गिदैन । यसरी नै सिकार बनाएर रमाउने जन्तुवादी व्यवहार सधै प्रष्ट भएर उदाङ्गिने छ । कति लुटिए कति मारिए कति बलात्कृत भए सामन्तवादी दलालहरुलाई वास्ता छैन, कोठिमा बेचिएका ती दिदीबैनीले हालेको भोटले जिते अनि उनैलाई बेचे कसैले पत्तै पाएनन् ।
जय देश, जय स्वाभिमान !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->