मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

ओलिको कदम असंबैधानिक : युवक संघ

ओलिको कदम असंबैधानिक : युवक संघ


  • ढोरपाटन संवाददाता
  • पुष १२ २०७७, आइतबार

बागलुङ, १२ पुस– नेपाल कम्युनिष्ट पार्टी (मसाल)को सहायक संगठन अखिल नेपाल युवक संघले संसद बिघठनले देश संकटको अवस्थामा पुगेको निश्कर्ष निकालेको छ । शनिवार बागलुङको जैमिनीमा १२८ औँ माओ जयन्ती अवसरमा आयोजित वनभोज कार्यक्रममा सहभागी संगठनका नेताहरुले प्रधामन्त्रीको कदम असंबैधानिक भएको भन्दै सच्चाउनु पर्नेमा जोड दिए ।
कार्यक्रमा सम्बोधन गर्दै अखिल नेपाल युवक संघका अध्यक्ष अनिल किशोर घिमिरेले विघठित संसद पुनस्थापना गर्न नसक्ने हो भने देशको राष्ट्रियता र गणतन्त्रमाथि खतरा पैदा हुने बताए । उनले देशका सचेत युवाहरू जुझारु प्रकारले ओलीको गलत कार्यशैलीको विरुद्ध आन्दोलित हुनसमेत आग्रह गरे । उनले युवाहरु आफ्नो अधिकारको खोजी गर्दै देशमा भईरहेको चरम भ्रष्टाचारविरुद्ध सशक्त आन्दोलन गर्न तयार हुनुपर्नेसमेत बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश मामिला सभापति तथा प्रदेश सभा सदस्य कृष्ण थापा, वामपन्थी नेता नरबहादुर पुनलगायतका नेताहरूले राष्ट्रियता, गणतन्त्र, युवा आन्दोलन र देशको समसामयिक परिस्थितिलगायत माओत्सेतुङको भूमिका र योगदानबारे बोलेका थिए ।
कार्यक्रममा युवा नेता भिमसेन वन, संजाल शर्मा, किसान नेता विरेन्द्र थापा, राजमो जैमिनीका अध्यक्ष डिलबहादुर श्रीस, जनजातिका नेता लालबहादुर थापा, रक्तिमका दानबहादुर थापा, अखिल (छैठौं)का दिपेन्द्र पौडेल, महिलानेतृ टीका थापा, जैमिनी ९ का अध्यक्ष भबिन्द्र थापा, जैमिनी १० का अध्यक्ष नरबहादुर थापाले बोलेका थिए ।
जैमिनीको शिर हाँडीकोट टापुमा पाँचसय बढी युवाहरू जम्मा भएको वनभोज कार्यक्रमलाई जैमिनी नगर सचिव सुरेश रानाले सञ्चालन गरेका थिए । कार्यक्रमको अध्यक्षता यम पुनले गरे । नगर सदस्य खगेन्द्र थापाले सहभागिलाई स्वागत गरे । हाँडीकोटमा शनिबार रक्तिमका गीतमा नाचगान गरि युवाहरूले मनोरञ्जनसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->