मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

१८ बुँदे मागसहित प्रधामन्त्रीलाई राप्रपाको ज्ञापनपत्र

१८ बुँदे मागसहित प्रधामन्त्रीलाई राप्रपाको ज्ञापनपत्र


  • ढोरपाटन संवाददाता
  • पुष १२ २०७७, आइतबार

बागलुङ, १२ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले विभिन्न माग राख्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपाले जिल्ला प्रशासन कार्यालयमार्फत हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना लगायत राष्ट्रियता, सुशासन र जनजीविकासँग जोडिएका विभिन्न १८ बुँदे मागपत्र प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेमार्फत प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपा बागलुङका सह–अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । राप्रापाले समकालीन इतिहासको सम्भवतः सर्वाधिक कठिन घडीबाट यतिबेला मुलुक गुज्रिरहेको ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
कोभिड–१९ को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र धर्म परिवर्तन रोक्न सरकारको असफलता र उदासिनताको विरोध र सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापनाको पक्षमा राप्रपा संघर्षमा जाने तयारीमा रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा बेरोजगारी समस्या समाधानको निमित्त अल्पकालिन तथा दीर्घकालिन कार्ययोजना कार्यान्वयन गर्नुपर्ने, कोभिड–१९ को नियन्त्रणमा सरकार तदारुकताका साथलाग्नुपर्ने, भ्रष्टाचारविरुद्ध नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->