बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

क्रियाशिल महिला पत्रकार तनहुँको अध्यक्षमा दवाडी

क्रियाशिल महिला पत्रकार तनहुँको अध्यक्षमा दवाडी


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७७, सोमबार

तनहुँ, १३ पुस– क्रियाशिल महिला पत्रकार (डब्लु डब्लु जे) तनहुँको अध्यक्षमा विमला दवाडी चयन भएकी छन् । आईतबार दमौलीमा भएको चौथो अधिवेशनले दवाडीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा सृजना राना, सचिव मिला दरै, कोषाध्यक्ष शिला वाग्ले, सहसचिव करिष्मा गुरूङ चयन भए । सदस्यमा प्रकृति खनाल न्यौपाने, अञ्जु दाहाल, रञ्जु सिग्देल, अप्सरा श्रेष्ठ, अस्मिता सुनार र मुना कालीराज विके रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिदैं व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीले महिला पत्रकार आत्मविश्वासका साथ पेशालाई निरन्तरता दिनुपर्नेमा जोड दिईन ।
संस्थाको आठौं साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा डब्लु डब्लु जे ले जिल्लाका करिब ३० जना संचारकर्मी महिलालाई लेखन सीप अभिवृद्धि“ बिषयक २ दिने तालिम प्रदान गरेको थियो । यस्तै, डब्लु डब्लु जे तनहुँकी संस्थापक अध्यक्ष सोनी शर्मालाई संस्थाको विकासमा उल्लेख्य योगदान पु¥याएको भन्दै सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->