मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

देश थप संकटमा जान सक्छ, सचेत बनौं : नेता पौडेल

देश थप संकटमा जान सक्छ, सचेत बनौं : नेता पौडेल


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०७७, मंगलबार

बागलुङ, १४ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले देश थप संकटमा जाने परिस्थिती आएको बताएका छन् । असंवैधानिक बाटोबाट देशमा संकट निम्त्याउने प्रयास भैरहेको भन्दै उनले त्यसो हुन नदिन संघर्ष आवश्यक रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यसत्ताको चरम दुरुपयोग गर्ने चाहना पूरा गर्न संसद विगघटन गरेकाले त्यसयता उत्पन्न राजनीतिक संकटका कारण देश गम्भिर संकटको अवस्थामा पुग्न सक्ने भन्दै पौडेलले सडकबाट सचेत नागरिकले खबरदारी गर्नुपर्ने बताए । उनले सडकबाटै सदन पुनस्थापना गरेर पाँच बर्षको कार्यकाल पुरा गर्नुपर्नेमा जोड दिए ।
मंगलबार आफ्नो समुहले बागलुङमा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम गर्न नदिएको भन्दै संसद विघटन गर्ने प्रधानमन्त्रीले पार्टिले वातावरण सिर्जना गर्दा समेत काम गर्न नसकेर असंवैधानिक कदम चालेको टिप्पणी गरे ।
‘निर्मला पन्त, वाईडबडी, ललिता निवासलगायतका काण्डहरुको चर्चा हुँदा पार्टिले वातावरण नबनाएको भए के हुन्थ्यो’ पौडेलले प्रश्न गर्दै भने ‘सहयोग गर्दा असहयोग भयो भन्नु, के प्रधानमन्त्रीको हातखुट्टा पार्टीले बाँधिदिएको थियो ?’ पार्टिमा छलफल भएकै आधारमा ओलीले देश र जनतालाई धोखा हुनेगरी प्रतिगामी कदम चालेको उनले आरोप लगाए ।
सरकारलाई काम गर्न अफ्ठेरो नहोस् भनेर पूर्व एमाले र माओवादीको बिचमा एकता हुने बेलाका सहमतिसमेत प्रचण्ड पक्ष लचिलो हुँदा त्यसलाई प्रधानमन्त्रीले कमजोरीका रुपमा लिएर अहंकारमा निर्णय लिएको उनको आरोप थियो । ‘अहिले सडकमा मन्त्री, पार्टिका पदाधिकारी र केन्द्रिय सदस्य फालाफाल छन्’ पौडेलले भने ‘कयौंपटक म आँफैलाई मन्त्रीको लोभ देखाईयो, लोभलालच देखाएर समस्या पन्छ्याईयो ।’
आफ्नो भाषणको अधिकांश समय पत्रकारहरुमार्फत प्रधानमन्त्रीलाई सन्देश पु¥याउने शब्दावली प्रयोग गरेका पौडेलले संविधानको धारा ७६ पनि उत्तिनै पटक दोहो¥याए । ‘संबिधानको धारा ७६ हेर्नुहोस् के व्यवस्था छ’ उनले भने ‘संसद विघटन सरासर असंवैधानिक र अलोकतान्त्रीक कदम हो ।’ दुई पार्टि मिलेर बनेको नेकपा आफ्नो पक्ष संस्थापन भएको दाबी गर्दै पौडेलले पार्टि पुर्नगठन हुने बताए । ‘हिजो हामी सरकारलाई सहयोग गर्नुपर्छ भनेर कार्यक्रमबिहिन अवस्थामा बस्यौं, अब पार्टि सशक्त बनाउने अभियानमा लागौं’ उनले भने ‘ढुक्क हुनुहोस्, अन्यौलता चिर्नलाई पार्टि पुर्नगठन हुन्छ, संस्थापन पक्ष हामीनै हौं ।’
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बलावती शर्मा, गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हिराबहादुर केसी, श्रीप्रसाद शर्मा, महिला नेतृ कुशुम बुढालगायतले बोलेका थिए । जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ज्ञामनाथ गैरे अनिलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->