४५ वर्ष भइसक्यो एउटै कुरा छ जो राष्ट्रिय एकता मेलमिलाप । जे ३४ सालमा भाषण गरियो अहिले पनि त्यही कुरा छ समय बदलियो परिवेश बदलिएन । मान्छे बदलियो घटना बदलिएन । यो मेलमिलाप पनि मनाउँदै गर्ने झगडापनि छँदैछ । एकता दिवस मनाउँदै गर्ने राष्ट्र संकटमै छ । समाधान कहिले हुने हो ? समस्या यो हो, अहिलेको परिस्थिति के हो कुरा त्यहाँबाट सुरु गरौ मेरो निवेदन छ केही समय अघि ३४ साल तिरको कुरा हो भारतमा नक्सालाइट आन्दोलन चल्दा झापामा यो अहिलेको प्रधानमन्त्रीको नेतृत्वमा सर्वसाधारण नागरिकको टाउको काट्ने अभियान चलेको थियो एकै समयमा ६ महिनाको बच्च पनि बाँकी राखिएको थिएन । त्यतिबेला के थियो भने चियरम्यान को हो भने चियरम्यान माओ थिए । नेपालमा महासचिव हुने तर चियरम्यान नहुने विधान थियो पार्टीको । मनमोहन अधिकारी आइसकेपछि नेकपाको अध्यक्ष हुनुभयो त्यो भन्दा अघि महासचिव प्रणाली थियो ।
आज राष्ट्रिय एकता मेलमिलाप दिवस मनाउँदै गर्दा समस्या के आयो भने चिनियाँ कम्युनिष्ट पार्टीको नेपाली शाखामा झगडा भयो । मिलाउन पनि उहीँबाट आयो दुई पार्टीलाई झगडा भयो टिकाउन पनि फेरी अस्ती जम्बो जेट चढेर उपमन्त्रीको नेतृत्वमा आउनुभयो हिजोमात्र जानुभयो । अब यहाँ समस्या कस्तो ? राजदूत याङचीले दबाब दिए,‘ व्यक्ति फुटेर भएपनि पार्टी बचाऊ ।’ दवाव छ, सन्देश छ सि जिङपिङको मेसेज आएको छ । व्यक्ति फेराँै, उताको दबाब । यहाँ समस्या कस्तो देखिएको छ भने सत्तारुढ दललाई चुनाव गरौँ उत्तरतिरको दबाब प्रधानमन्त्रीलाई रुची छैन । प्रधानमन्त्री यसो कोल्टेफेर्नु हुन्छ दक्षिणतिर प्रतिनिधी मण्डलको दबाब । आउँदा आउँदै गुप्तचर प्रमुख पनि आए भेटघाट चल्यो जब प्रधानमन्त्री यसो दक्षिणतिर ढल्किए मध्यावधीको घोषणा भयो । मध्यावधिको घोषणा होस्, भारतको दबाब हुने, उसको पक्षमा जाने । प्रतिनिधीसभा पुनस्र्थापनामा जाऊँ चिनको दवाव । हिजोको आन्तरिक राजनीतिमा विदेशको यति नग्न हस्तक्षेप निशंस हस्तक्षेप कहिल्यैपनि भएन । शक्ति सन्तुलन बदलियो ।हिजो राजा थियो आज राजा छैन । राजासँग मेलमिलाप एकताको कुरा थियो, आज राजा छैन । हिजो कम्युनिष्ट अस्तित्वमा थिएन, आज निर्णायक बनेर आएको छ । पावर इक्वेसन चेन्ज भयो । अब ३३ सालमा लेखिएको परिभाषा बदलिएको छ । राष्टिय मेलमिलापको सन्दर्भमा शक्ति सन्तुलनको अवस्था बदलियो । अन्तराष्ट्रिय इन्टेस ग्रुप बदलिए । प्रश्न अहिले कस्तो छ भने प्रधानमन्त्रीजी लगातार सरकार हस्तक्षेप गरिरहेको छ । हामी प्रजातान्त्रीक पार्टी हौँ चुनावमात्र होइन कांग्रेसको सत्ता निमार्ण आधार भनेको सत्ता शक्ति सन्तुलनको निमार्ण हो । शक्ति पृथकीकरणको सिद्धान्त हो । यो शक्ति पृथकीकरण भएन भने हाम्रो पार्टीको अधिकारहरु कुनैपनि बेला समाप्त हुन सक्छ । न्यायालयको स्वतन्त्रता, व्यवस्थापिकाको स्वतन्त्रता, कार्यपालिका यी सबै अंगको शक्ति सन्तुलनलाई स्वीकार गरेको पार्टी हामी किन राष्ट्रपतीय प्रणालीमा गएनौ त ? किन संसदीय प्रणाली कांग्रेसले माग्यो । किन राष्ट्रपतीय प्रणाली मानेन कांग्रेसले । आज संसदीय प्रणाली असफल बनाउँदै छ । कांग्रेसले यसको पूर्ण जिम्मेवारी लिनुपर्छ । आज एउटा कार्यकारी प्रमुखको कुर्ची डगमगाएको भने असन्तुलित भयो भने के व्यवस्थापिका समाप्त हुने । दुई तिहाइ प्राप्त प्रधानमन्त्रीले स्थायित्व दिन सक्दैन भने स्थायित्व कसरी हुन्छ । पाँच वर्षको संसदीय चुनाव किन भन्ने प्रधानन्त्रीको इच्छालागे सम्मको आयू भने भइहाल्यो नि के देशले एकएक वर्षमा दुई दुई वर्षमा तीन–तीन वर्षमा चुनाव धान्न सक्छ ? त्यसैले यो चुनावको मात्र प्रश्न होइन कांग्रेसको सिद्धान्तसंग जोडिएकोे प्रश्न पनि हो । अस्थिरता यो देशले कति धान्न सक्छ ? त्यसैले मेरो निवेदन के छ भने कांग्रेसले त्यप्रतिपनि जवाफदेही हुनपर्दछ । परिस्थिति हिजै गडबडी भइसक्यो । आज तपाईँ हेर्नुस व्यवस्थापिकाको यो हालत छ दुई तीनवर्ष भन्दा नहुने पाँच वर्ष चल्दै चल्दैन । न्यायालय हेर्नुस्, न्यायधीश नियुक्ति गरेको छ । त्यहि न्यायाधीश शपथ ग्रहण गर्न बल्खुको कार्यालयमा पुगेको छ । शक्ति सन्तुलन र पृथकीकरणको सबै सिद्धान्त भत्काइ दियो, यो पार्टीले । कुनैपनि बेला लोकतन्त्रको समाप्ति हुन सक्छ भन्ने कुरा आइसकेको छ । हामीलाई लाग्ला, २७ गते चुनाव हुन्छ भन्ने । यो चुनाव गर्ने नियतले घोषणा गरिएको होइन । राजीनामा पनि गरिएको छैन । संसद् भंग गरेको छ संसद गठन गरेको छैन । हिजो बाबुराम भट्राईले भंग गर्दा रामवरण यादले सच्याउनुभो । कामचलाउ सरकार भन्नुभयो विद्यादेवी भण्डारीले सच्याउनुभो ? यस्तो कति वैशाख कटाउने नियतले सकेसम्म ओलीराज यदि सकिएन भने विद्यादेवी भण्डारीलाई कार्यकारी अधिकार सुम्पने मनाशायले लामो समयसम्म देशलाई अस्थिरतामा जाग्ने मनाशायबाट प्ररित भएर यो कदम चालिएको छ । लागेको होला २७ गते कसैलाई लागेको होला २८ गते पावरमा जाउँला भन्ने लागेको होला कुनै संस्थाले खिलराज रेग्मी बन्ने मनाशाय पालेका पनि होलान् । परिस्थिती बिग्रीए पाकिस्तानको जस्तो अवस्था होला ? त्यो पनि सोचेको होलान तर परिस्थिती यति सजिलो छैन । यो सामान्य कुरा होइन । पुर्नस्थापना हो भने यो हो चुनाव हो भने यो वैद्यता छैन । अवैद्यानीक भन्ने एकातिर अर्कोतिर अवैधानिक सरकारले अवैधानिक तरिकाले अवैद्यानीक चुनाव गर्दा कुन नैतिकताले भाग लिने । समस्या आउँछ कि आउँदैन । र उसले गरेको चुनाव ज्ञानेन्द्रले गरेको चुनावको हैसियत बोक्छ कि बोक्दैन । पुलिसमा धाँधली गरेको छ, निर्वाचन आयोगमा आफ्नो कार्यकता भर्ती गरेको छ सर्वसत्तावाद भनेको यही हो । सर्वसत्तावाद घोषणा गरेर आउँदैन यसरी नै षड्यन्त्रको तानाबाना बुनेर अधिनायकवाद आउँछ जनताले सहज पचाँउछ बरु आर्मी आए नि हुन्थ्यो भन्ने सोचाइँको विकास हुन्छ । हिजोमात्रको कुरा हो पूर्वराजदूतले लेखेका छन्, नेपालमा तेस्रो व्यक्तिको खोजी छ भनेर तेस्रो व्यक्ति भनेको को हो ? यति ठूलो संकट देशमा छ । यो संकटको निवारण के हुन सक्छ भनेर छलफल गरेर नेताहरुले संवेदनशील भएर निष्कर्ष निकालेर कार्यकतालाई सुसुचित गराउनुप¥यो, यो पार्टीले । संसद् पुनस्र्थापनाको नाममा यो पार्टी प्रचण्डको हतियार पनि बन्न हुँदैन र चुनावको नाममा खड्गप्रसाद ओलीको मतियार पनि बन्न हुँदैन ।
(चालिसे नेपाली कांग्रेसका युवा नेता हुन् । )





