मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

संसद भंग गरेपनि निर्वाचन नगर्ने दाउमा प्रधानमन्त्री : पाण्डे

संसद भंग गरेपनि निर्वाचन नगर्ने दाउमा प्रधानमन्त्री : पाण्डे


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०७७, शनिबार

बागलुङ, १८ पुस– कांग्रेस केन्द्रीय सदस्य तथा युवा नेता बद्री पाण्डेले संसद भंग गरेर प्रधानमन्त्री निर्वाचन नगर्ने दाउमा लागेको आरोप लगाएका छन् । निर्वाचन घोषणा गर्ने तर निर्वाचन नगर्ने प्रवृत्ति बिरुद्ध कांग्रेस आन्दोलित बन्नुपर्ने धारणा समेत राखेका छन् ।
कांग्रेसको संघिय निर्वाचन क्षेत्र नं. १ ले शनिवार बागलुङको बरेङ गाउँपालिकामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पाण्डेले निर्वाचन नगर्ने प्रपन्च चिरेर देशलाई संविधान र लोकतन्त्रको बाटोमा हिडाउन कांग्रेस सक्रिय हुने समेत बताए ।
कार्यक्रममा अर्का केन्द्रीय सदस्य रत्ना शेरचनले सडक संघर्षबाटै वर्तमान राजनीतिक निकास निमाल्नुपर्ने बताइन् । साथै उनले संविधानमाथी भएका अतिक्रमण फिर्ता हुनुपर्ने धारणा पनि राखिन् । आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलले जनतालाई धोका दिने ऋखला लामो समय देखि चलिआएकोले बर्तमान सरकारबाट देशको बिकास पनि संभव नभएको टिप्पणी गरे ।
क्षेत्र नं. १ का क्षेत्रीय सभापति चिरन्जिवी गौतमको अध्यक्षता सचिव बिष्णु आचार्यको संचालन र सहसभापति नारायण शर्मा पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला पार्टी सभापति दिपेन्द्रबहादुर थापा, पूर्व सभापतिहरु मणीभद्र शर्मा, हरिप्रसाद श्रेष्ठ, प्रकाश शर्मा पौडेल सहित पार्टी सचिव नवराज पौडेल, महासमिति सदस्यहरु जगदिशचन्द्र उपाध्याय, भीम श्रीष, गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण खत्री, कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापा, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा लगायतले शुभवकामना मन्तव्य राखेका थिए । कांग्रेसले जिल्लाका १० वटै पालिका तहमा अगुवा कार्यकर्ता प्रशिक्षण अभियान चलाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->