बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शुक्लागण्डकी सहकारीले दियो विद्यार्थीलाई स्विटर

शुक्लागण्डकी सहकारीले दियो विद्यार्थीलाई स्विटर


  • ढोरपाटन संवाददाता
  • पुष २० २०७७, सोमबार

तनहुँ, २० पुस– दुलेगौँडाको शुक्लागण्डकी बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीलाई स्विटर वितरण गरेको छ । सहकारीको बार्षिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्व वहन गर्दै शुक्लागण्डकी–५ नयाँगाउँ बेलभञ्जयाङमा रहेको कुमारी आधारभुत विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरेको हो ।
सोमबार १ सय २५ जना विद्यार्थीलाई स्विटर वितरण गरेको सहकारीका शिक्षा उपसमिति संयोजक त्रिलोचन लम्सालले बताए । चिसोबाट जोगाउनलाई विद्यार्थीलाई स्विटर वितरण गरेको उनको भनाई छ । ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको पारिवारीक आर्थिक अवस्था कमजोर हुने हुदाँ शहकारीले बर्षेनी सहयोग गर्दै आईरहेको लम्सालले जनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिननाथ पौडेलले बजारको नजिकै तर छायामा परेको विद्यालय भएता पनि स्थानीय स्तरबाट भएको अधिकतम प्रयासले विद्यार्थीको संख्या अन्य विद्यालयको तुलनमा धेरै रहेको वताए । कार्यक्रममा शहकारीका अध्यक्ष लेखबहादुर पुन, उपाध्यक्ष रसमाया गुरुङ्ग र विद्यालयका प्रधानध्यापक रामबहादुर राना लगायतले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->