बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुनसान घरबासमा पर्यटक बोलाउन पदयात्रा

सुनसान घरबासमा पर्यटक बोलाउन पदयात्रा


  • बिनोद ढुंगाना
  • माघ ३ २०७७, शनिबार

तनहुँ, ३ माघ – कोरोना भाईरस संक्रमणका कारण थलिएको पर्यटन व्यवसाय तंग्रन अझै सकेको छैन् । विस्तारै बामे सार्ने क्रम चलेको छ । ग्रामिण पर्यटनको पर्याय घरबास (होमस्टे) पनि सुनसाननै देखिन्छन् । यहाँको एक होमस्टेले भने पर्यटक डाक्नलाई पदयात्रा गराएको छ । भिमाद नगरपालिका–९ भानुमतीस्थित पाथर्दी सामुदायिक होमस्टेले शुक्रबार १७ किलोमिटर दुरीमा पद यात्रा गराएको हो । भिमादको कुमार चोकबाट सुरु भएको पदयात्रा धन्धुर सिद्धगुफा, चमेरेगुफा, मोहोरिया, ईलुङ छहराहुदैँ पाथर्दी गाउँमा पुगेर टुंगिएको थियो । पदयात्रामा आन्तरिक पर्यटकले उल्लेख्य सहभागिता जनाए । आन्तरिक पर्यटकसंगै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापा पनि पद यात्रामा सहभा गिबने ।
मन्त्री गुरुङले देशका प्रचलित सामुदायिक होमस्टे भन्दा पाथर्दी फरक ढंगले अगाडी बढेको जनाए । उनले भने– ‘यही फरक पनले नै पाथर्दी सामुदायिक होमस्टे स्थापित बन्नेछ ।’ होमस्टेमा आउने पाहुनालाई अर्गानिक खानपान र मौलिक संस्कृति देखाउनुपर्नेमा उनको जोड थियो ।
कोरोनाले ठप्प पर्यटनलाई चलायमान बनाउन पदयात्रा आयोजना गरेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलले बताए । ‘कोरोनाले विश्वको पर्यटन क्षेत्रलाई निकै प्रभाव पा¥यो । नेपालका गाउँ–गाउँमा सञ्चालन गरिएका होमस्टे पनि प्रभावित नै रह्यो’, उनले भने, ‘पर्यटनको गतिविधी बढाउदै पाथर्दी होमस्टे कोरोनाबाट सुरक्षित छ भनेर पर्यटकलाई डाक्न पदयात्रा गराएका हौँ ।’ पदयात्राले आशा जगाएको आलेको भनाई छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->