बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

१३–२२ बर्ष उमेरका अन्तराष्ट्रिय स्तरको माईक्रोसफ्ट प्रतियोगितामा भाग लिन पाउने अवसर

१३–२२ बर्ष उमेरका अन्तराष्ट्रिय स्तरको माईक्रोसफ्ट प्रतियोगितामा भाग लिन पाउने अवसर


  • Dhorpatan News
  • माघ ३ २०७७, शनिबार

नवलपुर, ३ माघ– नेपाल लगायत १ सय ३५ देशका १३ बर्षदेखि २२ बर्षसम्मका स्कुल–कलेज उमेरसमूहका ब्यक्तिहरुले माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप २०२१ मा आफ्नो प्रतिभा प्रस्तुत गर्न पाउने अवसर जुरेको छ ।
शनिवार नवलपुरको कावासोतीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिताका नेपालका लागि नेशनल पार्टनर दिप आईटी एण्ड एजुकेशन कन्सल्टेन्सी पोखराका प्रवन्धक दिनेश लामिछानेले शिक्षामा सुचना–प्रविधिको क्षमता विकास एवं प्रतिभा प्रस्फुटन गर्ने उदेश्य रहेको वताएका छन् ।

बिशेषतः शैक्षिक क्रियाकलापमा संलग्न विद्यार्थीहरु समावेश हुने भएकाले स्कुल–कलेज लक्षित जस्तो देखिएपनि प्रतियोगितामा उमेर १३–२२ बर्ष उमेरसमूहका जोकोही पनि सहभागी हुन पाउने लामिछानेले बताए ।

जिल्ला, राष्ट्रिय र अन्तराष्ट्रिय ३ चरणमा हुने प्रतियोगितामा नेपालका ४२ जिल्लामा जिल्ला पार्टनरले प्रतियोगीहरुको दर्ता प्रक्रिया थालेका जानकारी दिदै बाँकी जिल्लामा पार्टनरको खोजी भईरहेको बताएका छन् ।

बिद्यार्थीका हकमा सम्वन्धित शैक्षिक संस्थाले प्रमाणित गरेर र बिद्यार्थी नभएको खण्डमा सम्वन्धित जिल्ला पार्टनर मार्फत सहभागिताका लागि दर्ता गर्न सकिने जनाईएको छ ।

फागुन मसान्तसम्म दर्ताका लागि अन्तिम मिति रहेको जानकारी दिएका छन् ।  सुचना–प्रविधिमा माईक्रोसफ्टको वर्ड, एक्सल र पावर पोईण्ट बिधामा जिल्ला स्तरीय प्रतियोगिता बैशाख अन्तिम साता वा जेठको पहिलो साताभित्रमा हुने जनाईएको छ ।
नवलपुरका लागि कावासोतीमा रहेको निको ईन्स्टीच्युट अफ मल्टिपल स्टडीज (निम्स) डिस्ट्रीक पार्टनर रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->