भौगोलिक अवस्थिति, प्राकृतिक सौन्दर्यता र प्रचुर ब्यवसायीक संभावनाले नै पोखरा पश्चिमाञ्चलको केन्दविन्दु बनेको हो । राणाकालीन समयमा अपेक्षित चर्चामा आउन नसके पनि जापानी भिक्षु इकाइ कावागुचीले सन् १८९९ मा पोखर ालाई संसारमा रहेको स्वर्गको टुक्राको उपमा दिएपछि पोखरा अन्तर्राष्ट्रिय जगतको नजरमा पर्न सफल भएको हो । सन् १९६० को दशकबाट पोखराले साँच्चिकै अन्तर्राष्ट्रिय परिचय पाउन सुरु ग¥यो । पोखराको चर्चासँगै समग्र पश्चिमाञ्चलका प्राकृतिक र साँस्कृतिक सम्पदाहरुको पदयात्रा र चर्चा सुरु भयो । पर्यटकीय सहरको परिचय बनाएको पोखरा त्यतिबेलादे खि नै पश्चिमाञ्चलको केन्द्रविन्दु बन्न थालेको हो र यो क्रम अहिले पनि जारी नै छ । पछिल्ला दिनहरुमा वृहत्तर पोखरा निर्माणका नारा चर्चामा रहेको छ ।
यो चर्चाको सुरुवाती श्रेय भने पोखराको पुरानो सामाजिक÷ब्यावसायीक संस्था पोखरा उद्योग बाणिज्य संघ तथा केही विकास अभियन्ताहरुलाई नै जान्छ । जहाजबाट आएका सामानहरु ब्यवस्थापन तथा ब्यावसायीक हकहित रक्षाको खातिर वि.सं. २०११ सालमा पोखरा ब्यापार संघको नामबाट हालको पोखरा उद्योग बाणिज्य संघको स्थापना भयो । तत्कालीन अवस्थामा पोखराका विभिन्न भागमा छरिएर रहेका ब्यवसायीहरु गोलबन्द हुने त्यो अभियानसँगै बृहत्तर पोखराको अवधारणाको पनि विजारोपण भयो । मानवबस्तीको वृद्धि,भौतिक संरचनाको निर्माण र पर्यटक आवागमनले गर्दा पोखरा आधुनिक सहर को रुपमा विकसित हुँदै गयो । यो अभियानमा संघले आफ्ना गतिविधीहरुलाई शिक्षा, स्वास्थ्य र ब्यवसायीक कृषिको विकासमा केन्द्रित ग¥यो ।
फलतः पोखराको पृथ्वीनारायण कलेज, बालमन्दिर मावि,पोखरा विश्वविद्यालय,पोखरा बहुमुखी क्याम्पस,महे न्द्रपुलमा पक्की पुल, पोखरा सभागृह,अस्पताल निर्माणजस्ता गतिविधीले तीव्रता पाए । संघले यो अभियानको अगुवाई मात्र लिएन,मन खोलेर भौतिक र आर्थिक सहयोग पनि ग¥यो । जसका कारण कास्कीका छिमेकी गाउँ र नेपालका अन्य भागका नागरिकहरुले पनि पोखरालाई कर्मथलो बनाउन थाले । जनघनत्व वृद्दिसँगै भएका संरचनाहरु अपुग देखिए । त्यो आवश्यकता पूर्तिका लागि सरकारी र निजी क्षेत्र दुबैको प्रयासमा अस्पताल, नर्सिङ होम, शैक्षिक संस्था, ब्यवसायीक भवनहरुको निर्माणको पनि थालनी भयो ।
अहिलेसम्म पनि यो क्रम रोकिएको छैन । तर, दिनानुदिन बढ्दो जनघनत्वका कारण यहाँ रहेका सडक, खानेपानी, शैक्षिक र स्वास्थ्य संस्थाहरुले मात्र थेग्न सक्ने अवस्था छैन । पोखरा अहिले आफैमा साँघुरो भएको हो कि भन्ने भान पनि पर्न थालेको छ । यसै परिपेक्ष्यमा बृहत्तर पोखराको नारा झन सान्दर्भिक हुन थालेको छ । खासमा नेपालको कुनै भागमा पुगेर जो कोहीसँग घर कहाँ भन्ने प्रश्न ग¥यो भने दमौलीदेखि यता बाग्लुङ र स्याङ्जासम्मको व्यक्तिले ‘घर पोखरा’ भन्ने उत्तर दिन्छ । यस मानेमा जनमानसमा भएको पोखराप्रतिको मोहले नै पोखरालाई बृहत्तर पोखरा बनाउन सघाएको छ भन्दा अत्युक्ति हुँदैन । अत ः बढ्दो आवादीलाई ब्यवस्थापन गर्न र जनचाहनालाई सम्वोधन गर्न अब सात तालको बाटिका सहर लेखनाथ, पो खराको आसपासमा रहेका पुम्दीभुम्दी, व्यावसायिक आलुखेतीले प्रख्यात हेम्जा, नागडाँडादेखि उत्तरतर्फका सार्दीखोला, अर्मला लगायतका क्षेत्रलाई समेटेर ‘ग्रेटर पोखरा’ बनाउनुपर्ने देखिन्छ । यसका निम्ति चक्रपथ निर्माण, योजनावद्ध परियोजना र कृषिको ब्यवसायीकरणलाई पनि उत्तिकै ध्यान दिनु अहिले को आवश्यकता हो । हिजोका दिनहरुमा जसरी कृषि उत्पादन गरेर आ–आफ्नो परिवारको जिविकोपार्जन र आपूmलाई चाहिने अनाजको जोहो गरिन्थ्यो, त्यसमा सुधार गर्नु अत्यन्तै जरुरी छ । ब्यवसायीक कृषि आजको आवश्यकता भई सके को छ । समूहगत रुपमा कृषिमा ब्यवसायीकरणको कहीँकतै थालनी भए पनि त्यो पर्याप्त छैन । यसका लागि सरकारी तवरबाटै युवाहरुलाई कृषिमा लाग्ने वातावरणको निर्माण,सहुलियत दरमा ऋण सुविधा र प्राविधिक ज्ञान आजको पहिलो आवश्यकता हो । ल्वाङको कोलेनीमा सुरु भएको ब्यवसायीक आल्मोण्ड खेती, कास्कीका विभिन्न ठाउँमा भएका कुखुरा÷पशु पालन,तरकारी खेती तथा सार्दीखो ला क्षेत्रमा थालिएको ट्राउट माछा पालनलाई आधार बनाएर मौषमको अनुकुलता र संभाव्यता हेरी नयाँ परियोजनाहरुको थालनी हुनैपर्छ । यसका लागि सरकारी तवरबाटै विशेषज्ञ खटाएर र तालीम प्रदान गरी युवाहरुलाई कृषितर्फ आकर्षित गर्न अब ढिला गर्नु हुँदैन ।
हरेक वर्ष पाँच लाखभन्दा बढी आन्तरिक र बाह्य पर्यटकको आवागमन हुने थलो हो पोखरा । उच्चस्तरीय देखि साधारणसम्मका होटल रेष्टुरेण्टहरुले ति पर्यटकलाई सेवा पस्कन्छन् । दैनिक १० हजार पर्यटकलाई बास बसाउन सक्छ पोखरा । त्यतिमात्र नभएर अन्नपूर्ण पदयात्राको नाका पनि भएकोले दैनिक सयौँ पर्यटक यही बाटो हुँदै पदयात्रामा निस्कन्छन् । मुक्तिनाथ जाने धार्मिक पर्यटक, ढोरपाटन सिकार आरक्षणमा जाने सिकारी, लोमान्थाङको सौन्दर्यमा रमाउने र डोल्पासम्मको भूभाग हेर्न चाहनेहरुको पहिलो गन्तब्य पनि पो खरा नै हो । अहिले पोखरा आन्तरिक पर्यटकको पहिलो रोजाईको गन्तब्य भएको छ । यही गतिमा अगाडि बढ्ने हो भने भोलीका दिनमा पोखरामा अहिले भएका संरचनाहरुले यहाँ आउने पर्यटकलाई थेग्न नसक्ने पक्का छ । त्यसका लागि अब पोखरामा पर्यटकीय भौतिक पूर्वाधार निर्माणमा पनि लगानी बढाउनु अपरिहार्य भएको छ । यसैगरी साहसिक पर्यटनस्थलको रुपमा समेत चिनारी बनाउँदै आएको पोखर ालाई साहसिक खेलको केन्द्र बनाउन र त्यसको प्रचारप्रसार गर्न पनि ढिला गर्नु हुँदैन । पोखरा उद्योग बाणिज्य संघले विक्रमाद्ध ३० को दशकमा नै पोखरालाई औद्योगिक भन्दा पनि पर्यटकीय नगरीको रुपमा नै विकास गर्नुपर्छ भनी अगाडि सारेको अवधारणा अहिले आएर झन सान्दर्भिक भएको छ ।
काठमाण्डौंमा केन्द्रीत अन्तर्राष्ट्रिय विमानस्थलले जुन से वा दिँदै आएको छ, अहिलेको अवस्थामा त्यो अपुग भइसके को कारणले गर्दा पनि वैकल्पिक विमानस्थलको लागि पो खरामा क्षेत्रीय÷अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनु जरुरी छ । यसैक्रममा नेपाल सरकारबाट हालै भएको सम्झौताको स्वागत गर्दै पोखरामा आगामी ३ वर्षमा विमानस्थल तयारीसँगै यसका लागि पोखराका वरपर रहेका गाउँहरुमा होमस्टे प्रवद्र्धन, सात तालको बाटिका सहरमा पदयात्रा, साइकल ट्रेल तथा स्तरीय होटलहरु निर्माण,नयाँ पदयात्रा मार्गको खोजी र समग्रमा पर्यटनमा लगानी गर्नैपर्छ ।
यसो भनिरहँदा पर्यटकको बसाई लब्याउनका लागि आवश्यक भौतिक पूर्वाधारहरु बोटानिकल गार्डेन, फन पार्क, चिडियाघर,आर्ट ग्यालरी,अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र,ब्यवस्थित यातायात र बसपार्क,सुविधासम्पन्न सडक निर्माणको थालनी हुनैपर्छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले देशमा थप पर्यटक भित्रने छन् र पर्यटनले अर्थतन्त्रलाई टेवा पु¥याउने छ । विमानस्थलका अलावा काठमाण्डौं पोखरा,पोखरा लुम्बिनी, पोखरा जोमसोम फाष्टट्रयाक निर्माणले अब मूर्तरुप लिनैपर्छ ।
साँस्कृतिक सम्पदा बिनाको भौतिक पूर्वाधार खल्लो हुन्छ । पोखरा र समग्र पश्चिमाञ्चल साँस्कृतिक विविधताको अनुपम थलो हो । यहाँ भएका विभिन्न जात र समुदायका संस्कृतिको संरक्षण, मन्दिर र धार्मिक आस्थाका केन्द्रहरुको उचित ब्यवस्थापनमा पनि अब ध्यान दिनैपर्छ । कला र संस्कृतिसहितको पर्यटकीय गन्तब्य नै वास्तवमा पर्यटकको पहिलो रोजाई हो भन्ने हामीले बिर्सनु हुँदैन । यहाँ उल्लेखित सबै गतिविधीहरु एकल प्रयासबाट सम्भव छैन । यसका लागि सरकार, निजी क्षेत्र, स्थानीय निकाय सबै को हातेमालो हुनैपर्छ । विकास भयो भने त्यसको प्रतिफल प्रत्यक्ष वा परोक्ष रुपमा त्यहाँका बासिन्दाले नै पाउने हुन् ।
यसर्थ, विकासका लागि संकिर्णता त्यागी सबै एकजुट हुनैपर्छ । आर्थिक वृद्धिको बाटो पनि सार्वजनिक निजी साझेदारी नै हो । यो प्रयासको थालनी पोखराबाटै गरौँ भन्ने पोखरा उद्यो ग वाणिज्य संघको मान्यता रहेको छ ।
(लेखक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष हुन् ।)





