काठमाण्डौ, ४ माघ– नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आगामी फागुन ४ र ५ गते हुने भएको छ । सिन्धुपाल्चोकको हेलम्बुमा सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
महासंघले यसअघि फागुन ३ गते निर्वाचन गर्ने निर्णय गरेको भएपनि समय अभाव र राष्ट्रिय राजनीतिले पारेको प्रभावका कारण साधारणसभा मात्रै गर्ने र त्यसपछि मात्रै निर्वाचनको टुङ्गो लगाईने भएको हो ।
बैठकमा पत्रकार महासंघको नयाँ वेबसाइट समेत सार्वजनिक गरिएको छ । देशभरका पत्रकारको तथ्यांक राख्ने, विभिन्न विषयमा उजुरी तथा गुनासो समेत गर्न मिल्ने गरी नयाँ वेभसाइट निर्माण गरिएको पत्रकार महासंघका अध्यक्ष्य गोविन्द आचार्यले बताए ।





