बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

स्कुटर दुर्घटना हुँदा पोखरामा एक जनाको मृत्यु

स्कुटर दुर्घटना हुँदा पोखरामा एक जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०८३, बुधबार

पोखरा / पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-८ सभागृह चोकस्थित सडकमा चिप्लेढुङ्गाबाट सभागृह चोकतर्फ आउँदै गरेको ग. १६ प. ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटना हुँदा स्कुटरमा सवार पोखरा महानगरपालिका-६ लेकसाइड बस्ने अन्नपुर्ण गाउँपालिका-१ ढिकुरपोखरी घर भएका २८ वर्षीय आशिष कुँवरको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा  उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->