तनहुँ, ५ माघ– भिमाद नगरपालिका–९ पाथर्दीमा सञ्चालित पाथर्दी सामुदायिक होमस्टेको विकासकालागि पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । सोही ठाउँ घर भई हाल काठमाडौँ बस्दै आएका दिलबहादुर थापाले उक्त रकम सहयोग गरेका हुन् । पाथर्दीमा आयोजित एक कार्यक्रममा थापाले होमस्टेका अध्यक्ष शिवकुमार आलेलाई पाँच लाख रुपैयाँको चेक हस्तानतरण गरे ।
काठमाडौंमा रहेको हाईभिजन ग्रुपका प्रबन्ध निर्देशक हुन, दिलबहादुर । यस अगाडी पनि थापाले पाथर्दीको युवाक्लबलाई खेल मैदान निर्माण गर्न चार रोपनी जग्गा खरिद गरिदिएको पाथर्दी सामुदायिक होमस्टेका अध्यक्ष आलेले बताए । थापाले गाउँका विद्यालय, आमा समुह लगायत विभिन्न बिकास निर्माणमा सहयोग गर्दै आइरहेको उनले सुनाए । मगर समुदायको बाहुल रहेको पाथर्दीका १० घरमा होमस्टे सञ्चालन गरिएको छ ।





