धार्मिक तथा सांस्कृतिक धरोहर बागमती नदीलाई सफाइ गरी पुनः पहिलेकै अवस्थामा फर्काउनकालागि केही वर्षयता राज्य र निजी स्तरबाट विभिन्न प्रयास भएका छन् । सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गठन गरी बागमतीलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास करिब एक दशकदेखि भइरहेको छ ।
बागमती सरसफाइ गर्न थालिएको पनि ४०० आँै हप्ताभन्दा धेरै भएको छ । ४०० औँ हप्ता पूरा हँुदापनि बागमतीमा त्यस्तो सन्तोसजनक सफाई भएको देखिदैन बागमती सरसफाइ अभियान भएयता सहरी विकास मन्त्रालय अन्तर्गत फरक–फरक पार्टीका मन्त्री हरु फेरिए तर मन्त्रीहरू फेरिए पनि बागमतीको मुहार भने कहिल्यै पनि फेरिएन् । बागमती सरसफाइ पञ्चवषीर्य योजना भएतापनि नौ वर्षसम्म ४०५ काम पनि सम्म नभएको देखिदैन । हरेक मन्त्री प्रधानमन्त्रीहरुले बागमतीको बारेमा छिटै सफा पानी बग्ने बताएतापनि, थुप्रोे पैसा सकिए तर अहिलेसम्म बागमतीको हालत उस्तै छ ।
बागमतीलाई सफा राख्नको लागि निजिस्तर तथा सरकारी तबरबाट खटिनु भएका सम्पूर्ण आम नागरिकहरुलाई मेरो तर्फबाट सलाम छ । आजभन्दा करिब ३ (तीन) वर्ष पहिला एउटा पत्रिकामा सरसफाईमा ७ (सात) अर्ब खर्च भयो भन्ने शीर्षकमा समाचार प्रकासित भएको थियो । क–कसले पढ्नुभयो र क–कसलाई याद छ, त्यो त मलाई थाहाभएन । बागमती सरसफाईमा ७ अर्ब खर्च भयो ÷भएन त्यो पनि हामी जान्दैनौँ । कि समाचार बनाउनेलाई थाहा होला, कि सम्बन्धित निकाएलाई थाह छ । समाचार पढ्दा र बागमतीको हालत देख्दा नचाहँदा–नचाहँदै पनि केही कुरा लेख्न मन लागि हाल्यो । त्यो ७ अर्ब पैसा ढल निर्माण कार्यमा खर्च गरेको भए आज लगभग सब ढलको काम पूरा हुन्थ्यो होला । खै त्यो ७ अर्ब पैसाले कहाँ के कति बने त ? सम्बन्धित निकायलाई यो मेरो प्रश्न ? हप्ताको छ दिन चाहिँ फोहोर गर्ने अनि बाँकी १ दिन शनिबारको दिन बिहानमा २–३ घन्टा बागमतीको किनारमा गएर डेक बजाएर उफ्रिदै नाचेर सेल्फी खिच्दै फेसबुकमा फोटो पोष्ट गर्दैमा कहिल्यैपनि बागमतीमा सुधार आउँदैन । बागमतीको किनारमा गएर माइकमा भाषण गर्दैमा केही मात्रामा सरसफाई त होला । नहोला भन्न म सक्दिन तर म दावाका साथ भन्न सक्छु कि, जबसम्म फोहोर मैला र ढलको निश्चितरूपमा व्यवस्थापन हुँदैन, तबसम्म बागमती कहिलै पनि सफा हुँदैन ।
महानगरपालिकाको गाडीले टोल टोलबाट फोहोर त उठाउँछन् उठाउने होइन, टोल त सफा भयो तर त्यो टोलबाट उठाएको फोहोरमैला लगेर त्यहि बागमती किनारमा फ्याँकी दिन्छ अनि कसरी हुन्छ बागमतीमा सुधार ? बागमतीमा सुधार आउन यो टोल टोलबाट निस्केका फोहोर मैलाको पनि निश्चित व्यवस्थापन हुन जरुरत छ । जबसम्म फोहोरमैलाको निश्चित व्यवस्थापन हुन्न तबसम्म जति नै हप्ता मरिमेटी लागेपनि बागमतीमा केही फरक आउने वाला छैन ।
बागमती एउटा सस्थामा विभिन्न पोष्टमा स्थायी, करार, ज्यालादारी गरेर लगभग ५ (पाँच) सय कर्मचारी रहेको पाइन्छ । त्यो ५ सय जना कर्मचारी सम्पूर्णले हातमा कुट्टो, कोदाले, बेल्चा लिएर ढल निर्माण कार्यमा जुट्ने हो भने एक वर्षमा बाग्मतीको मुहार नै फेरिन्छ । हप्ताको ६ (छ) दिन चाहिँ सरकारी अफिसमा तलब भत्ता पचाउनको लागि गफ गरेर इन्टरनेट चलाएर कुर्सीमा खुट्टा हल्लाउँदै बस्ने बाँकि १(एक) दिन ३ घण्टा चाहिँ बाग्मतीको किनारमा गएर फोटो खिच्दैमा बाग्मती सफा हुँदैन ।
अझै कति त्यस्ता करोडँौ पैसा स्वाहा हुन्छन् तर बाग्मती सरसफाइमा कुनै परिबर्तन आउँदैन सम्बन्धित निकायको छिटो भन्दा छिटो यस प्रति ध्यान जाओस् । सरकारी पैसाको सही ठाउँमा सदुपयोग र लगानी होस् बाग्मतिमा सफा पानी बगेको छिट्टै देख्न पाइयोस् । बागमती सफाई गर्न हामी सम्पूर्ण आम नागरिक पनि सचेत हुन जरुरत छ । होइन भने सरकारी पैसाको स्वाहा पार्नु मात्र हो ।
अजिरकोट गाउँपालिका–५, गोरखा (हाल काठमाडौ बनस्थलि ढुङ्गेधारा)





