शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

पश्चिम रुकुममा दुई दलका कार्यकर्ताबिच झडप, प्रहरीको हवाई फायर

पश्चिम रुकुममा दुई दलका कार्यकर्ताबिच झडप, प्रहरीको हवाई फायर


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०७७, मंगलबार

रुकुम, ६ माघ– रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपपछि प्रहरीले बल प्रयोग गरको छ ।
राडी बजारमा सोमबार बेलुकीदेखि नेकपाको दाहाल–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच विवाद भएको थियो । त्यो विवाद आज पनि जारी रहेपछि झडपको स्थिति आएको प्रहरीले जनाएको छ ।
झडपपछि प्रहरीले ९ राउन्ड हवाई फायर र अश्रु ग्याससमेत प्रहार गर्नुपरेको जनाएको छ । हिजो बेलुकीदेखि दुवै पक्षका कार्यकर्ताबीच विवाद भएको थियो । तर पछि विवाद समाधान गरिए पनि आज बिहानैबाट फेरि झडप भएपछि अवस्था तानावग्रस्त बनेको प्रहरीले जनाएको छ ।
आज दुवै पक्ष छलफलका लागि इलाका प्रहरी कार्यालयमा पुगेका बेला इलाका प्रहरी कार्यालय आठबिसकोटमा झडपको भएको हो । उनीहरुले झ‍डपका क्रममा ढुंगामुडासमेत गरेका थिए ।
राडी बजारमा भएको तवानलाई समाधान गर्न जिल्लाबाट थप प्रहरी पठाइको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->