मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङमा बन्दको सामान्यमात्रै असर, सदरमुकाममा नक्कली बम

बागलुङमा बन्दको सामान्यमात्रै असर, सदरमुकाममा नक्कली बम


  • ढोरपाटन संबाददाता
  • माघ १० २०७७, शनिबार

बागलुङ, १० माघ- नेकपाको बिप्लब समूहले आब्हान गरेको बन्दको असर बागलुङ लगायत धौलागिरी क्षेत्रमा परेको छ । बन्दको कारण देखाएर यहाँका छोटो तथा लामो दुरीको सबारी साधनहरु शनिवार चलेनन् ।
शनिवार भएकोले शैक्षिक संस्थाहरु भने बन्द थिए । बजारक्षेत्रमा पनि बन्दले आंशिक असर परेको थियो । किन र केकालागि बन्द भन्ने यकिन नभएपनि बिप्लब समूहले आब्हान गरेको भनेपछि उद्योग, व्यवसायमा असर देखिएको हो ।
शनिवारको बन्दको क्रममा बागलुङ सदरमुकाममा नक्कली बम भेटिएको थियो । बानपा ३ मा भेटिएको उक्त नक्कली बम नेपाली सेनाले डिस्पोज गरेको प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए । प्लाष्टिक, बोरा र ढुंगा मिसाएर राखिएको उक्त बस्तु बम नभएर ‘हक्स’ भएको श्रेष्ठले बताए । बन्द भनेपनि शनिवार जिल्लाभर अप्रिय घटना भने नभएको उनले जानकारी दिए । प्रहरी परिचालन गरेर जिल्लाभर कुनैपनि घटना हुन नदिएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->