आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

बाग्लुङ्ग बसपार्क गुरुयोजनाको अर्थ राजनिति र द्वन्द

बाग्लुङ्ग बसपार्क गुरुयोजनाको अर्थ राजनिति र द्वन्द


  • राजेन्द्र शर्मा
  • माघ ११ २०७७, आइतबार

पूर्वाधार निर्माणको गति यो बर्ष पनि सुस्त देखिएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिना वित्दा विकास लक्षित पूजीगत खर्च कुल विनियोजनको १४.४ प्रतिशतमात्रै भएको छ । पुस मसान्त सम्मको महालेखा नियन्त्रक कार्यलयको तथ्यांक अनुसार यो वर्ष पनि विकास गति सुस्त हुने निशिचत छ ।
कोरोना महामारीको रोकथाम र बन्दा–बन्दी जस्ता नियन्त्रणामक उपाय हरुका कारणले आर्थिक क्रियाकलाप मात्रै होइन पूर्वधार विकासको गति पनि शिथिल भएको तथ्याङकले देखाउदछ । यस्तो हुनुमा अनियन्तीत भस्ट्राचार, नेकापा भित्रको आन्तरीक कलह पनि हो । पछिल्लो संसद विघठन र उत्पन्न राजनितिक संकटले राष्ट्रिय हित र सुरक्षामा समेत नकारात्मक प्रभाव पार्ने देखिन्छ ।
देशको पूर्वाधार निर्माणको गति मुर्छाएको अवस्थामा बाग्लुङ्गको विकास अपावाद हुने कुरै भएन । तर गण्डकी प्रदेशको नमुना र आधुनिक बसपार्क निर्माणको नालीबेलीलाई विश्लेषण गर्नुपर्ने आवश्यक छ । त्यसैले यस लेखमा बाग्लुङ्ग नगरपालिका वडा नम्बर चार (बा.न.पा.४) मा निर्माणधिन बसपार्कको चर्चा गरिएको छ ।
विगत १६ वर्ष देखि चर्चामा आएको बसपार्क निर्माणको कार्य आज सम्म पनि निर्माणाधीन छ । स्थानीय जग्गाधनीहरुले जग्गा ब्यवस्थापन समितिको नाममा जग्गापास गरिदिएपछि २०७१ साल पौष २२ गते जग्गा ब्यवस्थापन समिती र बाग्लुङ्ग नगर पालिकाबीच १२ बुदे समझदारी गरि बसपार्क निर्माणको कार्यलाई स्थानीय सरकारले जिम्मालिएको थियो । सम्झौताको मर्म अनुसार भौतिक निर्माण (भवन) काकार्यहरु अन्तिम चरणमा छन ।
सम्झौताअनुसार, बाग्लुङ नगरपाकिाले बसपार्क निर्माणलाई आवश्क पर्ने जग्गा ८९०२.८९ वर्ग मि ९१७–०८–०–०) बाहेक बाँकी जग्गाहरुको समेत एकिकृत गुरुयोजना गर्ने , सोेही योजना बमोजीम घडेरीहरुको नक्साकंन, बाटो, ढल, नाली तथा पानी बिजुली जस्ता पूर्वाधारहरु बनाउने (बुदा २)। यस्तै जग्गादाताहरु र सरोकारवाला सबैको नामबसपार्क प्रवेश द्वारमा शिलालेख गरि राख्ने मात्रै छैन राष्ट्रिय स्तरका ब्यक्तित्व हरुबाट शिलान्यास÷उदघाटन गराउने सम्मका बुदा हरु साम्मmौतामा छन । समग्रमा हेर्दा १२ बुदे सम्झौता पूर्वाधार विकासमा स्थानीयहरुको योगदानको कदर सरकाले गरेको जस्तो देखिएतापनि, यसको अर्थ राजनितिक बिश्लेशण र व्याख्या फरक फरक हुन सक्दछ ।
विवाध र द्वन्द कस्तो अवस्थामा हुनसक्दछ,
विवाध
ड्ड करिव १७ वर्ष सम्म जग्गा ब्यवस्थापन तथा विकास समितिको नेत्तृत्व परिवर्तन नहुनु, सूचनाका्े सम्प्रेशण उचित समयमा नगराउनु, बसपार्क निर्माणमा भस्ट्राचारको चलखेल,
ड्ड सरकारकोे पक्षमा, केन्द्र, प्रदेश र स्थनिय सरकारको समन्वयमा कमि, सरकारी सुस्ती, नगरपालिकाको सुस्त र कनिके बजेट
ड्ड एम सय सताइस घडेरीहरुको सिमाकंन, बाड–फाड र ब्यवस्थापन,
द्वन्द
* नगरपालिकाले तयार पार्ने एकिकृत गुरु योजनामा जग्गा व्यवस्थापन समिति र वडा कार्यले असहमति राखि त्यसको उचित विकल्प दिन नसक्ने अवस्थामा,
* भौतिक पूर्वाधारका सम्पूर्ण कार्यहरु समापन गरि बसपार्क संचालनगर्ने तर जग्गादाताहरुको जग्गाफिर्ता नगरि, गुनासोहरुको सह÷उचितब्यवस्थापननगर्दा,
* १२७ वटा घडेरीहरुको भागवण्डा प्रकृया पारदर्शि नगराउदा, गैर जग्गाधनीले जग्गापाएको अवस्थामा,
* बसपार्क निर्माण, ब्यवस्थापन र संचालनमा स्थानीयवासीहरुलाई उचित समावेश नगरनएमा,
* बसपार्कबाट निस्कने बायु प्रदुषण, ढल, नाली आदीको बैज्ञानिक ब्यवस्थापन नभएमा,
* बसपार्क प्रवेश गर्ने र छुट्ने छुट्टा छुट्टै सडकहरुको ब्यवस्थानभएमा,
* १२ बुदे सम्झदारीको मर्मलाई नजरअन्दाज गरेमा
* वतावरण र जलवायु सुहाउदो बैज्ञानिक दिगो विकास र पूर्वाधार निमार्ण नभएमा
* आदि ।
तर सन २०१७ मा एक परामर्शदाताले बाग्लुङ्गनगरपालीका र नगर विकास कोष ९त्म्ँ०लाई बुझाएको प्रतिवेदनलाई आधार मान्ने हो भने, माथी चर्चा गरिएका घडेरीहरुको सिमाकन,रेखाकंन, शाखा सडक निर्माण र जग्गाफिर्ता कार्यहरु गर्न सहजहुने देखिन्छ । सोही प्रतिवेदन अनुसार, पुरानो सडकलाई नै बसपार्क प्रवेश गर्ने १० मिटरको कायम गरिएको छ भने सम्पूर्ण भित्री शाखा सडकहरु ६ मिटरका कायम छन । त्यस्तै घडेरीहरुको रेखाकंन/सिमाकंनमा पुरानो वाटो भन्दा माथि पश्चिम दिशाका सम्पूर्ण घडेरीहरुलाई (४१वटा) A खण्डमा नामाकंन गरी खण्डीकरण गरिएको छ । बाटो मुनी पूर्वदिशाका घडेरी (७५ वटा ) B खण्डमा नामाकंन गरी खण्डीकरण गरिएको छ । यसरी साना ठुला (फरक क्षेत्रफलका) ११६ वटा घडेरीहरु प्रस्ताव गरिएको छ । शाखा सडकहरुको कुरा गर्दा पूर्व पश्चिम दिशामा मुख्य ३ शाखा र अरु दिशामा साहायक सडकहरुको ब्यवस्थापन गरिएको छ ।

सामान्य रुपमा हेर्दा, करिब ३ वर्ष अगाडी परामर्श दाताले प्रस्तुतीकरण गरेको गुरुयोजना (Community Land Development Project, Final Report, 2017) बारेमा समिति जानकार भएतापनि सोहीप्रतिवेदनले सिफारिस गरेको योजना अनुसार कामगर्ने की अर्को विकल्प खोज्ने भन्ने अन्योल छ । यसै विषयमा नगरपालिका, समिति र वडा कार्यलय कुन ढाँचामा गुरुयोजना बनाउने भन्नेमा एक मत नदेखिनुले संकाको सुविधा प्रदान गरेको छ । अर्को तर्पm नगरपालिकाका कर्मचारी र जग्गा व्यवस्थापन समिति वा वडा अध्यक्षले उक्तप्रतिवेदनका सन्दर्भमादिएको सूचना मेल खादैन ।
वडा नं ४ का अध्यक्ष र जग्गा ब्यवस्थापन समितिका अध्यक्ष दुबैले यो प्रतिवेदन पछि कसरी कामगर्ने वारेमा जानकार नभएको र यस विषयमा समितिका कुनै बैठक वा भेलामा चर्चा गरेको÷भएको पाइदैन । जग्गा सम्याउने कार्य यहि प्रतिवेदन अनुसार भएता पनि जग्गा बाड–फाडको खाकामा अझै सहमति हुन सकेको छैन । यस्तोमा सम्पूर्ण जग्गाधनीहरु सकृयहुनु पर्नेमा निस्कृय÷निरिह जस्तै देखिन्छन ।
अन्त्यमा, सबै पक्ष जागरुक, अध्ययनशिल र समय अनुकुलको नेत्तृत्व्।नगर्ने हो भने, १२ बुदे सम्झौताको एकल रटान मात्रैले निमार्णधीन बसपार्कको उचित ब्यवस्थापन हुन सक्दैन, बरु द्वन्दको कारण बन्न सक्दछ ।
द्वन्द, शान्ति र विकाश विषयका अध्ययता शर्मा बा.न.पा. ४ कावासिन्दा हुन ।
(*यो लेख बाग्लुङ्ग नगरपालिका, जग्गा ब्यवस्थापन समिति, ४ नं वडाका प्रतिनिधिहरु संगको अन्तरकृया र प्रतिवेदन अध्ययनको आधारमा तयार परिएको हो)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->