आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

मानवतस्करको कहालीलाग्दो पाटो

मानवतस्करको कहालीलाग्दो पाटो


  • काशीराम पौडेल
  • माघ १३ २०७७, मंगलबार

एक दिन काम विशेषले देरा दुबई जानुपर्ने भयो । हाब्राबाट झरेर पक्कि मुल सडकहुँदै बजारको भित्री गल्ली प्रवेश के गर्दै थिए एक बंगाली आएर सोध्यो– ‘लड्की चाहिए ? नेपाली, बंगाली, इन्डियन, पाकिस्तानी, श्रीलंकन, फिलिपिनो २० दिर्हाम अच्छा चाहिए तो ५० दिर्हाम ! अरे ! म त अचम्मित भए । नेपाली चेली यहाँसमेत यौनकर्मी ? नेपाली यौनकर्मीको सम्बन्धमा बुझ्न उस्को अनुरोध स्विकार गर्दै कोठीसम्म पुगे । कोठा पुर्याएर उ फर्कियो । मैले ५० दिर्हाम तिरेर एक घण्टाका लागि कोठाभित्र छिरे । यौनकर्मीको छेउमा के पुग्नै लागेको थिए, उनले आफ्नो अस्मिता मलाई सुम्पिन हतार गर्दै थिइन् । चाइनिज पाराको बाटुलो अनुहार, चिम्सा आँखा, लामो कपाल, पातलो बारुले कम्मर चट्ट मिलेको बदन, माछापुच्छ्रे जस्तो नितम्ब आहा ! झट्ट हेर्दा नै परि जस्तै लाग्ने ति नेपाली युवतीको सामु यो पापी मन सम्हाल्न निकै सकस भएको आभास हुँदै थियो । सुन्दर नारीको सामु कत्रा कत्रा राजा महाराजाले त आफ्नो सर्बस्व गुमाएको, हायलकायल भएको इतिहास पढेको थिए । जाबो म बबुरोले कसरी समालिन सक्छु होला र भन्ने लागेको थियो । उत्तेजना, आकर्षित र मधहोस हुँदाहुदै पनि जेनतेन आफ्नो मन सम्हाले । उनी सामु एउटा यौन ग्राहकभन्दा पनि नेपाली यौनकर्मी छन् भन्दा आश्चर्य लागेर केही बुझ्न त्यहाँ पुगेको थिए । उनको बिगत र यहाँ सम्मको यात्राको बारेमा के सोध्न थालेको थिए । सिधै इन्कार गरिन, आफ्नो पेसाभन्दा बोल्नै चाहिनन् । म आफुले अनुनय–बिनय गर्दै उन्को व्यक्तिगत पारिवारिक गोपनियतामा दखल नपु¥याउने विश्वास दिलाएपछि मात्र केही राजी भइन् ।
हाल दुबईमा प्रत्यक्ष–परोक्ष रूपमा सैयौं नेपाली यौन पेसामा लागेको रहेछन् । उनको अनुसार दलालमार्फत कसैलाई कोठस्मै काम गर्न ल्याउने गरिदोरैछ । धेरैजसो ३ महिने भिजिट भिसामार्फत डान्सर, दोहोरी गायिकाको आवरणमा भित्र्याउने रहेछ । काम गर्दै जाँदा बस्ने चाहना भए भिषा अवधी थप गर्दै काममा लगाइने रहेछ । केहि भने आफ्नै अपर्टमेन्ट लियर स्वैच्छिक यौन पेशामा लागेको समेत बताइन् । कमाइको हिसाबले सामान्यतया १÷२ लाखसम्म हुने रहेछ । खासगरी आफ्नो सर्भिस र ब्यापार राम्रो चल्यो भने अझ धेरै हुने कुरासमेत थाहा पाए । कोठीमा ग्राहक बनेर आउनेहरू प्रायः नेपाली, बंगाली, इन्डियन, पाकिस्तानी, श्रीलंकनलगायत एसियन मुलका नै हुने गरेको बताइन् । अझै विस्तारमा बुझ्ने भए दुबईस्थित याक एन्ड यति र बुर्जमानस्थित डान्स वारमा जान सुझाइन् । म बाहिर निस्केर सिधै याक एन्ड यतिमा हानिए । साँझको समय संगीत नशामा झुल्दै मनोरञ्जन लिने र नेपाली चेलीको सुन्दरतालाई लुकीलुकी नियाल्ने मानिस प्रसस्तै भेटिन्थे । लाग्दै थियो म काठमाडौको कुनै प्रतिष्ठित दोहोरी साँझमा छु । आफुलाई त्यहाँको रमाइलो वाताबरणभन्दा पनि नेपाली चेलीको बारेमा बुझ्नु र लेख्नु थियो । निकै प्रतीक्षापछि दोहोरी गीतको २÷३ एल्बम निकालेर परिचित भएकी गायिकासंग भेट भयो । उनको तारिफ गर्दै ठुलो फ्यान भएको बताए । मख्ख परिन मैले आफ्नो याक एन्ड यतिमा आउनुको कारण, उदेश्यको कुरा राख्दै सहयोग मागे । खासै खुल्न चाहिनन् त्यही पनि उन्को अनुसार देरास्थित रेडलाइट एरिया (कोठी) दुबइको डिस्को, बार, रेस्टुरेन्टको साथै दोहोरी क्लब र होटेलहरुमा लगाइने गरेको कुरा खुलाइन् । नाइट क्लब गएर प्रत्यक्ष अनुभव गर्न सुझाव दिइन् । उनीमार्फत थप तथ्य खुल्यो, खुशी हुँदै दोहोरीबाट बिदा भए ।
केहि दिनपछि सायद रातको १० बजेको हुँदो एक जना अरबी मित्रसंग नाइट क्लब हानियौ । केहि शुल्क तिरेर प्रवेश गरेपछि भने सम्झन लायक नै बन्यो । मदिराको मातमा झुम्दै हिन्दी, अंग्रेजीसङित रङ्गिन लाइटको प्रकाशमा डिस्को नाच्ने फिलिपिनो, इन्डियन, पाकिस्तानी अनि नेपाली डान्सरको प्रस्तुतीले जो कसैलाई आफ्नो मन काबुमा राख्न निकै कठिन हुन्थ्यो । रुपको नशा त छदैछ । त्यो भन्दा अनौठो कुरा क्लबलाई ३ हजार बुझाएपछि १२ घन्टाको लागि डान्सर छानेर आफुसंग ल्याउन पाइने व्यवस्था रहेछ । नेपाली उखान ‘मामाको धन फुपुको श्राद्व’ भने जस्तै अरबीको पैसा मलाई के को पिर ? डान्सवारमा ३÷३ हजार दिराम बुझाएपछि अरबीकै रोजाईको एक जना फिलिपिनो र एक नेपाली केटीसंग नशाको तालमा झुम्मिदै नाचियो । अरबी र मेरो गन्तब्य एउटै भएपनि उद्देश्य फरक–फरक । आफ्नो उद्देश्य जसरी हुन्छ, नेपाली चेलीबेटीको बारेमा धेरै जानकारी लिनु थियो । उ लाग्यो आफ्नो मनको प्यास बुझाउन, म लागे रङ्गिन संसारभित्र नेपाली नारीको अध्यारो दैनिकी बुझ्न । शुरुमै नेपालीमा कुरा गर्दा अक्क न बक्क भइन् । सायद, उनलाई म नेपाली हु भन्ने नै लागेको रहेछ । केहि अफ्ठ्यारो मान्दै मुख खोलिन्– कस्तो तपाईं त ठ्याक्कै पाकिस्तानी जस्तो ? म केहि शान्त हुँदै झुठो विवरण दिदै आफु कस्मिरी नेपाली भएको बताए । दुबै शान्त भयौं । एकछिनको मौनता तोड्दै उनको आँखामा आँखा मिलाएर अनुहार मुसार्दै लत्रेको केश पन्छाइदिदै सोधेँ । निकै सुन्दरी नाच्न पनि खुबै सिपालु ! अनि कसरी तय गर्नु भो त दुबईको यात्रा ? कमाई के कति हुन्छ ? उनी मुसुमुसु हाँसी मात्र रहिन केहि बोलिनन् । एकछिन पछिको मौनता तोड्दै उनी भन्न थालिन्– खै सबै त्यसै भन्छन्, म खासै राम्रो डान्सर त हैन । पहिला पनि काठमाडौमै डान्सवारमा काम गर्थे । एक जना डान्सवारको ग्राहक (दलाल)मार्फत कलाकारको रुपमा दुबई प्रवेश गरेकी हुँ । कमाई चाहिँ त्यस्तै हो डान्स गर्दा गर्दै कोहि राम्रो धनाढ्यको आँखा पर्यो टिप्स आउँछ । अझ उनीहरुको साथमा जान पाइयो भने एकै रातमा लाखसम्म कमाइ हुन्छ । तर सधै त्यस्तो हँुदैन । ‘मैले त यहाँ आएको ६ महिनामा मै २५ लाख पठाइसकें । मैले दिनरात यो त्यो, राम्रो नराम्रो केहि नहेरी सयौ लोग्ने मान्छेको प्यास मेटाएर कमाएको पैसा हो । पापी संसार नै यसकै पछि लाग्ने रहेछ । के गर्नु हजुर गरिबीमा बाँच्न नेपालमा धेरै दुख छ । मेरो घर परिवार गरिब भएर अपहेलित हुँदाको पिडाले आमाबुबा पलपल मर्दा मलाई निकै पिडा हुन्थ्यो । त्यसैले यो व्यवसाय रोजेर दुबइ आएकी हुँ । अबको ६ महिनापछि नेपाल जान्छु । उपत्यकामा एउटा चिटिक्क परेको घर किन्ने बिचर गरेकी छु । अनि अर्को एक बर्ष काम गरेर कमाएको पैसाले फेन्सी वा कस्मेटिक ब्यापार गर्ने र आफ्नै जन्मभुमिमा बस्ने सोचाइमा छु । हेरौ समयले कुन मोडमा पुर्याउँछ । उनको क्रम भंग गर्दै मैले सोधे । अनि किन यस्तो पेसा रोजेको त ? केही दुखित हुँदै आफ्नो बिगत र गरिबीभित्र बाँच्दा सहेको सामाजिक अपहेलना र एउटा जिम्मेवार छोरी हुनुको पिडा सुनाइन् । लाग्छ पापी दुनियाँमा पैसाभन्दा ठुलो केहि रहेनछ । हिजोका दिन बिर्सेर हामीलाई अपहेलना गर्नेहरु नै आज मलाई हाइहाइ गर्छन, सदासहयता राख्छन् । मरेर जाँदा के नै लानुछ र मान्छेहरू किन पैसाको पछि लाग्छ होला ? उनका आक्रोशरुपी प्रश्न दैनिकी भेगेको पिडाले होला आँखाभरिका टिलपिल टिलपिल आशु भरिएको थियो । उनी संगै म पनि रोएछु । धत ! म के भाको होला ? न चिनाजान न आफन्त न कुनै सम्बन्ध ? तै पनि म किन भावुक ? आफुले आफैलाई सोधे । अन्तरंगका कुरा गर्दागर्दै खै कति चाँडै समय बितेछ, पत्तै भएन । केही उत्साह, केही पीडा बोकेर अर्को दिन भेट्ने वाचासहित बिदा भयौ ।
नेपाली चेलीबेटी बेचबिखनको जालो अब भारतमा मात्र सिमित रहेन वैदेशिक रोजगारीको शिलशिलाले गर्दा यो घृणित कार्य निकै फराकिलो भएको छ । सिधै काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत अबैध बाटो भारत, श्रीलंका, बङ्गालादेश, म्यानमारलगायतका देशहुँदै दुबई, सिंगापुर, कुवेत, मकाउलगायत अफ्रिकी मुलुकमा पुर्याउने कुरा पटकपटक समाचारमा नआएको हैन । कसैलाई कलाकार बनाएर त कसैलाई प्रलोभनमा पारेर बेचबिखन गरेको घटनाहरु नेपालीले सामाजिक संजालमार्फत सार्बजनिक नगरेको पनि हैनन । तर पनि नेपालको सरकारले दोषीलाई कारबाही गर्न पटक्कै चासो देखाउदैन । माइती नेपाल खाली झारा टार्नेबाहेक गम्भीर चासो दिएको पाइदैन । अबैधानिक हुने बेचबिखनमा खुला सिमानाको समस्या त आफ्नो ठाउँमा छदैछ । बैध तरिकाले हुने समस्याले झन् बिकराल रुप लिएको छ । म्यानपावरका मालिक, मानव तस्करसंग सरकारी कर्मचारीहरुको मिलेमतोले नै नेपाली चेलीबेटी दिनानुदिन अर्काको देशमा बेचिरहेका छन् । सामाजिक अभियन्तासंगै सरकारले सहकार्य गरेर नारी बेचबिखनलाई निरुत्साहित पार्नुपर्छ । सामाजिक चेतनाको अभिवृद्धि गर्दै लग्न सके, नागरिकको जिवन उकास्न कुनै ठोस कदम चाल्न सके चेलीबेटी बेचबिखनको समस्या रोक्न सकिन्थ्यो । सरकारले नागरिकसंग समन्वय गरेर स्थानीय स्तरमा पाइने कृषि जडिबुटीलाई प्रशोधन प्रबन्ध मिलाउनु पर्छ । स्थानीयले उत्पादन गरेको बस्तुलाई सरकारले खरिदबिक्री गर्ने केन्द्रको बिकास गर्न सके देशकै आर्थिक बिकास हुने थियो । नागरिकलाई अत्यावश्यक पर्ने बस्तु, उत्पदनमुखी घरेलु साना उद्योगमा लगानीको बाताबरण बनाइदिन सके वा यस्तै पर्यटन, जलविद्युतको अवधारणा बनाउन सके धेरै हदसम्म बैधानिक तवरले हुने मानव तस्कर रोक्न सकिन्थ्यो । विभिन्न बहानामा दोस्रो, तेस्रो मुलुक खाडीलगायत अफ्रिकासम्म हुने मानव तस्करको पाटो निकै कहालीलाग्दो छ । हाम्रा चेलीबेटीले विदेशका भुमिमा घृणित काम गर्दै नारकिय जिवन बिताउनु भनेको सिंगो नेपालको छविमा दाग लाग्नु हो । कुनै तन्त्र वा वादले पनि नेपालीको जिवनस्तरमा कुनै उपलब्धि भएको पाइदैन । दलका नेताले सत्तामा पुगेर नागरिकको समस्यालाई सुल्झाउदै देश विकास गर्नुभन्दा राज्य दोहनमा नै लिप्त भएको पाइन्छ । नागरिकले के कस्तो काम गर्छन् । कसरी जीवनयापन गर्छन । न त केन्द्र सरकारलाई चासो छ, न कुनै संघीय सरकारले ध्यान दिएको नै पाइन्छ । बिदेशमा भएको राजदुतावासले त नागरिकको समस्याभन्दा भ्रष्टाचारको कालो धन सेतो बनाउन, हुण्डी कारोवारी र एनआरएनका ब्यक्तिको सहयोगी बनेर कमिसन खानेमा नै बढी चासो दिएको गुनासो सुन्ने गरिन्छ । खाली रेमिट्यान्सको पछि लाग्ने र समयमा यस विषयमा चनाखो नहुने हो भने रेमिट्यान्स कमाउने नेपाली युवायुवतीले पैसासंगै यौनरोग कमाएर नेपाल भित्रिने पक्का छ ।
जय मातृभुमि नेपाल ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->