पोखरा,१३ माघ– कास्कीमा पुरुष भन्दा महिला मतदाताको संख्या बढि रहेको छ । कास्कीमा महिला मतदाता ५३ प्रतिशत रहेका छन् भने पुरुष ४७ प्रतिशत रहेका छन् । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा ९ हजार ९ सय ४२ जना नयाँ मतदाता थपिएका छन् । यो संगै कास्कीमा कुल मतदाताको संख्या २ लाख ६५ हजार ३ सय ९६ जना मतदाता रहेका छन् । कास्की क्षेत्र नं. १ मा कुल मतदाता संख्या एक लाख ७ सय १६ जना रहेका छन् । क्षेत्र २ मा ७२ हजार ९ सय ३३ तथा क्षेत्र ३ मा ९१ हजार ७ सय ४७ मतदाता रहेका छन् । कास्कीमा महिला मतदाता सबैभन्दा बढि रहेका छन् । महिलो मतदाताको संख्या एक लाख ४० हजार ७ सय ६१ जना रहेका छन् त्यसतै पुरुषको संख्या भने एक लाख २४ हजार ६ सय ३१ जना र चार जना तेस्रो लिङ्गी रहेको निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा भंग गर्दै बैशाख १७ र २७ गते प्रतिनिधीसभा निर्वाचनको मिति तोकेको छन । कास्कीका तीन पाँच पालिकामा एक सय ५० मतदान स्थल र तीन सय १७ मतदान केन्द्र रहेकाछन् ।
सबैभन्दा बढि मतदाता पोखरा महानगरपालिकामा रहेको छ । महानगरमा २०७४ सालको निर्वाचन पश्चात ६ हजार ९ सय ३२ नयाँ मतदाता थपिएसंगै कुल एक लाख ९८ हजार ६ सय ६३ जना पुगेका छन् । यस्तै अन्नपुर्ण गाउँपालिकामा नयाँ ६ सय ८२ सहित कुल १८ हजार तीन सय ४९, माछापुच्छे्र गाउँपालिकामा ६ सय ४५ नयाँ सहित १८ हजार ६ सय ४५, मादी गाउँपालिकामा ६ सय ४४ नयाँ मतदाता सहित १६ हजार ४ सय ८७ र रुपा गाउँपालिकामा एक हजार ३९ नयाँ सहित १३ हजार २ सय ४३ जना मतदाता रहेका छन् । मतदाता नामावली अद्यावधिक कार्यक्रम स्थानीय तहको केन्द्रलाई आधार मानी सञ्चालन गर्दै समग्रमा कार्यक्रम पुस १६ गतेदेखि फागुन २१ सम्म सञ्चालन हुने निर्वाचन कार्यालय कास्कीका सुचना अधिकारी रुद्रै न्यौपानेको जानकारी दिए । यस्तै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले निर्वाचनको लागि सम्पुर्ण सुरक्षाको तयारी गरिएको जानकारी दिए । निर्वाचनको मिति पश्चातन नै कार्यक्रम तय गरिएको र जिल्ला स्तरबाट समन्वय गर्दै राजनीतिक दल, प्रशासनमात्र नभई सबै नागरिक समेत निर्वाचन सम्पन्न गर्न लाग्न आग्रह गरे । निर्वाचनमा सहभागी हुनु सबैको दायित्व रहेको उनले बताए ।
यस्तै आसन्न निर्वाचनका लागि कास्कीका एक पालिकामा एक मात्र सहायक नाम दर्ता अधिकारी राखिएको छ । पोखरामा महानगरपालिकामा मञ्जु ढुङ्गना, अन्नपुर्ण गाउँपालिकामा खुमादेवी रेग्मी, माछापुच्छे्र गाउँपालिकामा विष्णु प्रसाद अधिकारी, रुपा गाउँपालिकामा अशोक परियार र मादी गाउँपालिकामा संजय प्रसाद बराल सहायक नामदर्ता अधिकारी रहेका छन् । निर्वाचनको लागि मतदाता हुन पुष ५ गते १८ वर्ष पुरा भएको हुनुपर्ने छ ।





