बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेलचौतारा आधारभूत स्वास्थ्य केन्द्र आफ्नै भवनमा

बेलचौतारा आधारभूत स्वास्थ्य केन्द्र आफ्नै भवनमा


  • ढोरपाटन सम्वाददाता
  • माघ १४ २०७७, बुधबार

तनहुँ, १४ माघ– बेलचौतारा आधारभूत स्वास्थ्य केन्द्रले आफ्नै भवनबाट सेवा दिन थालेको छ । संघिय सरकारले उपलब्ध गराएको बजेटबाट भवन निर्माण गरेपछि पक्की नयाँ भवनबाट सेवा दिन थालेको हो ।
शुक्लागण्डकी नगरपालिका–५ थुर्पटारमा भवन निर्माण गरिएको छ । उक्त भवनको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले उद्घाटन गरे । उनले नगरबासीलाई सहज रुपमा आधारभुत स्वास्थ्य सेवा दिने उद्देश्यसहित वडा वडामा स्वास्थ्य केन्द्र भवन निर्माणको अभियान चालेको बताए । आधारभूत स्वास्थ्य सेवा लिनलाई मंहगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा नजान उनको आग्रह छ ।
प्रमुख प्रशासकीय अधिकृत गंगाालाल सुवेदीले सेवाग्राहीको चापको आधारमा स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरिने भएकाले स्थानीयले अधिकतम सेवा लिनुपर्ने बताए ।
उक्त भवन २६ लाख ५७ हजार ३ सय २२ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । उनका अनुसार, नगरका १२ मध्ये ७ वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भएको छ । यसअघि वडा नं. २ को एक्लेखेतमा निर्माण सम्पन्न गरेर नयाँ भवनबाट सेवा प्रवाह भईरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->