मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

रायडाँडामा भुकम्पले क्षति पुगेको बौद्ध गुम्बा पुन निर्माण थालियो

रायडाँडामा भुकम्पले क्षति पुगेको बौद्ध गुम्बा पुन निर्माण थालियो


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०७७, शुक्रबार

बागलुङ, १६ माघ– बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडामा शान्तिबिहार बौद्ध गुम्बा निर्माण थालिएको छ ।
भुकम्पले क्षति पुगेपछि गुम्बाको पुननिर्माण थालिएको हो । भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालयको ४१ लाख रुपैयाँ र स्थानीय श्रमदान २१ लाख गरी ६२ लाख रुपैयाँमा गुम्बा पुननिर्माण गर्न लागिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर थापाले बताए ।
बिहिबार आयोजित एक कार्यक्रमबीच वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले शिलान्यास गरे । उनले नगरक्षेत्रकै एक मात्र गुम्बा भएकोले यो पुननिर्माणले धार्मिक पर्यटक भित्राउन सहज हुने धारणा राखे ।
उनले भौगोलिक रुपमा कठिनाइको क्षेत्र भएपनि गुम्बाप्रति धेरैको आस्था र विश्वास भएकोले पुननिर्माणपछि पर्यटक भित्राएर आर्थिक समृद्वि ल्याउन समेत सकिने बताए ।
कार्यक्रममा गुम्बाका भिक्षु नरसिंह थापाले बौद्ध दर्शन सम्बन्धी प्रवचन पनि दिएका थिए । उनले बौद्व गुम्बालाई जिल्ला र अञ्चल क्षेत्रकै धार्मिक गन्तव्य बनाउन पनि आग्रह गरे ।
वडा कार्यालयले पनि बौद्ध गुम्बादेखि वडा नं. १२ को भैरवस्थानसम्म पदमार्ग समेत बनाएको छ । सडक मार्गसहित पदमार्गले पर्यटकलाई आर्कषित गर्ने बताइएको छ ।
२ हजार ५ सय मीटर उचाइमा रहेकोले यो गुम्बाबाट बागलुङ, पर्वत र म्याग्दीका विभिन्न स्थानहरु पनि देख्न सकिन्छ । यहाँ बौद्धमार्गीहरु पुगेर विभिन्न योगअभ्यास, ध्यानलगायतका क्रियाकलापपनि गर्न सक्छन् ।
धार्मिक गुरुमार्फत धर्मसम्बन्धी शिक्षा र ज्ञान लिन पनि विभिन्न स्थानबाट मानिस आउने गरेको थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->