मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

‘जेसीज उत्कृष्ट युवा सम्मान’ वडासदस्य लामिछानेलाई

‘जेसीज उत्कृष्ट युवा सम्मान’ वडासदस्य लामिछानेलाई


  • ढोरपाटन संवाददाता
  • माघ १७ २०७७, शनिबार

बागलुङ, १७ माघ– बागलुङ जेसीजले यस वर्षको ‘जेसीज उत्कृष्ट युवा सम्मान’ बागलुङ नगरपालिका–१ का वडा सदस्य सूर्य लामिछानेलाई प्रदान गरेको छ । बागलुङ जेसीजको ४३ औँ पदस्थापना समारोहमा शुक्रबार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले कोरोना महामारी नियन्त्रण र रोकथामको अभियानमा जनप्रतिनिधिका रुपमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै लामिछानेलाई सम्मान गरे ।
समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने युवा व्यक्तित्वलाई बर्सेनि ‘जेसीज उत्कृष्ट युवा’ सम्मान प्रदान गर्ने गरिएको जेसीजका अध्यक्ष आनन्दप्रसाद रेग्मीले बताए । शुक्रबार नै रेग्मी नेतृत्वको जेसीज बागलुङको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । निवर्तमान अध्यक्ष सुरेन्द्र शाक्यले नवनिर्वाचित अध्यक्ष रेग्मीलाई पद हस्तान्तरण गरेका थिए । त्रिचालीस वर्षअघि स्थापित बागलुङ जेसीज युवाको व्यक्तित्व र नेतृत्व विकासमा क्रियाशील छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->