बागलुङ, १७ माघ– जिल्लाको निसीखोला गाउँपालिकाका लेखापाल खगेन्द्र बुढा मगरसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गस्तिमा रहेको प्रहरी समुहले उनीहरुलाई पक्राउ गरेको हो । रातको समयमा तास खेलिरहेको अवस्थामा भेटेपछि राती १२ः३० बजेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । निसीखोला गाउँपालिका वडा नम्बर २ जुग्गाखोलामा तास खेलिरहेको सूचनाको पाएपछि गस्तिमा रहेको टोली त्यहाँ पुगेको थियो । उनीबाट प्रहरीले २३ हजार रुपैयाँ बरामद समेत गरेको छ । पक्राउ पर्नेमा लेखापाल बुढामगरसहित रेशम छन्त्याल, रोशन छन्त्याल, कोपील भन्ने गमबहादु केसी, मोहन बस्नेत, खगेन्द्र कुँवर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइँदै गरेको प्रहरी निरीक्षक देवकोटाको भनाई छ ।





