मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

उद्यम छाडेर विदेश हानिंदै युवाहरु

उद्यम छाडेर विदेश हानिंदै युवाहरु


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०७७, सोमबार

बागलुङ, १९ माघ– लामो समयदेखि गरेको पेशा छाडेर युवाहरुले विदेश रोज्न थालेका छन् । गाउँमा गरिने कामबाट उत्पादन बढाउन नसकेको, कमाइ घट्दै गएको र बजारको समस्याले गाउँ छाड्न बाध्य भएको बताउन थालेका छन् ।
यसरी गाउँ छाड्नेमा घरेलु तथा लघु उद्यमीहरु बढी छन् । उनीहरुले दशकसम्म राम्रो काम गरेपनि पछिल्लो समय प्रविधिको विकाससँगै पेसा छाड्नेहरु बढी छन् । तरकारी खेती गरेकादेखि घरेलु उद्यम गर्नेहरु पेशा छाडेर बिदेश हानिएका हुन् । यसरी बिदेश जानेमा काठेखोला, बडिगाडका बासिन्दा बढी छन् । बजारको समस्या, प्राविधिक कठिनाई र बीउ तथा प्रविधिको साथ नपाएर उनीहरुले खेती छाडेको बताए ।
काठेखोला गाउँपालिका वडा नं. ३ धम्जाकी चिजा बिकले ढाका बुन्थिन् । अहिले छाडेकी छिन् । उनले रोजगारीका लागि श्रीमानलाई बिदेश पठाइन् । श्रीषको बजार नजिक छैन । सदरमुकाम लैजान धेरै खर्च लाग्छ । बिकको उत्पादन घरेलु हो । आधुनिक डिजाइनका सामानले उनको व्यवसाय सुक्यो । त्यसपछि उनीहरुको जोश र जाँगर पनि हराएको छ । उनीहरु बैकल्पिक सीप र व्यवसायको खोजीमा छन् । ‘बजारमा ढाकाका नयाँ मोडल आएका छन्, हाम्रो सामान सहजै बेच्न सकिंदैन’ बिकले भनिन्, ‘आधुनिक मेसिन भयोभने मात्रै काम गर्न सकिन्छ ।’ हाते मेसिनले काम गर्दा धेरै समय लाग्ने र परिश्रम अनुसार मूल्य नपाउने उनले बताइन् ।
उनीहरुजस्तै ग्रामीण क्षेत्रमा धेरै उद्यमीहरु आधुनिक मेसिन र प्रविधि अभावमा काम छाडेर पलायन भएका छन् । ‘कतिपय युवा बैदेशिक रोजगारीमा हिडे, कतिपयले पेशा फेरेर मजदुरीमा छन्’ वडा अध्यक्ष यामबहादुर श्रीषले भने, ‘नयाँ बिकल्प र व्यवसायका लागि प्रविधि चाहिएको छ ।’ उनले खोजी गरेर आधुनिक डिजाइनका सामान उत्पादन तथा कृषि बजारीकरणको पहल गरेको बताए ।
पुरानो प्रविधिको तालिम लिंदा आधुनिक डिजाइनका सामानसँग प्रतिष्पर्धा गर्न नसकी पलायन हुनु परेको अर्का उद्यमी अनिता बिकले गुनासो गरिन् । उद्यमी बनाएको देखाउने संघसंस्थाले पुर्नताजकी र आधुनिक तालिम नदिएको उनको गुनासो छ ।
पछिल्लो समय अनुदान नपाएको, थप सिप र तालिम नहुने र बजारीकरणका लागि पहल मसेत नभएपछि पलायन हुनुपरेको अर्की उद्यमी सुकमाया बिकले बताइन् । ‘बजारमा प्रतिष्पर्धा गर्न सकिने कपडा बनाउने तालिम चािहएको हो, हामीले जानेको सीप पुरानो छ’ बिकले भनिन्, ‘माग अनुसारको उत्पादनमा साथ दिने संस्था चाहिएको छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->