मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

अर्मलाकोटमा कानूनी सचेतना

अर्मलाकोटमा कानूनी सचेतना


  • ढोरपाटन सम्वाददाता
  • माघ २० २०७७, मंगलबार

पोखरा, २० माघ– पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोटमा दुईदिने कानूनी सचेतना एवम अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं १६ को आयोजनामा भएको अभिमुखीकरणमा अर्मलाकोटका ३० जना महिलाहरुको सहभागिता थियो । अभिमुखीकरणको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गरेकी थिइन् ।
सो अवसरमा पोखरा महानगरपालिकाका कानून अधिकृत राममणि अधिकारीले कानूनसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा स्थानीय तेज गुरुङ,वडाध्यक्ष जीवनप्रसाद आचार्य,जिल्ला समन्वय समितिका सदस्य गुमादेवी गौतम, वडा सदस्यद्वय राजेश गुरुङ र विष्णु नेपालीले समेत आ–आफ्ना धारणा राखेका थिए । सचेतना कार्यक्रमपश्चात होमस्टे सञ्चालनको लागि तीनदिने पकाउने तालिम पनि दिइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->