शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पहिलो पटक सदरमुकाम बाहिर खोप केन्द्र

पहिलो पटक सदरमुकाम बाहिर खोप केन्द्र

बुर्तिबाङमा मंगलवारमात्रै ९० जनाले खोप लगाए । कारागारका १२५ जनालाई खोप ।


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०७७, बुधबार

बागलुङ, २१ माघ– बागलुङमा पहिलोपटक सदरमुकाम बाहिर खोप केन्द्र सञ्चालन गरेर कोरोना भाईरस कोभिड–१९ बिरुछको खोप लगाईएको छ । गण्डकी प्रदेशका ११ जिल्लामा सदरमुकाम बाहिर खोप केन्द्र सञ्चालन गर्ने बागलुङ पहिलो जिल्ला बनेको हो ।
मंगलबार ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङ बजारमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाहरुलाई खोप लगाईएको हो । भौगोलिक दुरीका हिसाबले सदरमुकाममा रहेको धौलागिरी अस्पताल खोप केन्द्र टाढा रहेको गुनासो आएको थियो ।
खोप लगाउँन पुग्दा खर्चिलो यात्रा गर्नुपरेको गुनासो समेत आएपछि सोमबार जिल्ला खोप व्यवस्थापन समितिले बुर्तिबाङमा खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको थियो । समितिको निर्णय अनुसारनै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा खोप केन्द्र सञ्चालनमा ल्याईएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
मंगलबार मात्रै बुर्तिबाङ खोप केन्द्रबाट ९० जना महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुले खोप लगाएका छन् । मंगलबार बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मिहरुले खोप लगाएका हुन् ।
बुर्तिबाङ खोप केन्द्रबाट माघ २४ गतेसम्म खोप दिईने स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्टरोग सुपरभाईजर देवप्रकाश घिमिरेले बताए । धौलागिरी अस्पताल खोप केन्द्रमा समेत खोप अभियान जारी रहेको उनले बताए ।
जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुलाई पनि मंगलबार खोप लगाईएको छ । कारागारमा रहेका १ सय २५ जना कैदी बन्दीहरुलाई कारागारमै खोप केन्द्र सञ्चालन गरेर खोप लगाईएको हो । मंगलबार धौलागिरी अस्पताल, जिल्ला कारागार कार्यालय र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा गरी तीन ठाउँमा खोप केन्द्र सञ्चालन भएको छ ।
बागलुङ नगरपालिकाका ७ जना, जैमिनीका ४, ताराखोलाका १, बडिगाडका ५, तमानखोला गाउँपालिकाका १६, ढोरपाटन नगरपालिकाका १६ जना गरी ४९ जना स्वास्थ्यकर्मी, ५४ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा १२५ जना कैदी बन्दीहरुलाई खोप लगाईएको घिमिरेले बताए ।
जिल्लाभर हालसम्म १ हजार ३ सय ११ जनाले खोप लगाएका छन् । खोप लगाएका केहीमा समान्य समस्याहरु रहेका भएपनि सबैको स्वास्थ्य अवस्था सामान्यनै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->