मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

उपचार खर्च नहुँदा अस्पतालले लिनै मानेन्, पीडितले गरे सहयोगको याचना

उपचार खर्च नहुँदा अस्पतालले लिनै मानेन्, पीडितले गरे सहयोगको याचना


  • ढोरपाटन संवाददाता
  • माघ २२ २०७७, बिहिबार

बागलुङ, २२ माघ– रुखबाट लडेर हातगोडा भाँचिएका मजदुरलाई उपचार खर्च अभाव भएको छ । बागलुङ नगरपालिका–५ मालिकाका प्रेम बहादुर सार्की (लट्टे)को  उपचारका लागि परिवारलेआर्थिक सहयोगको याचना गरेका छन् ।
आर्थिक अभावका कारण अस्पतालहरुले भाँचिएका हातखुट्टाको उपचार गर्र्न नमानेपछि मजदुर परिवारले सहयोगको याचना गरेको हो ।
माघ १९ गते रुखबाट लडेका प्रेम बहादुरलाई धौलागिरी अस्पताल बागलुङ ल्याईएको थियो । बागलुङमा उपचार सम्भव नभएको भन्दै अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा पठाएको थियो ।
मणिपालले पहिले उपचारका लागि आवश्यक रकम जम्मा गर्न भनेपछि उनको उपचार हुन सकेको छैन् । अस्पतालले उपचार गर्न नमानेको भन्दै प्रेमबहादुरलाई पुन धौलागिरी अस्पताल बागलुङनै ल्याईएको छ । उनलाई अस्पतालमा भर्ना गरेर समान्य उपचारको काम भैरहेको छ । दुवै हातखुट्टा स्टिल राख्नुपर्ने गरी भाँचिएकाले अस्पतालले पोखरा पठाएको हो । स्टिल राखेर उपचार गर्न बागलुङमा सम्भव छैन् ।
मणिपाल अस्पतालले हातखुट्टा भाँचिएका प्रेम बहादुरलाई फिर्ता पठाएपछि उद्योग वाणिज्य संघ बागलुङले उनको उपचारको लागि आर्थिक अभियान सुरु गरेको छ । ‘हाम्रो महासचिवले खाता खोलेर अभियान सुरु गर्नुभएको छ, सबैलाई उपचारमा सहयोग गर्न आग्रह गर्दछौं’ अध्यक्ष युवराज राजभण्डारीले भने ‘हामी जसरी भएपनि उनको उपचार गर्ने अभियानमा छौं ।’
आर्थिक संकलन अभियानसँगै उनको उपचार निशुल्क गराउने पहलसमेत भैरहेको परिवारले जनाएको छ । बागलुङ नगरपालिका–५ वडा कार्यालयले सूचना नै जारी गरेर उपचार खर्च सहयोग गर्न अपिल गरेको छ । ‘अरु उपचार निशुल्क गराउने गरी धौलागिरी अस्पतालले गण्डकी अस्पताललाई लेखि पठाएको छ’ राजभण्डारीले भने ‘स्टिल राख्न मात्रै डेढ लाख खर्च लाग्छ भनेका छन्, त्यसका लागि सबैले सहयोग गरिदिनुपर्यो ।
मालिका स्थायी घर भएका प्रेमबहादुर बागलुङ नगरपालिका–४.मा अस्थायी बासोबास र ज्याला मजदुरी गर्दै आएका थिए । परिवारमा उपचार खर्च जुटाउन सक्ने अवस्था नरहेकाले सहयोगको याचना गर्नुपरेको उनकी श्रीमती कमला सार्कीले बताईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->