पोखरा २३ माघ –कास्कीको पर्यटकीय क्षेत्र मर्दी हिमाल पदमार्गमा हिउँ परेको छ । विहानै देखि मौसममा आएको बदलिसंगै हिउँ परेको हो । पोखराबाट ४ घण्टाको दुरीमा पुग्न सकिने पर्यटन व्यवसायी राम गुरुङले जानकारी दिए । ‘पोखराबाट दुईघण्टाको सवारी यात्रा गर्नुपर्छ । त्यसपछि दुई घण्टा हिड्नुपर्छ ’ गुरुङले भने । पोखराको हेम्जा हुदैँ माछापुच्छ«े गाउँपालिका ९ नागी र कालिमाटि ८ हुदैँ जान सकिने छ । वर्षको पहिलो पटक पदयात्रामा हिउँपरेको हो । हिउँ खेल्न जानेको लागि व्यवस्था समेत रहेको छ । मर्दी पदयात्रामा यतिबेला हिउँ परिरहेको छ । पोखराबाट फरेष्टि बेस क्याम्पसम्म पुग्न जम्मा ४ घण्टा लाग्छ । आज पोखरामा पानी परिरहेको छ । विहानै देखि पोखराको मौसम समेत चिसो भएको छ ।





