बागलुङ, २३ माघ– मानवअधिकार तथा शान्ति समाज बागलुङको २३ औं जिल्ला सभा तथा विचार गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।
‘अलोकतान्त्रिक एवं असंवैधानिक तवरमा प्रतिनिधिसभा बिघटन र प्रतिगमनको सिलसिला’ बिषयक बिचार गोष्ठीमा समाजका केन्द्रीय सचिव कृष्णबहादुर रावलले देशलाई बिदेशी शक्तिको गुलाम बनाउने गरी आएको कदमले नेपाली फेरी आन्दोलनमा फर्कन बाध्य भएको बताए ।
उनले शान्ति समाजसहित मानवअधिकारकर्मी, नागरिक समाज सडकमा आउने अबस्थाले देश गम्भिर मोडमा छ भन्ने प्रष्ट भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्दा संविधान मिचिएको टिप्पणी गरेका थिए ।
कार्यक्रममा महिला संघकी अध्यक्ष शकुन्तला शर्मा, हुमा रिजाल, हरिहर शर्मा, श्रीकृष्ण पौडेल, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष इश्वर ठाकुर पौडेल, बागलुङ उद्योग बाणिज्य संघका सदस्य गणेशराज लम्साल लगायतले बोलेका थिए । समाजका अध्यक्ष लक्ष्मीकान्त पौडेल राजेन्द्रको अध्यक्षता, सचिव हरि शर्मा हरिषको संचालन र सदस्य निलकण्ठ शर्माको स्वागतमा सम्पन्न भएको थियो ।
साधारणसभाले हरि शर्मा हरिषको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा पूर्णमाया बिक, सचिवमा निलकण्ठ शर्मा सहसचिवमा बालकृष्ण शर्मा र कोषाध्यक्षमा फडिन्द्र आचार्य चयन भएका छन् ।
त्यस्तै सदस्यमा सुरक्षा खड्का, प्रमिला शर्मा, इश्वर ठाकुर पौडेल, गोबिन्द शर्मा, नारायणप्रसाद पौडेल, हरि गौतम र जानुका पन्त रहेको निर्वाचन समितिका संयोजक हरिहर शर्माले जानकारी दिए ।





