पाेखरा, २३ माघ- पोखरा महानगरपालिका-१७ महत गौडामा गोली चल्दा एक गम्भीर घाइते भएका छन । विजुलीको काम गर्ने बताउने होम बहादुर विकलाई अपरिचित व्यक्तिले गोली प्रहार गरेको स्रोतले बताए । हाल उक्त क्षेत्र शिल गरिएको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ । बाटोमा आवत जावत गर्ने सवारी साधन समेत निकै कडा जाँच गरिएको छ । गोली हन्नेले कालो ज्याकेट लगाएको र ओठ काटिएको स्थानीयले प्रहरीलाई बयान दिएका छन । तर कस्ले किन प्रहार गरे भन्ने विषय भने खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले भने अस्पष्ट जानकारी दिए । पेटमा चोट लागेपनी गोली जस्तो हालसम्म नदेखिएको बताए । उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । हमालले घटना बारे अनुसन्धान भइराखेको बताए । तर प्रहरीले वास्तविक सुचना भने दिन सकेन ।





