शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

रक्सीको मातमा खाना नबनाएकी श्रीमतीको हत्या

रक्सीको मातमा खाना नबनाएकी श्रीमतीको हत्या


  • ढोरपाटन सम्वाददाता
  • माघ २४ २०७७, शनिबार

पोखरा, २४ माघ– खाना नबनाएको निहँुमा झगडा हुँदा पोखरा महानगरपालिका ३३ उपल्लो टुँडीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । पर्वत जलजला गाउँपालिका ७ धाइरिङ घरभई लामो समयदेखि पोखरा ३३ बस्दै आएका ५० वर्षीय गमबहादुर पुनले बन्चरोले हानेर श्रीमतीको हत्या गरेका हुन् ।
दिन बिराएर घरमा आउने श्रीमानले बिहीबार साँझ श्रीमतीले खाना नबनाउँदा झगडा भएको थियो । सामान्य झगडा बढ्दै जाँदा रिसको झोकमा श्रीमानले बन्चरोले टाउकोमा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको हो । शुक्रबार बिहानसम्ममा पनि हरिमाया पुन नउठेपछि छिमेकीले घरमा हेर्न जादाँ रक्ताम्य अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका थिए । ४२ वर्षीया हरीमाया मृत अवस्थामा भेटिएकी थिइन् ।
पोखरा ३३ लामगादीमा रहेको एक कृषि फार्ममा कामगर्दै आएका गमबहादुर पुन बिहीबार घरमा आएका भन्ने खबरको आधारमा इलाका प्रहरी कार्यालय डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई लामगादी स्थित फार्मबाटै प्रक्राउ गरेको हो । पक्राउ पश्चात प्रारम्भिक अनुसन्धानमा पुनले हत्या गरेको स्वीकारेका छन् । ‘छिमेकीले विहान अबेरसम्म पनि हरीमाया नउठेपछि आज किन उठेनन् भनेर हेर्न गएका रहेछन् । निधारमा ठूलो चोट देखेपछि प्रहरीलाई खबर गरे । हरिमायाको श्रीमान् बेलुका घर आएको भन्ने खबरको आधारमा हामीले उनलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गरेका थियौँ र गमबहादुरले हत्या स्वीकार गरेका छन्’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी राजकुमार श्रेष्ठले भने,‘हिजो घटनाको मुख्य कारण नै खाना नबनाएको विषय देखिएको छ ।’ मापसे गरेकी श्रीमतीले खाना नबनाउँदा विवाद हुन पुगेको र रिसको झोकमा गमबहादुरले हरीमायाको टाउकोमा बन्चरो प्रहार गरेका थिए । बन्चरोले प्रहार गरे पश्चात पनि हरिमाया बोलिरहेको कारण गमबहादु अर्को कोठामा सुतेका थिए । बिहानै काममा निस्केर हिडेका गमबहादुरले श्रीमतीको मृत्यु भएको थाहा नपाएको प्रहरीमा बयान दिएका छन् । प्रहरी प्रमुख श्रेष्ठका अनुसार घटनाको पछि अन्य कारणसमेत हुनसक्ने देखिएको छ । ‘खानाको विषयबाहेक अन्य विषय पनि छ भन्ने देखिएको छ । हामी अनुसन्धानकै क्रममा रहेका छौँ’ उनले भने । प्रहरीले खोजतलास गर्दै जादाँ गमबहादुरले काम गर्ने स्थानमा हत्यामा प्रयोग भएको बन्चरो र रगताम्य कपडासमेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->