मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

ढोरपाटन र गाजा क्षेत्रमा भारी हिमपात

ढोरपाटन र गाजा क्षेत्रमा भारी हिमपात


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०७७, शनिबार

बागलुङ, २४ माघ– ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यो बर्षको दोस्रो हिमपात भैरहेको छ । हिमपात भएपछि कृषकहरु खुसी भएका छन् । शुक्रबार दिउँसोदेखि सुरुभएको हिमपात शनिवार दिउँसोसम्म रोकिएको छैन् । बागलुङमा ढोरपाटन शिकार आरक्ष क्षेत्र लगाएत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भैरहेको छ ।
हिमपातले किसान खुसी भएका छन्भने सर्वसाधारणको जनजीवन प्रभावित भएको छ । बिहिबार साँझदेखि मौसम परिवर्तन भई राति एक बजेदेखि ढोरपाटनमा हिमपात भएको शत्रुमर्दन गुल्म ढोरपाटनका गुल्मपति मोहन कुमार थापाले बताए । यस अघि पुस महिनामा पनि ढोरपाटन शिकार आरक्ष क्षेत्रमा समान्य हिमपात भएको थियो ।
ढोरपाटनमा हिमपात भएपछि बुर्तिबाङदेखि ढोरपाटन चल्ने यातायातका साधाहरु पनि राम्रोसँग चल्न सकेका छैनन् । निसीखोला गाउँपालिकाको पातिहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ । त्यहाँका किसानाई बाहिर निस्किन समस्या हुँदा पशुचौपायको हेरचाह प्रभावित भएको छ ।
जैमिनी नगरपालिकाको दमेकमा हिमपात भएको छ । उपल्लो दमेकको गाजा दह क्षेत्रमा भारी हिमपात भएको जैमिनी–३ का वडाअध्यक्ष वेद बहादुर छन्त्यालले बताए । ‘कुहीरोले डाँडाहरु ढाकेको छ, केटाकेटी र बुढाबुढीलाई सकस भयो’ छन्त्यालले भन्नुभयो ‘हिजोदेखि परेको हिउँ रोकिएको छैन्, समान्य बर्षा समेत भैरहेको छ ।’ लामो समय पानी नपरेका कारण अत्तिएका किसानले भने राहतको सास फेरेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->