मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

एकल महिला समूहको चौथो साधारणसभा

एकल महिला समूहको चौथो साधारणसभा


  • ढोरपाटन संबाददाता
  • माघ २४ २०७७, शनिबार

बागलुङ, २४ माघ–  मानवअधिकारका लागि महिला, एकल महिला समूह बागलुङको चौथो बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा बोल्दै एकल महिला नन्दकली जिसीले श्रीमान गुमाएकै कारण एकल बनेकाहरुलाई समाजमा हेप्ने चलन अझै नहटेको भन्दै उनीहरुको सम्मानजनक जीवन यापनकालागि पहल गर्नुपर्ने बताइन् । एकल महिलालाई राज्यका कार्यक्रमले पनि समेट्न नसकेको भन्दै लक्षित समुदायमा समावेश गरेर जीवन यापनको अबस्था बुझ्न र अधिकारकालागि अभियान चलाउन तीन तहकै सरकारको सहयोग चाहिने बताइन् ।
कार्यक्रममा अधिकारकर्मी शकुन्तला शर्माले सती प्रथा हटेर बाँच्न पाउने अबस्था आएपनि अझै एकल महिलाको सम्मान हुन नसकेको बताइन् । उनले सती नगएर पनि दैनिक मर्नुपर्ने बाध्यताबाट सम्मानित जीवन जिउने वातावरण बनाउन राजनीतिक, सामाजिक अभियानहरु संचालन हुनुपर्ने धारणा राखिन् ।
समूहकी अध्यक्ष खड्गकुमारी खड्काको अध्यक्षता, उपाध्यक्ष टिका भण्डारीको स्वागत र सहसचिव मेघा क्षेत्रीको संचालनमा सम्पन्न साधारणसभा कार्यक्रममा पुष्पा बोहरा, गुमा सुनार, देवीकुमारी उपाध्याय, सबीमाया क्षेत्री लगायतले एकल महिलाले भोगेका समस्याबारे बोलेका थिए ।
उनीहरुले स्थानीय तहबाट एकल महिलाको क्षेत्रमा क्षमता बिकास तथा सम्मानका कार्यत्रम चलाउनुपर्ने धारणा राखेका थिए । समूहले आफ्नै प्रयासमा विभिन्न स्थानमा कानूनी साक्षरता, एकल महिला सम्मान सहितका जनचेतनाको अभियान चलाएको बताए ।
कार्यक्रममा कोषाध्यक्ष सन्तु खड्काले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । समूहले विभिन्न क्षेत्रमा गरी ८६ हजार ७ सय ६८ रुपैयाँ खर्चेर कानूनी साक्षरता सहितका क्रियाकलाप संचालन गरेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->