शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

नागरिकका लागि नगरसभा, पोखरा महानगरपालिकाको आठौँ नगरसभा सुरु

नागरिकका लागि नगरसभा, पोखरा महानगरपालिकाको आठौँ नगरसभा सुरु


  • ढोरपाटन सम्वाददाता
  • माघ २६ २०७७, सोमबार

पोखरा, २६ माघ– पोखरा महानगरपालिकाको आठौँ नगरसभा (विधान सभा) आइतबारदेखि सुरु भएको छ । सभा माघ २७ गतेसम्म चल्नेछ । सभा पोखरा सभागृमा सुरु भएको हो । सभामा छ वटा विधेयकहरु, एउटा कार्यविधि, १३ वटा ऐनहरुको संसोधन र चार वटा नियमावलीको संसोधन प्रस्ताव प्रस्तुत गरिएको महानगरका प्रवक्ता धन बहादुर नेपालीले बताए । सभाको अध्यक्षता महानगरपालिका प्रमुख मानबहादुर जिसीले गरे ।
सभा अध्यक्ष जिसीले उपप्रमुख गुरुङलाई सभामा विशेष प्रस्ताव राख्न अनुमति दिनुभयो ।गत असारमा नगर सभाबाट पारित वार्षिक बजेट परिमार्जन गर्ने सम्वन्धि र अस्थायी, करार, सेवा करार, ज्यालादारी कर्मचारीको अवकाश सुविधा सम्वन्धि विशेष प्रस्तावहरु उपप्रमुख एवं राजस्व परामर्श समितिका सयोजक मञ्जुदेवी गुरुङले प्रस्तुत गरे ।लगत्तै पोखरा महानगर विद्यायन समितिका संयोजक शोभामोहन पौडेललाई अध्यक्ष जिसीले विधेयक पेश गर्न अनुमती दिएका थिए । संयोजक पौडेलले कृषी ऐन २०७७, पोखरा महानगर पुर्वाधार विकास निगम ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, पर्यटन ऐन २०७७ र विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७७, गैर सरकारी संस्था सम्वन्धि विधेयक २०७७ नगरसभामा विधेयकका रुपमा प्रस्तुत गत्यस्तै नगरसभामा पोखरा महानगरपालिकाको आर्थिक कार्यविधि ऐन २०७५ (पहिलो संसोधन विधेयक), गण्डकी बहुप्राविधिक शिक्षालय ऐन २०७६ (पहिलो संसोधन विधेयक), कर तथा गैरकर राजश्व सम्बन्धि ऐन २०७७ (पहिलो संसोधन विधेयक), पोखरा महानगरपालिका खेलकुद विकास ऐन २०७५ (पहिलो संसोधन विधेयक), सार्वजनिक निजि साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ (दोस्रो संसोधन विधेयक) र पोखरा महानगरपालिकाको पुर्वाधार विकासलाई व्यवस्था गर्न बनेको ऐन २०७५ (पहिलो संसोधन विधेयक) पनि पेश गरिने छ ।
यस्तै कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४ (पहिलो संसोधन विधेयक), पोखरा महानगरपालिका सहकारी ऐन २०७५ (पहिलो संसोधन विधेयक), पोखरा महानगरपालिका सुशासन ऐन २०७५ (पहिलो संसोधन विधेयक), नगरप्रहरी ऐन २०७५ (पहिलो संसोधन विधेयक), पोखरा महानगरपालिका फोहोरमैला व्यवस्थापन ऐन २०७४ (पहिलो संसोधन विधेयक), पोखरा महानगरपालिका बालबालिकाको अधिकार व्यवस्थित गर्न बनेको ऐन (२०७४ पहिलो संसोधन),पोखरा महानगरपालिकाको न्यायीक समिति ऐन २०७४ (दोस्रो संसोधन) पनि नगरसभामा पेश गरिएको छ ।
महानगरको ८ औँ नगरसभाले कार्यविभाजन नियमावली (पहिलो संसोधन), कार्यसम्पादन नियमावली (पहिलो संसोधन), नगर कार्यपालिका निर्णय आदेश र अधिकार पत्रको प्रमाणीकरण नियमावली (पहिलो संसोधन) र सहरी योजना आयोग नियमावली (दोस्रो संसोधन) पनि संसोधनका लागि सभामा संयोजक पौडेलले पेश गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->